Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

‘दोलखा एल्वम’ प्रदर्शनीमा

\"Artudio_Dolakha काठमाडौं, ३२ साउन । कलाप्रतिको सामाजिक दृष्टिकोणलाई मध्यनजर गर्दै आर्टुडियोको संयोजनमा ‘दोलखा एल्वम’ शीर्षकमा २८ गतेदेखि नौदिने कला प्रदर्शनी स्वयम्भुस्थित आर्टुडियोमा चलिरहेको छ ।

दोलखाको गैरीमुदीका ७, ८ र ९ वडामा बैशाख २१ देखि सातदिने आवासीय कला कार्यशाला गरिएको थियो । सो आवासीय कार्यशालामा कलाकारहरु सुजन डंगोल, सन्ध्या सिलवाल, सुरेन्द्र मर्हजन, राजन श्रेष्ठ र अभिमन्यू दीक्षित सहभागी भएका थिए । उनीहरुले दोलखामा तयार गरिएका तथा त्यहाँको प्रभावलाई कलात्मक रुपमा व्यक्त गरेका कलाकृति प्रदर्शनीमा राखिएको हो । सो कार्यशाला र प्रदर्शनी संयोजनको भूमिका कलाकार कैलाश कुमार श्रेष्ठ गरेका थिए ।

समुदायका विषयलाई कलामार्फत व्यक्त गर्ने उद्देश्य राखेर गरिएको कला कार्यशाला र प्रदर्शनीले स्थानीय रुपमा पाइने अर्गानिक माध्यमलाई पनि कलामा प्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । यो कार्यशाला काठमाडौंमा मात्रै केन्द्रित कला माहोललाई समुदायको बीचमा लैजान र त्यहाँका अन्तरकथालाई बुझ्न महत्वपूर्ण काम गरेको आयोजकको दाबी छ ।

सो प्रदर्शनीमा सहभागी कलाकार सुजन डंगोलले मानिसले प्रयोग गर्ने गरेका र गरिसकेका विभिन्न सामग्रीलाई कलाका रुपमा प्रस्तुत गरेका छन् ।

त्यस्तै अर्का कलाकार सन्ध्या सिलवालले स्थानीय जेष्ठ नागरिकका भावनात्मक मुहार आकृति बाँसको सुप्लामा बनाएकी छन् ।

\"Artudio_Dolakha

सुरेन्द्र महर्जनले परिधि शीर्षकमा बाँसघारीमा आवासको परिकल्पना गरी तिनमा मानिसको दिनदैनिकीलाई प्रस्तुत गरेका छन् ।

राजन श्रेष्ठले सहनाई र ट्याम्कोको धुनलाई संगीतका रुपमा प्रयोग गरी स्थानीयका भावनालाई डिजिटल रुपमा उतारेका कला प्रदर्शनीमा राखेका छन् ।

त्यस्तै सिने कलाकार अभिमन्यू दीक्षितले ‘सपना’ शीर्षकमा स्थानीयबासीलाई नै कलाकार बनाएर १५ मिनेटको फिल्म बनाएका छन् ।

‘गैरीमुदीमा कलाकारहरु रहँदा र समुदायसँगै सहकार्य गरी सिर्जना गरिएका कलाकृतिहरु र कलात्मक गतिविधिले समुदायमा छोडेको भावनात्मक प्रभाव मात्र होइन, भूकम्पले तहसनहस बनाइदिएको गैरीमुदीवासीलाई आर्थिक, मानसिक, भौतिक र भावनात्मक पट्टी लगाउन पनि अत्यन्तै महत्वपूर्ण भूमिका खेल्न सफल रह्यो दोलखा एल्वमले,’ आर्टुडियोका संस्थापक तथा कलाकार कैलाश कुमार श्रेष्ठले भने ।

श्रेष्ठको संयोजनमा दोलखाको गैरीमुदीमा सामुदायिक कला केन्द्र स्थापना गरिएको छ । त्यसलाई मूर्त रुप दिन दोलखा एल्वमले सहयोग पु¥याउने लक्ष्य रहेको श्रेष्ठको जिकिर रहेको छ ।

तस्विरहरुः यूगल श्रेष्ठ/शशिम शाक्य

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies