Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भारतले आपूर्ति रोक्ने, मधेसी मोर्चाले राजमार्गमा ठप्प पार्ने

[caption id=\"attachment_37723\" align=\"alignleft\" width=\"960\"]\"file file photo[/caption] काठमाडौं । भारतले आपूर्ति रोक्ने संकेत गरेकाबेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब सीमानाका र राजमार्ग केन्द्रित आन्दोलन सुरु गर्ने तयारी गरेको छ । सीमा क्षेत्रबाट आयात निर्यात ठप्प पार्ने र प्रमुख राजमार्गहरुमा पनि सवारी आवागमन पूर्णरुपमा रोक्ने कार्यक्रम मोर्चाले तय गर्र्न लागेको हो । आन्दोलनका आगामी स्वरुप तय गर्न मधेसी मोर्चाको बैठक सप्तरी सदरमुकाम राजविराजमा मंगलबार बस्दैछ । बैठकले सीमा क्षेत्र र राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम तय गर्ने सद्भभावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए । ‘वार्तामा बस्ने वातावरण छैन, हाम्रो आन्दोलन जारी रहन्छ,’ महासचिव सुमनले भने, ‘अब नाकाबन्दीको शैलीमा आन्दोलन गर्छौं ।’ नयाँ संविधान जारी भएपछिको २४ घण्टामा दोस्रोपटक भारतको  विज्ञप्ति सार्बजनिक भएको भोलिपल्ट नै बस्न लागेको मोर्चाको बैठकलाई अर्थपूर्ण मानिएको छ । मोर्चाका नेताहरुले असन्तुष्ट अन्य दलहरुसँग पनि कार्यगत एकता गरी आन्दोलन चर्काउने तयारी गरेको छ । भारतले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा तराई मधेसमा जारी आन्दोलनले आफ्ना नागरिक र आपूर्तिकर्ता असुरक्षित भएकाले आपूर्तिमा समस्या आउनसक्ने उल्लेख छ । २०४५ सालमा भारतले राजीव गान्धीका पालामा नेपालका प्रधानमन्त्री मरिचमान श्रेष्ठसँगको खटपटका कारण नेपालमा आपूर्ति बन्द गरिदिएको थियो । भारतले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याएर नयाँ संविधान जारी गर्न आफूले दिएको सुझाव पहिल्यै मानेको भए अहिलेको परिस्थिति नआउने भन्दै राजनीतिक रुपमा द्वन्द्व समाधान गर्न भनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies