Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

एनआरएन(NRN) कोरिया अधिबेशन : खोजी नेतृत्वको

\"ishowar_neupane_article\"गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा सातौँ विश्व सम्मेलन हुँदैछ । सन् २००३ मा स्थापना भएको यो संस्थाले प्रत्येक दुई वर्षमा विश्व सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गर्दै आइरहेको छ। संघको विश्व सम्मेलन अघि विभिन्न देशमा रहेका एनआरएनका राष्ट्रिय समन्वय परिषदको निर्वाचन सम्पन्न गरी संघको अन्तर्राष्ट्रिय समन्वय परिषदमा जानकारी गराइसक्नु पर्ने हुन्छ। ग्लोबल रुपमा नै यति बेला एनआरएन-एनसिसिको अधिबेशनको सरगर्मी बढेको छ । यो सरगर्मीले कोरिया बासी आप्रवासी नेपालीहरुलाई पनि राम्रै सँग तताएको छ। कोरियामापनि अवको नयाँ नेतृत्व चयनका लागी सेप्टेम्बर 6 गते अधिबेशन सँगै निर्वाचन हुनेछ । औपचारिक रुपमा अहिले सम्म कसैले पदाधिकारिका लागी आफ्नो उम्मेदवारि घोषणा गरेका त छैनन तापनि वर्तमान समय कोरिया का कामदार हरुबिच चर्चा मा रहेका किम्हे माइग्रेंट हाउसका अध्यक्ष यज्ञ राज सुबेदीले आउदो NRN कोरियाको कार्यकालका लागी नेतृत्व लिन ईच्छुक हुन सक्ने आशयले कोरिया को दक्षिणी भेग का मुख्य सहर हरु किम्हे, बुसान, उल्सान,थेगु लगायतका आप्रबासि कामदार हरुमा एक किसिम को रौनक बढेको आभास हुदै छ। यद्यपि एनआरएन-कोरिया अध्यक्षको पदका लागी उम्मेदवारि दिने अन्य आकांक्षी हरु पनि हुने निश्चित छ । नेतृत्वका अन्य आकांक्षी हरु चर्चामा नआए पनि पदका आकांक्षीहरु चुनावको प्रकृया शुरु हुने बेला सम्म उम्मेदवारि दिन सक्छन जसले यो प्रकृयालाई रोचक र प्रतिस्प्रधात्मक बनाउने छ । कोरियाको नेपाली समुदाय कस्तो छ ? कोरियामा बढ्दो नेपाली समुदाय एकदमै तन्नेरी छ । अर्ध दक्ष जनशक्तिका रुपमा कोरियाले आप्रवासी अदक्ष र अर्ध दक्ष जनशक्ति भित्राउन EPS प्रणाली लागु हुन थाले पछि मात्र नेपालीको लागी सहज रुपमा कोरिया को ढोका खुलेको हो।हुन त EPS प्रणाली लागु हुनु भन्दाअगाडि देखि नै बिभिन्न माध्य्मबाट नेपाली हरु कोरिया आएको अबस्था थियो।  यस अघि पनि बिभिन्न पेशाका साथै बिधार्थीको रुपमा आउनेको संख्या त्यति ठुलो छैन । ठुलो संख्यमा आएका नेपालीहरुमा उच्च शिक्षाको योग्यता, सिप र बिबिध कामको अनुभवका साथै ठुलो महत्वाकांक्षा बोकेर सात समुन्द्र तरेर कोरिया आएका छन । यहाँ आईपुग्दा शुरुमा त समस्या नै समस्याहरु देखिन्छन । मानिस छोटो समयमा हतोत्साहित हुन पुग्छ । न त बजारमा चाहिने सिप अभिमुखिकरणको जानकारि हुन्छ, न त आफुलाई चाहिने सेवा र सुविधा पाउने सरकारि निकायको बारेमा । नेपालमा आर्जेको उच्च शिक्षाले यहाँको बजारमा उपलब्ध श्रमबजारको जानकारी लिन पनि अप्रयाप्त देखिन्छ । यस्तो बेलामा सहि मार्ग निर्देश गर्ने व्यक्ति वा भरपर्दो संस्थाको जरुरि हुन्छ । त्यस पश्चात पनि मानिसको जीवनमा केहि न केहि अप्ठेरो परिरहेको हुन्छ, त्यसलाई सम्बोधन गर्न पनि सामाजीक निकाय चाहिन्छ । प्राय कोरियामा अर्धदक्ष कामदारको रुपमा आउने नेपाली आप्रवासी यस्तै समस्यामा नपरेको कोहि नहोला । र पनि आफु सँग भएको ज्ञान र सिपलाई यहाँको बजार सुहाउँदो रुपमा रुपान्तरण गर्न एक त मिल्दैन अर्को मिलिहालेपनि लामो समय लाग्ने गरेको छ । नव आगन्तुकहरुलाई यहाँको श्रम बजार, श्रम निती तथा कानुन र दैनिक जीवनमा आई पर्ने सामाजीक तथा कानुनी कुरा बुझ्न बर्षौ लाग्ने गरेको छ ।अझ भनौ आफ्नो भिसा अबधि सकी सक्दा पनि थाहा नपाउने नेपाली धेरै छन कोरिया मा । कोरियामा नेपालीहरुका साझा समस्याहरु के के हुन ? अहिलेको एनआरएन-कोरिया आफ्ना सदस्यहरुका वास्तविक समस्याहरु सुन्न र समाधान ल्याउने काममा लागेको देखिदैन । सिप अभिमुखीकरण तालिम, कामको खोजी गर्ने सिपको कार्यशाला, कोरियन कानून, नीति तथा नियम, यहाँका आधारभुत कुराको जानकारी दिने कार्यक्रम, स्थाई बसोबासको अनुमति भएकाले सरकार बाट पाउने सेवा र सुबिधा, यहाँको शिक्षा सँग नेपालको योग्यता समकक्षता जानकारी तथा अभिवृदि र स्वास्थ्यको बिषयमा जानकारी गराउने बारेमा कार्यक्रम भएको सुनिदैन।या भनौ एस्तो कार्यक्रम त अहिले सम्म कही कतै गरेकै छैन। यी र यस्ता कामहरुको जानकारिको लागि तालिम तथा कार्यशाल आयोजना गरि सम्बन्धित बिषयमा राम्रो ज्ञान र अनुभव भएको बिज्ञबाट समुदायलाई जानकारी गराउनु पहीलो काम हुनु पर्ने हो NRN कोरिया को।यो काम गर्न स्थानिय सरकार, बिभिन्न सँघ-सँस्था तथा बिज्ञहरु सँग परामर्श गर्दै सहकार्य गरेर समाजको सहयोगिको भुमिका खेल्नु पर्ने हो । आप्रवासी नेपाली समुदाय भित्र नै बिज्ञ र बिषेशज्ञ भई सकेको अवस्थामा उनीहरुबाट पाईने सुलभ सेवा र परामर्श लिन सक्ने अवस्था छैन । यसको सहजिकरण गरि नेपालीसमाजलाई गतिशिल बनाउनु पर्ने हो । कोरियामा कति आप्रवासि नेपालीहरु छन, कुनै तथ्याङ्क नै छैन । तथ्याङ्क संकलन गरि डाटाबेस बनाएर राख्नु पर्ने हो । सँख्याको आधारमा अरु देशका आप्रवासीहरुले सरकारी तहहरुबाट पाएको सुबिधा नेपाली आप्रवासीहरुले पाउन यसले सहयोग पुर्याउने हैन ? कस्तो नेतृत्व चाहिन्छ ? कुराहरु खोतल्दै जाँदा हामिहरु सामु समस्याको ठुलो चाङ लाग्छ । कोरियामा स्थापित सबै सँस्थाहरुको छाता सँस्था र सबै आप्रवासी नेपालीहरुको साझा अविभावक सँस्था भएको एनआरएन-कोरिया हुनु पर्ने र NRN कोरिया नै यी समस्याहरुको सुनुवाईमा उत्तरदायी हुनु पर्नेमा एस्तो हुन सकेको छैन । यसका लागी नेतृत्व नै प्रमुख कुरा हो । अबको नेतृत्व भने पेशागत रुपमा अब्बल, कुशलता पुर्वक समयको व्यबस्थापन गर्ने क्षमता भएको, समस्याहरु सुन्न धैर्यता भएको, कार्यक्रममा गएर नेतृत्वको भाषा बोल्न सक्ने, कोरियन परिबेश राम्रो बुझेको र समाजसेवालाई अर्थोपार्जन सँग जोडेर नहेर्ने व्यक्ति चाहिन्छ । यहाँ नेतृत्व चयनमा देखा पर्ने अर्को जटिलता राजनितिक आस्था र गुट -उपगुटको प्रभाव हुन । गुटगत रुपमा छानिएर आएको व्यक्ति पनि सबैको साझा हुन सक्दैन तथापी छानिने बिधि लोकतान्त्रिक होस ।कोरिया मा लामो समय देखि NRN को अधिबेशन मा चुनीने नेतृत्व कुशल र संस्था लाई संस्थागतरूप मा अगाडि बढाउन सकने  नेतृत्व आउन सकेको छैन अहिले सम्म का सबै खाले नेतृत्व संस्था लाई आफ्नो खल्तिमा हालेर हिड़ने प्रवित्ति भएका नेतृत्व आएको माँ दुई मत छैन तसर्थ, हामीहरु सबैले समय व्यबस्थापन, पेशागत जानकारि, पेशागत संजाल निर्माण गर्ने क्षमता र यसको परिचालन, व्यबहारिक पारदर्शिता, समस्याको पहिचान र बिश्लेषण गर्न सक्ने आगामी निर्वाचनमा नेतृत्वमा आयो भने आगामी दिनमा एनआरएन कोरियाले नयाँ दिशा लिन सक्छ भन्ने अपेक्षा राख्न सकिन्छ। हाम्रो प्रवृति...... हामीले चाहेको नेतृत्व र हाम्रो प्रवृति बिरोधाभाषपुर्ण देखिन्छन । हामीहरु धेरैमा जसरि पनि संस्थाको अध्यक्ष हुनै पर्ने प्रवृति हावी भएको छ । यस्तो प्रवृतिलाई प्रसय दिने हामी नै हौ । अध्यक्ष भए पछि के गर्ने भन्ने कार्यक्रम केहि हुदैनन तर गुटगत र राजनितीक आस्थाको आधारमा ठुलो माहौल बनाउँछौ । अध्यक्ष भैसके पछि कार्यक्रममा गएर आयोजकबाट खादा लगाउनु र आसन ग्रहण गरेर बस्नु बाहेक केहि काम हुदैन । राम्रो व्यक्ति अबको निर्वाचनमा चुनिन पनि यो प्रवृति कि त सुधारिनु पर्छ, नभए पराजित हुनै पर्दछ । तसर्थ, राम्रो मान्छे कुनै पनि संस्थाको नेतृत्वमा पुग्न नसक्नुमा हामीहरुको स्कुलिङ, सोच र राजनिती मुख्य रुपमा आउँछन । नेपाल छोडेर ६ घण्टा हवाईजहाज चढेर पृथ्वीको पल्लो कुनामा आउदा पनि हाम्रा बानि, काम गर्ने शैलि, सोच्ने तरिका, राजनितीक संस्कार छुट्न सकेको छैन । नेपालमा गरेको राजनितीक दाउपेच यहाँ पनि चलाउनै पर्छ । पछाडी बसेर कुरा काटेर घण्टौ बिताउन सकिन्छ तर व्यक्तिको अगाडी गएर तिम्रो गल्ति यो हो भनेरे उसलाई सच्चिने मौका पनि हामि कहिल्यै दिदैनौ । कसैको बारेमा बेग्रल्ती बोल्ने मान्छे फेरि कहिल्यै नेतृत्व लिन नि खोज्दैनौ । न त हामी आफु सच्चिन खोज्छौ, न खराबलाई सच्चिने मौका दिन्छौ । हामी खराब खराब भन्छौ तर खराब भनिएकोलाई काम गरिरहन दिन्छौ । हामी सँग बिचार नमिलेर खराब हो वा सामजको हित बिपरित काम गरेर खराब हो ? निरपेक्ष भएर मुल्याङ्कन गर्दैनौ । पुर्बाग्रहको आधारमा हामी छिटै निस्कर्षमा पुग्छौ । फेरि असल र खराबको परिभाषा पनि गरेका हुदैनौ । विश्वव्यापी असल र खराब नेतृत्वको परिभाषाले हाम्रो बुझाईलाई प्रभावित गरेको हुदैन । यसरि बिरोधाभाषमा हामी आफु पनि रमाएका छौ र अरु पनि रमाउने वातावरण बनाएका छौ । त्यसैले न हामी राम्रा हुन्छौ, न राम्रो हाम्रो हुन्छ ! यस पटकको एनआऱन कोरियाको नेतृत्व कोरियाबासी आप्रबासि नेपालीको हित माँ काम गर्न सक्ने एउटा सचेत र सक्षम नेतृत्व हामी बिच बाट आउन सकोस ! शुभकामना !!
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies