Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

हामीलाई टिकापुरको मृत्यु ठुलो र विरगंजको मृत्यु सानो किन लाग्छ हँ ?

\"mani_kafle\"श्रीखंला लामै छ, यहाँसम्मको यात्राको । त्यस पछाडीका खेलखेलाडी र रेफ्रीहरु कोही बदलिएका छैनन् । कुनैपनि समाजका लागि प्रगति, रुपान्तरण र नयाँ बिन्दुमा प्रवेश हुने प्रक्रिया नै समाज ज्यूँदो र रहरलाग्दो छ भन्ने कुराको प्रमाण हो । तर हाम्रो समाज विगत लामो समयदेखि सामाजिक गतिशिलता रोकिएको अवस्थामा छ । यसबारे केही कुरा– संविधान निर्माण गर्ने भन्दै चार राजनीतिक दलहरुले सहमति गरेपछि नेपालको राजनीतिमाथि टिकाटिप्पणी मात्र हैन कि जनजिवन नै आन्दोलित हुन पुग्यो र अहिलेसम्म २ दर्जन बढी मान्छेहरु मारिए । संघीयताको सिमांकनमा दलहरुको भागबण्डे प्रवृतिको जनस्तरबाट भएको विरोध नै आन्दोलनको प्रारम्भ हो । त्यसलाई धेरै ठुला ठुला तर्क वा बुद्धि लगाएर व्याख्या गरिराख्नु पर्दैन । जनताको अपमान गर्न सबैले जानेकै रहेछन । सिंहदरवारमा होस वा स्याल दरवार, एकातिर जनतालाई अधिकार दिने र देशलाई देश जस्तै बनाउनका लागि यस भूमिलाई हजारौ बर्षदेखि आवाद गर्ने र आफ्नै पसिनाले सिञ्चित गर्नेहरुलाई यस राजनैतिक परिपाठीले नागरिकको हैसियत र सम्मान दिन अस्विकार गर्यो । अर्कोतिर तिनै अधिकार विहिन मान्छेहरुलाई आन्दोलनमा मारेर ५० लाख दिने घोषणा गरियो । यसरी हेर्दा दुबै थरी अतिवादले उत्पिडित, गरिव र विपन्न समूदायलाई इतिहासमा सबैभन्दा तल्लो स्तरको अमानविकरण गर्यो । समाजशास्त्रको भाषामा यसलाई डिह्युमनाईजेसन भनिन्छ । यो मानवअधिकारको घोर उल्लंघन हो । यी दुबैथरी प्रवृतिले जनताको आन्दोलन, विद्रोह वा क्रान्ति गर्न पाउने अधिकारलाई तल्लो स्तरसम्म अपमानित ग¥यो । जसको प्रभाव यहाँका वुद्धिजिवी  भनिनेहरुले गरिरहेको व्याख्यामा देखिएको छ । २ दर्जन मान्छे मरे आन्दोलन चलिरहेछ तर व्याख्या टिकापुर घटनाको मात्र किन गरिन्छ ? आलेख, समाचार, विश्लेषण र व्याख्या जुम्ला, सुर्खेत, विरगञ्ज सप्तरी वा बाराको किन हुँदैन ? बडो अजिव लाग्यो यो विषय । साच्चै टिकापुर कैलालीको मात्र किन यतिधेरै कोणबाट छलफल भएको होला ? किन सर्वत्र चासो भएको होला ? यहाँ मात्र हैन दिल्लीबाट मोदीले प्रधानमन्त्री कोइरालाजीलाई फोन गरे भनेर विदेश मन्त्रालयले विज्ञप्ति नै निकाल्यो किन ? [caption id=\"attachment_36931\" align=\"alignleft\" width=\"480\"]\"birganja\" विरगंजमा प्रहरीको गोलीबाट मारिएका एक सर्वसाधारण[/caption] कुरा प्रष्ट छ कैलालीमा जो मरे उनीहरु नमर्नुपर्ने तर्फका थिए र अन्यत्र जो मारिए उनीहरु त पहिल्यै मारिनु पर्ने तर्फका थिए । अरुको मृत्यु स्वभाविक हो । सत्य हो । तर कैलालीमा भएको घटनामा मारिनेहरुको मृत्यु एकदम कारुणीक हो । दर्दनाक हो । पाशविक हो । अतातायी हो भने जस्तै गरी व्याख्या गरियो भन्न खोजियो । हो मृत्यु दुःखदायी हुन्छ, आन्दोलनमा मारिएका आन्दोलनकारी होउन, प्रहरी होउन अथवा सर्वसाधारण । सबैको मृत्युमा हामी दुःखी छौ । यो दुःखद अवस्थामा हामीलाई राज्यले ल्याई पु¥याएको छ । धैर्य नगुमाउ भन्नुसम्म ठिक छ तर गरियो के भने अरु १ जना मर्नु भनेको १ जना नै हो र एसएसपीेको विल्ला भिरेको एक जना मर्नु भनेको यस्ता दुःखी भन्दा हजारैले बढी हो भन्नु गलत भयो । यसको समाजशास्त्र भनेको उत्पिडित समूदायको यादव, ठाकुर, चमार, केसी लगायतका मान्छे मरेको चर्चा गर्नु आवश्यक छैन भन्न खोजिएको हो कि ? अरु त अरु टिकापुरमा मारिने अन्य प्रहरी जवानको पनि मृत्यु सामान्य हो भन्ने जसरी व्याख्या विश्लेषण गरियो र गरिँदै छ– शायद आगामी दिनमा पनि गरिन्छ होला । जिवनलाई समान बनाउन नसकेकाहरुले कम्तिमा मृत्युमा त विभेद नगर्नु पर्ने तर अहिलेको अवस्था त्यस्तो देखिदैन । सामाजिक व्याख्या नै पक्षपाति भएको समाजमा समानताको लडाई धेरै गारो हुने कुरामा संदेह छैन । तर कालक्रममा यो खेलको पर्दा खोलिनेछ अनि छर्लङ हुनेछ पर्दापछाडिको डिजाइन । अहिलेको आन्दोलनमा ज्यान गुमाउने सबैलाई हामी सम्मान गर्छौ । सबैको जुनि एकबारको नै हो । उस्तै मुल्यवान हुन्छ । प्रीय हुन्छ । त्यसैले आफ्नो जिवनको बढि माया लाग्छ । तर अहिलेको अवस्थामा पनि जनताले आफू नागरिक बन्न राज्यसँग आन्दोलन गर्नुपर्ने स्थिति निर्माण गर्ने को हुन् र तीनीहरु कहाँ छन् ? किन यसो गर्दैछन ? यि प्रश्नहरु जटिल छैनन् तर प्रश्नहरु वङग्याईएका छन् फरक यति हो । हिजो शासन सत्ताका फरकफरक अनुहार फेरी फरकफरक स्थानबाट आन्दोलनको, जनअधिकारको र सुन्दर मानव जीवनको विकृत व्याख्या गरिरहेछन् र त्यसको अमानविकरण गरिरहेछन् । तर यसबाट अगाडी पनि समाज जान्छ । लेखिन अझै अक्षरहरु वाँकी नै छन, गति अझै तिब्र भएर जान्छ । यो नै अन्तिम सत्य हो, अब उता पर भोली बाँकी छैन भन्ने धृष्टता कसैले नगरौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies