Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मैले कसरी पढें

\"maxim-gorki\"पुगनपुग चौध वर्षको उमेरमा मैले पहिलोपटक होस् पु¥याएर पढ्न जानें । म त्यतिखेर किताबमा भएको कथानकबाट मात्र होइन, त्यसमा चित्रण गरिएको घटनाहरुका चाखलाग्दा विकासबाट समेत कमबेशी आकर्षित भएको थिएँ, कथामा नै मैले किताबमा भएका वर्णनहरुको सौन्दर्यको कदर गर्न थालेको थिएँ, कथामा भएका पुरुष र नारी पात्रहरुका बारेमा गम्न थालेको थिएँ, धिमिल रुपमा लेखकका उद्देश्यका बारेमा अनुमान लगाउन थालेको थिएँ र किताबमा भनिएको र जीवनले अनुप्राणीत गरेको भिन्नताकाबारेमा विस्मयका साथ अनुभव गर्न थालेको थिएँ ।   त्यस समय मेरो लागि कठिन थियो, किनभने म त्यतिखेर अशिक्षित मानिसहरुले चलाएको एउटा कारखानामा ऊन रङ्गाउने काम गर्दै थिए । ती मानिसहरुका लागि प्रचुर खाना आनन्दको उत्कर्ष थियो र तिनीहरुको एकमात्र शोख नाँचघरमा जाँदा वा बाहिर घुमफिर गर्न निस्कदाँ मानिसहरुले सजिसजाउका साथ लुगा लगाएजसरी नै सजिएर चर्च जानु थियो । मेरो काम अति गाह्रो थियो र यही कारणले गर्दा मेरो मन लगभग लाटिएको हुन्थ्यो, मैले आइतबार वा विदाका दिनहरुमा पनि उत्तिकै क्षुद्र, अर्थहीन र निस्सार कष्टसाध्य काममा अस्तव्यस्त हुनुपर्दथ्यो ।   मेरो मालिकहरु बसेको घर क्लाज्मा नदीतिरको सडक बनाउने एकजना ठेकेदारको थियो । ऊ पुड्को, मोटो, चुस्स दाह्री र खैरो रङ्गका आँखा भएको, सधैं रिसाइरहने, अशिष्ट, क्रुर र निष्ठुर प्रकृतिको मानिस थियो । उसका तीसजना जति कामदारहरु थिए, ती सबै भ्लादिमिर गुबेर्नियाबाट आएका किसानहरु थिए । तिनीहरु भुइँमा सिमेन्ट लगाएको र स–साना झ्यालहरु भएको जमिनमुनिको अँध्यारो छिँडीमा बस्तथे । कामले थकित भएका उनीहरु साँझपख नमीठो गन्ध भएको भित्र्याँस वा सोडाले दुर्गन्धित नुनिलो मासु मिसाएको बन्दागोबीको झोल खाइसकेपछि आफ्नो कोठाबाट बाहिर देखा पर्दथे र फोहोर आँगनमा हातखुट्टा पसारेर पल्टिरहन्थे, किनभने उनीहरुको चिसो कोठाको हावा त्यहाँ बाल्ने गरिएको ठूलो चुल्होको धुवाँले गर्दा विषाक्त र निस्सासिँदो थियो ।   ठेकेदार आफनो कोठाको झयालमा यसो देखापथ्र्यो र आफ्नो कामदारहरुलाई हप्काउन थाल्दथ्यो, राँणीका छोराहरु फेरि निस्कियौं, तिमिहरु आँगनमा ! हेर न सुँगुरजस्तै जथाभाबी पल्टिएको ¤ मेरा घरमा सम्मानित मानिसहरु बसेका छन्, तिमिहरुजस्तालाई यहाँ बाहिर देखेर तिनले आनन्द लिन्छन् भन्ने ठानेका छौ तिमिहरुले ।   कामदार कुनै बचन नलगाई आज्ञापालन गर्दै आफ्नो कोठामा फर्कन्थे । ती मानिसहरु सबै नै दुःखी र शोकाकुल थिए, तिनिहरु कहिलेकाहीँ मात्र बोल्दथे, हाँस्तथे र विरलैले गीत गाउँथे । तिनका लुगा धुलो र हिलोले लत्पतिएका हुन्थे, ती मलाई आफ्नो इच्छाविरुद्ध जीवनको अर्को अवधिका निम्ति यातना भोग्न फेरि व्युँझाइएका लासहरुजस्ता लाग्दथे ।   ठेकेदारले भनेका ती सम्मानित मनिसहरु चाहिँ सैनिक अफिसरहरु थिए । ती रक्सी  धोक्दथे, जुवातास खेल्थे, आफनो नोकरचाकरहरुलाई निलडाम बस्ने गरी पिट्थे र आफना श्रीमतीमाथि पनि हातपात गर्दथे । तिनका श्रीमतीहरु पनि भड्किलो लुगा लागाउँथे, रक्सी बेस्सरी धोक्थे र अफिसरका नोकरचाकरहरुलाई निर्ममतापूर्वक कुट्तथे । यी नोकरहरु पनि असाधारण रुपले रक्सी खान्थे र आफूलाई अन्धो मद्यपानमा उडाउँथे ।   आइतबारका दिन ठेकेदार एउटा हातमा हिसाबको लामो बहीखाता र अर्को हातमा पेन्सिलको सानो ठुटो समातेर दलानको सिँढीमा बस्तथ्यो । कामदारहरु, मगन्ते हुन् कि जस्तो गरेर एक–एक गर्दै उसका अघि खुट्टा घसार्दै आइपुग्थे । उनीहरु झिनो स्वरमा झुकेर र टाउको कन्याउँदै बोल्दथे भने ठेकेदार चाहिँ संसार नै थर्काउने गरी चिच्याउँथ्यो । ‘बेशी नकरा ¤ एक रुबल भए जत्ति पुग्छ, के रे ¤ भनेको सुनिनस् ¤ तैंले पाउनुपर्ने भन्दा बढी पाइसकिस् ¤ यहाँबाट निस्किहाल ¤ चाँडो गर त ¤’   म के जन्दथें भने कमादारमध्येका केही ठेकेदारकै गाउँका थिए र कतिपय त ठेकेदारका नातेदार समेत थिए । तर ऊ सबैलाई उही निष्ठुर, रुखो व्यवहार गर्दथ्यो । कामदारहरु पनि एक अर्काप्रति निष्ठुर र रुखो स्वभावका थिए, खास गरेर अफिसरहरुका नोकरचाकरहरुप्रति । हरेक आइतबारको भोलिपल्ट आँगनमा रक्तपातपूर्ण र खुला भिडन्त शुरु हुन्थ्यो र प्रयोग गरिएका अश्लील बोलीहरुले वातावरण नै विषाक्त बन्दथ्यो । ज्यामीहरु कुनै कष्टप्रद कर्तव्य निर्वाह गरेजस्तो गरी बिना विद्वेष झगडा गर्दथे, पटक–पटक कुटाई खाएर जिउमा घाउका खाटा बसाएर उनीहरु भगडाबाट फत्कन्थे र फोहोर लागेका औंलाहरुले हल्लिएका दाँतहरु यसो जाँच्दै एकान्तमा आफनो निलडाम र घाउहरु नियाल्दथे । झैं–झगडा र भिडन्तका कारण छिया–छिया परेको अनुहार वा निलडाम बसेको आँखाले कुनै किसिमको सहानुभुति पाउँदैनथ्यो । तर कमिज फाटेर छिया–छिया भिएको खण्डमा भने कुरा अर्कै हुन्थ्यो । त्यतिखेर व्यक्त गर्नु सामान्य कुरो हुन्थ्यो र नोक्सानी भोगेको कमिज धनी उद्धिग्नतापूर्वक आफ्नो क्षतिमा झोक्राउँथ्यो । कहिलेकाहीँ त आँसुसमेत झार्दथ्यो ।   यस्ता दृश्यहरुले ममा वर्णनसम्म गर्न नसकिने गह्रुङ्गा भावनाहरु उमार्दथ्यो । म यी मानिसहरुप्रति दुःखी थिएँ, तर म उत्साहहीन र पृथक थिएँ । ममा कहिल्यै यस्तो कुनै मानिसप्रति सहनुभुतिका शब्द प्रकट गर्ने चाहना उत्पन्न भएन वा भिडन्तमा अत्यन्त खराब स्थितिमा पुगेको कसैलाई सहयोग गर्ने चाहना भएन । कम्तीमा पनि उसको धुलो र हिलो मिसिएर बाक्लो भएर घाउ र काटिएको ठाउँबाट बगिरहेको रगत पानीले पखालेर सहयोग गर्ने इच्छा ममा आएन । वास्तवमा, म यी मानिसहरुलाई मन पराउँदैन थिएँ, केही हदसम्म उनीहरुसँग डराउँथें र म पनि मेरा मालिकहरु वा अफिसरहरु, सेनाका पुरेतहरु, छिमेकको भान्से वा अफिसरका नोकरहरुले जसरी नै उनीहरुलाई ज्यापु भन्दथेँ । यी सबै मनिसहरु ज्यापुका बारेमा घृणा गरेर बोल्दछन् ।    मानिसहरुका लागि दुःखको अनुभुति गर्नु क्लेशकर कार्य हो । कसैले पनि कोहीप्रति माया गरेर सधैं नै आनन्द लिन मन पराउँछ । तर मैले माया गर्न सक्ने कोही पनि थिएन । यहीकारण मैले बढी नै उत्साहका साथ किताबहरुलाई मन पराएँ ।   म रहेको वातावरणमा धेरै नै दुष्टतापूर्ण र असभ्य कुराहरु थिए । तिनले तीव्र विरक्तिएको भावना जगाउँथे । तिनकाबारेमा यहाँ विस्तारमा केही नभनौं, तपाई आफैं मानिसले मानिसमाथि थोपरेको अपमानजनक नारकीय जीवन र दासहरु आनन्दित हुने पीडायुक्त रुग्ण प्ररणका बारेमा सचेत हुनुहुन्छ । मैले यही निन्दनीय परिस्थितिमा विदेशी लेखकहरुले लेखेका राम्रा र गम्भीर प्रकृतिका किताबहरु पहिलो पटक पढ्न पाएँ ।   झन्डैजसो हरेक पुस्तकले मेरा सामु एउटा नयाँ र अपरिचित संसारको झ्याल खोलिदिएको र मैले यसअघि कहिल्यै थाहा नपाएका र नदेखेका मानिस, भावना, विचार र सम्बन्धहरुका बारेमा जानकारी दिएको कुराले ममा परेको आश्चर्यको मात्रालाई सायद म पर्याप्त सुस्पष्टता र विश्वासनीयताका साथ अभिव्यक्त गर्न असमर्थ प्रमाणित हुनेछु । यस्ता किताबको पढाइबाट मलाई के पनि बोध भयो भने मेरो वरिपरिको जीवन त्यो सबै, मेरो वरिपरि घट्ने कठोर, भ्रष्ट र क्रुर घटनाहरु ती सबै वास्तविक वा आवश्यक कुराहरु थिएनन् । वास्तविक र आवश्यक कुराहरु त किताबमा मात्र पाइन्थ्यो, जहाँ हरेक कुरा बढी विवेकपुर्ण, सुन्दर र मानवोचित थियो ।   के साँचो हो भने किताबहरुले मानवीय अशिष्टता, मुर्खता र वेदनाका बारेमा पनि भन्छन्, तिनले निःकृष्ट र दुष्ट मानिसहरुको चित्रण पनि गर्दछन् । तर अर्कोतिर अरु त्यसखालका मानिसहरु समेत हुन्छन्, जसलाई मैले कहल्यै देखेको वा सुनेकोसम्म थिइनँ। ती त्यस्ता मानिसहरु हुन, जो निर्मल, सत्यनिष्ठ, दरिलो आत्मा भएका हुन्छन् र जो सत्यको विजय र सौन्दर्यको सिद्धिको निम्ति आफनो अमूल्य जीवन समर्पित गर्न तम्तयार हुन्छन् ।   पुस्तकहरुले मेरासामु उद्घाटि गरेको विश्वको नवीनतम र आत्मिक सम्पदाबाट सम्मोहित भएर सुरुमा मैले पुस्तहरुलाई अझ राम्रा, बढी नै चाखलाग्दा र मानिसहरुभन्दा पनि निकटका मानेंं। र, मलाई के लाग्छ भने म त्यतिखेर जीवनका यथार्थहरुलाई पुस्तकहरुको काँचबाट हेर्दथें र यसरी केही हदसम्म अन्धो बनेको थिएँ। तथापि, शिक्षकमध्येको सबैभन्दा बढी बुद्धिमान र कोठोरतम शिक्षक जीवनले चाँडै नै मलाई त्यो आनन्ददायी र अन्धताबाट निको पा¥यो ।   आइतबारका दिनहरुमा, जतिखेर मेरा मालिकहरु अरुलाई भेट गर्न वा घुमफिर गर्न निस्कन्थे, त्यतिखेर  म निस्सासिँदो र ह्वास्स तेल–गन्ध आउने भान्छाकोठाको झयालबाट निस्केर घरको छानामा चढ्थें र त्यहाँ मजासँग बसेर पढ्ने गर्दथें । तल आँगनमा उँघीरहेका वा रक्सीको मातमा ढुनमुनिरहेका कामदारहरु लुकेको देख्तथें वा अफिसरका नोकरहरुको भद्दा व्यवहारमा नोकर्नीहरु, लुगाधुने र भात पकाउने महिलाहरु चिच्याइरहेको सुन्दथें । म बसेको ठाउँबाट तल आँगनमा हेर्दथें र मेरो वरपर रहेको तुच्छ, रक्स्याहा र छाडा जीवनलाई अतिशय घृणा गर्दथें ।   कामदारमध्येको एकजना र उनीहरुको नाइके थिए पाको र पुडको, स्तेपान ल्योशिन उनको नाम थियो। उनको कद नमिलेको र बाड्डो थियो, दुब्लो तर बलवान् उनका आँखाहरु ढाडे विरालाका जस्ता थिए र पातला र खैरा दाह्रीहरु उनको अनुहारमा हाँसउठ्दो गरी कतै कतै मात्र टुक्राटाक्रीमा झुस्स बढेका थिए, छिन्न लागेको हाड मात्रको उनको घाँटी थियो । अरुभन्दा बढी फोहोरी, उनी उनीहरुमध्येको सबैभन्दा मिलनसार मानिस थिए। उनीसँग सबै डराउँथे र उनको सम्मानमा उभिन्थे। कतिसम्म भने उनको मालिक पनि उनीसँग कुराकानी गर्दा आफ्नो कर्कश र क्रुद्ध स्वरलाई मसिनो पार्दथ्यो । म प्रायः मानिसहरुलाई ल्योशिनको अनुपस्थितिमा मख्खीचुुस, ठिम्मर, भतुवा भनेर उनको कुरा काटको सुन्दथें ।   पाका ल्योशिन एकजना फुर्तिलो मानिस थिए, तर हल्लाबाज भने थिएनन् । उनी आँगनको कुनै पनि कुनामा दुई–तीनजना मानिस भेला भएका ठाउँमा थाहै नपाउने गरी टुप्लुक्क आइपुग्दथे, उनको अनुहारमा कर्के हेराई हुन्थ्यो र उनी आफनो ठूलो नाकले सुँघ्दै सोध्थेः के छ हालखबर ?   मलाई कस्तो लाग्दथ्यो भने उनी सधैं नै केही कुराको खोजीमा छन, अरुहरुले केही शब्द भनुन् भन्ने प्रतीक्षामा छन् ।   एकपटकm म कटेराको छानामा बसिरहेको बेलामा उनी हान्निदै आए, भरेङ् चढे र मेरो छेउमा बस्तै वातावरण बुझिसकेपछि भनेः   परालको गन्ध पो आउँछ त ¤.... तिमिले यो राम्रो ठाउँ भेट्टाएछौ, सफा र मानिसहरुबाट अलग्ग.....तिमिले त्यो के पढेको हँ ?   मित्रतापूर्ण भावले उनले मलाई हेरे र मैले उनलाई मनैदेखि मैले पढदै गरेको विषयका बारेमा जानकारी गराएँ ।   ए ¤ कुरो त्यसो हो उनले टाउको हल्लाउँदै भने ।   उनी एकछिनसम्म मौन रहे, देब्रे खुट्टाको बुढी औंंलाको भाँचिएको नङ् आफ्नो फोहार औंलाले तान्दै उनले अकस्मात् मसिनो एकोहोरो स्वरमा कुनै कथा हालेजसरी मलाई आँखा तर्दै भने ः   भ्यादिमिर भन्ने ठाउँमा सबानेयेभ नाम भएका एकजना निकै सज्जन, विद्धान मानिस थिए र उनले एउटा छोरो थियो, पेत्रुश वा यस्तै केही नाम थियो उसको । मैले अहिले उसको नाम ठ्याक्कै सम्झिन सकिनँ । अँ त, यो पेत्रुशा जहिले पनि किताबहरु पढेको पढयै गर्दथ्यो र अरुहरुमा पनि पढाइप्रति चाख उमार्ने काम गर्दथ्यो । तर अन्त्यमा ऊ समातियो ।   किन समातिएको नि ? मैले उनलाई सोधें ।   त्यस्तै कुराको कारणले । तिमि पनि पढेकोपढयै मात्र नगर नि ¤ पढ्ने नै हो भने पनि यसबारेमा मौन बस्नु है ।   उनी मुसुक्क हाँसे, मलाई हेरेर आँखा झिम्क्याए र आफ्नो भनाईलाई जारी राखे ः तिमी कस्तो खालको मानिस हौ । यस्तो हुनुमा हानी–नोक्सानी केही पनि छैन ..   उनी केहिबेर मसँग बसे र तल आँगनमा झरे । त्यो बेलादेखि ल्योनिशनले मेरो निगरानी गरिरहेको मैले पाएँ । उनी सधैं मेरो छेउमा आउँथे र एउटै प्रश्न राख्तथे– के छ हँ हालखबर ?   एकपटक मैले मेरो मनलाई अति नै मोहित पारेको, खराब कुरामथि असल कुराले विजय पाएको सम्बन्धमा एउटा कथा सुनाएँ । उनले मेरो कथालाई असल कुराले विजय पाएको सम्बन्धमा एउटा कथा सुनाएँ । उनले मेरो कथालाई एकदमै ध्यान दिएर सुने, मुन्टो हल्लाए र भने, हो यस्ता कुराहरु घटिनै रहन्छन् ।   साँच्चै यस्ता घटनाहरु हुन्छन त ? मैले खुसी हुँदै प्रश्न तेस्र्याएँ । निश्चय नै, यस्ता कुराहरु हुन सक्छन् । सबै खालका कुराहरु हुन्छन् ती बुढा मानिसले ठोकुवा गर्दै भने । सुन म तिमिलाई एउटा कुरा सुनाउँछु ...। अनि उनले मलाई एउटा कथा सुनाए, एकदमै राम्रो कथा, एकदमै वास्तविक जिउँदाजाग्दा मनिसहरुको कथा, किताबका मानिसहरुको कथा होइन । र, निष्कर्षमा उनले प्रभावकारी ढङ्गले भनेः   देख्यौ, तिमि यी कुराहरुलाई पूर्ण रुपमा बुझन सक्तैनौं । तर तिमिले मुख्य कुरो के बुझनुपर्दछ भने स–साना कुराहरुको अन्त्य छैन, ती घटि नै रहन्छन् र मानिसहरु यस्तै सस्याना कुराहरुमा अलमलिइरहेका हुन्छन् । उनीहरु कुन बाटो अनुशरण गर्नुपर्ने हो थाहा पाउँदैनन् । त्यसैले उनीहरु ईश्वरसम्म पुग्ने बाटो जान्दैनन् । मैले भनेको कुरा तिमिले बुझयौ होइन ? मानिसहरु तुच्छ कुरामा नै अल्झिएका हुन्छन् ।   यी शब्दहरुले मेरो हुदयमा केही कुरा सजीव बनाउँदै जगाउन खोजेको मलाई लाग्यो र एक्कासी प्रकाश पाएजस्तो अनुभव मैले गरें । वास्तवमा, मेरो वरिपरिको जीवन तुच्छता, मारपीट, झैझगडा, कुकर्म, निम्न स्तरको चोरीहरुले भरिभराउ थियो ।   स्तेपान ल्योशिन म जति उमेरको थिएँ, त्योभन्दा पाँच गुना बढी बुढा थिए र उनी धेरै कुराहरु जान्दथे । त्यसकारण उनले जीवनमा वास्तविक रुपमै असल कुराहरु घट्तछन भन्दा त्यसमाथि विश्वास राख्न मसँग पर्याप्त कारणहरु थिए । म उनलाई विश्वास गर्न उत्सुक थिएँ, पुस्तकहरुले मानिसमाथि विश्वास राख्न मलाई सिकाइनै सकेका थिए। सबै कुराहरुमाथि विचार गर्दा वास्तविक जीवनमा जे छ, किताबहरुले त्यसकै चित्रण गर्दछन, अर्थात् पुस्त्हरु वस्तुगा यथार्थाका अनुकरण हुन र यस कारण निष्ठुर ठेकेदार वा मेरो मालिक, रक्स्याहा अफिसरहरु वा मैले चिनेजानका अरु मानिसहरुभन्दा एकदमै फरक असल मानिसहरुको अस्तित्व जीवनमा हुनैपर्दछ भन्ने अनुभव मैले गरें ।   यो आविष्कार मेरा लागि महान् आनन्दको विषय थियो । यसपछि मैले जीवनलाई सकारात्मक दृष्टिबाट हेर्न थालें, मानिसहरुलाई बढी मित्रवत् रुपमा सोच्न थालें र उनीहरु मेरा लागि बढी नै मित्रवत् बने । अनि म जे जति असल कुरा पढ्दथें र जेले जोशलाई माथि उठाउँथ्यो, त्यो सबै मैले ज्यामीहरु र अफिसरका नोकरहरुलाई सुनाउने प्रयास गरें। उनीहरु असल श्रोता थिएनन् र मलाई के लाग्दछ भने उनीहरु मलाई त्यति धेरै विश्वास पनि गर्दैनथे। तथापि स्तेपान ल्योशिनले भने मलाई निरन्तर भनिनै रहे, यस्ता कुराहरु घट्छन् । मेरा बाबु ¤ सबै किसिमका कुराहरु हुन्छन् ।   यो छोटो र बुजु्रक भनाई मेर निम्ति विस्मयकारी रुपले अति नै महत्वको थियो । जति बढी मैले यो भनाइलाई सुनें, त्यति नै बढी यसले ममा शाहस एवम् दृढताको भावना र मेरो उद्देश्य हासिल गर्ने दरिलो इच्छा जगायो । वास्तवमा, सबै किसिमका कुराहरु घट्तछन् भने मैले जे चाहेको हो त्यो पनि त भएरै छाड्ने छ । मैले के ख्याल गरेको छु भने जतिखेर जीवनले मलाई कठोरतम प्रहारहरु चखाएको छ, त्यो बेलामा मेरो जीवनमा आएका असङख्य ती कष्टकर दिनहरुमा नै ममा सधैं साहस र धैर्यको भावना उर्लेको थियो र युवकहरुको र हर्कुलसको जस्तो प्रचण्ड अकाङ्क्षा, जीवनका अजङ्का फोहोरमैला सफा गर्ने तीव्र उद्धेगले मलाई ओतप्रोत बनाउँथ्यो । यो तीव्र उद्धेग अहिले पचास वर्षको उमेरमा पुग्दासमेत ममा रहिरहेकै छ र म नमरुन्जेलसम्म पनि यथावत् रहिरहने छ । म यस गुणका लागि पुस्तकहरुको ऋणी छु । पुस्तहरु मानवजोशका शुभ सन्देशहरु हुन र तिनले मानवको आत्मामा विकसित भइरहेको असहनीय वेदना र सन्तापलाई प्रतिबिम्बित गर्दछन् । मस्तिष्कको कविता विज्ञान र हृदयको किवता कलाप्रति म ऋणी छु ।   पुस्तहरुले निरन्तर मेराअघि नयाँ नयाँ मनोरम दृश्यहरु देखाइरहे । दुईवाट सचित्र पत्रिका विश्वसचित्र (भ्सेमिर्नाया इल्ल्युस्ट्रेसिया) र सचित्र रिभ्यु (ज्झि भोपिस्नोये ओबोज्रेनिए) को मेरो जीवनमा विशेष मूल्य रहेको छ । देश–विदेशका सहरहरु, मानिसहरु र घटनाहरुको तिनको वर्णनले संसारलाई मेरासामु बढीभन्दा बढी विस्तार गरेर यो विश्व विकसित भइरहेको, विशाल, मनमोहक र महान् कार्यहरुले भरिपुर्ण भएको मैले अनुभव गरें ।   हामीकहाँ भएका गिर्जाघरहरु र घरहरुभन्दा एकदमै भिन्न मन्दिर र दरबारहरु, भन्दै साजसज्जामा ठाँटिएका मानिसहरु, फरक ढङ्गले मानिसले सजाएका जमिनहरु, उदेकलाग्दा मेसिनहरु, तिनले उत्पादन गरेका अद्भुत कुराहरु, यी सबले ममा उल्लासका असङ्ख्य भवनाहरु र त्यस्तै बनाउने र निर्माण गर्ने आकाङ्क्षा जगाए ।   हरेक कुरा भिन्न र नौलो थियो । तर अस्पष्ट रुपमा मैले के जानें भने यो सबैका पछि एउटै र उही शक्तिको काम गरेको थियो र त्यो थियो– मानिसको सृजनशिलता । र, मानिसहरुप्रतिको चिन्तन र सम्मानको भावना ममा एकदमै बढ्यो ।   प्रख्यात बैज्ञानिक फराडेको रेखाचित्र एउटा पत्रिकामा देखेपछि र त्यसमा भएको उनीबारेको एउटा लेख पढेपछि म एकदमै सम्मोहित भएँ । लेखको धेरै अंश मैले बुझन सकिनँ, तापनि यसबाट मैले के थाहा पाएँ भने फराडे साधारण मजदुर थिए । यो तथ्य मलाई परिकथाजस्तो लाग्यो र मेरो मनमा नमेटिने गरी अङ्कित भएर बस्यो ।   सन्देहका साथ मैले आफैंसँग सोधें, ‘यो कसरी सम्भव छ ?’ यसको अर्थ के पनि हो भने यी ज्यामीहरुमध्येको कोही पनि वैज्ञानिक हुन सम्भव छ । सायद, म पनि एक वैज्ञानिक बन्न सक्छु ।’   यो एउटा त्यस्तो कुरो थियो, जसमाथि म विश्वासै गर्न सक्तिनथेँ । यसपछि मैले पहिले मजदुरको जीवन बिताएको कुनै अर्को मानिस प्रसिद्ध भएको थियो कि भनेर सोधखोज गर्न थालें । पत्रिकाबाट त मैले केही फेला पारिनँ, तर मैले चिनेको एकजना माध्यमिक पाठशालाको विद्यार्थीले मलाई के जानकारी दिए भने धेरै–धेरै ख्यातिप्राप्त गरेका मानिसहरु पहिले मजदुर थिए । र, उनले केहीको नाम समेत बताए, तिनमा स्टेफेन्सको नाउँ पनि थियो, तर मैले उनलाई पत्याइनँ । क्रमशः
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies