Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

गिरफ्तार गरिएको विरोधमा कैलालीमा सशस्त्र क्याम्प घेराउ, टीकापुर दोहोरिने खतरा

\"Tharuhat\"अपडेट: जोशीपूर सशस्त्र प्रहरी बेसक्याम्प घेरिरहेका महिलाहरुलाई प्रहरीले तपाईका मान्छे भोलीसम्म छोड्छौं भन्दा पनि मानिरहेका थिएनन् । प्रहरीका अधिकृतले आफै आएर समातियका मानिसहरु भोलीसम्म छोडदिने बताएपछि महिलाहरु फर्किएका छन् भने प्रशासनले अहिले जोशीपुर आसपासको क्षेत्रमा कफ्र्यु लगाएको छ  घटना लगत्तै जिल्ला प्रशासन प्रमुख टिकापुर पुगेको हाम्रा संवाददाताले बताएका छन् । टिकापुरको स्थिति अहिले सम्भावित झडपभन्दा बाहिर छ । -------------------------------------------------------------- काठमाडाैं । भदौ ७ को टीकापुर घटनाको कहाली साम्य नहुँदै फेरि त्यस्तै घटना दोहोरिने स्थिति देखापरेको छ । बरिष्ठ प्रहरीसहित ८ जनाको ज्यान गएको एक हप्तापछि थारु समुदायले आइतबार सद्भाव र्याली निकालेका थिए । तर, आइतबार दिउँसो निकालिएको र्यालीमा सहभागी भएकाको फोटो खिचेर गए मध्यराती सशस्त्र र जनपथ प्रहरीले केहीलाई गिरफ्तार गरेपछि कैलालीको टीकापुर क्षेत्रमा फेरि तनाव बढ्ने देखिएको हो । स्थानीय एक व्यक्तिका अनुसार आइतबार थापापुरको नवलपुर भन्ने ठाउँमा थारुहरुले सद्भाव र्याली निकालेको र दिउँसो प्रहरीले फोटो खिचेर राती गिरफ्तार गरेपछि उनीहरुको रिहाईको माग गर्दै स्थानीय महिलाहरु सशस्त्रको क्याम्प घेराउ गर्न पुगेका छन् । सद्भाव र्याली निकालेकै भरमा घरघरमा छापा मारेर थापापुरको ५ र ६ का केहीलाई गिरफ्तार गरेपछि उनीहरु आक्रोशित भएको ती स्थानीयले खबरडबलीलाई बताए । फोटोकै आधारमा बौनिपुर गाविस ४ का दरवारीलाल चौधरी, थापापुर ५ का सन्तराम चौधरी, किसुनलाल चौधरी, सिलकदाश थारु, थापापुर ६ का जितबहादुर चौधरी, थापापुर ७ नवलपुरका राजेश चौधरी, ब्रिजमोहन चौधरी र राजेश चौधरीलाई प्रहरीले गिरफ्तार गरेको थियो । गएराती घरघरमा छापा मारेर स्थानीयलाई जोशीपुर सशस्त्र वेशक्याम्पमा राखिएको थियो । गाउँलेहरुलाई यसरी बिनाकारण पक्रिएको भन्दै सयौं महिलाहरु अहिले रिहाईको लागि वेशक्याक्पमा घेरा हालेर बसिरहेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी माेहन चापागार्इंले महिलाले वेशक्याम्प घेरा हालेकाे भन्ने बारेमा अाफूलार्इ जानकारी नभएकाे बताए । प्रहरीले तत्काल उनीहरुलाई नछोडे र सशस्त्र क्याम्प घेरिरहेका महिलामाथि दमन गरिए प्रतिरोध गर्ने तयारी स्वरुप गाउँगाउँबाट घरेलु हतियार लिएर थारु समुदाय टोलटोलमा बसिरहेको र तत्काल सचेतता नअपनाए टिकापुरको घटना दोहोरिन सक्ने स्थिति रहेको ति स्थानीयले बताए । खबरडबलीको सम्पर्कमा रहेका स्थानीयका अनुसार प्रहरी तथा सरकारले सचेतता अपनाएन र भिडन्तको स्थितिलाई टारेन भने फेरी ठुलो दूर्घटना हुनसक्छ । उनका अनुसार स्थानीय थारु समुदाय घटनाको उच्चस्तरिय छानविन बिना मानिसहरु पक्रनु र थुन्न नहुने पक्षमा छन् । दोषीमाथि कारवाही गरिनुपर्ने तर निदोर्षहरुलाई अनावश्यक दुःख दिनुनहुने माग उनीहरुको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies