Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

कांग्रेस सत्तामा तीन कोइरालाको लडाईं

\"Sawshank,२७ असार, काठमाडौं । कांग्रेसको परम्परागत खानदानी शक्तिकारुपमा सुशील कोइरालापछि कसले नेतृत्व हत्याउने भन्नेमा परिवारभित्र होडबाजी चलेको छ । यस्तो होडबाजीमा बिपीपुत्र शशांक, शेखर नोनापुत्र शेखर र गिरिजापुत्री सुजाताबीच होडबाजी र लडाईं हुने देखिएको छ । १३ औं महाधिवेशनमा सभापति सुशील कोइराला अघि नबढ्दा संस्थापनबाट कसलाई सभापतिको उम्मेदवार बनाउने भन्ने प्रष्ट नभइरहेका बेला कोइराला खानदानको अबको नेतृत्वकोको लागि यी तीनै जनाले कोइरालाले दाबी र दबाब बढाइरहेका छन् । संस्थापनबाट शेरबहादुर देउवालाई टक्कर दिन की सभापति सुशील कोइराला नै अघि सर्नुपर्ने होइन भने कुनै गतिलो र सबैलाई मान्य हुने उम्मेदवार खोजी गर्नु पनि चुनौति रहेको छ । सभापतिमा उपसभापति रामचन्द्र पौडेललाई उठाइए देउवाले सोझै बाजी मार्ने बुझाई सबै कोइरालाहरुको छ । यस्तो हुँदा कोइराला खानदानबाट कांग्रेसको सत्ता सधैंका लागि अर्को पक्षमा जाने डरले पनि सबै ग्रसित छन् । यस्तो हुँदा कोइराला खानदानबाट योग्यता पुग्ने गरी कसलाई अघि सार्ने भन्नेमा आन्तरिक बहस भइरहेको हो ।  विकल्पमा देखिएका तीन जना कोइरालामध्ये बिपीपुत्र सशांकलाई सुशीलले नजिकबाट माया गरी जिम्मेवारी दिने इच्छा देखाएका छन् । तर, गिरिजाको उत्ताराधिकारीको रुपमा स्थापित हुन सफल सुशीलको यो तयारीलाई शेखर र सुजाताले पनि नजिकबाट बुझेका छन् । ‘सभापतिले सशांकलाई नै बढी माया गरेको देखिन्छ अरु कोइरालालाई पनि यसको आभास भएको छ’ कांग्रेसका एक नेताको टिप्पणी छ, ‘सशांकलाई सके पार्टी सभापतिमै लडाउने इच्छा सभापतिमा छ तर, आफ्नो योग्यता नपुग्ने भएकोलेले सशांक तयार छैनन् ।’ डाक्टरी पेशाबाट आएका शशांक कोहीप्रति पनि नराम्रो र रुखो बोल्दैनन् । त्यसैले सुशीलले उनलाई रुचाएको चर्चा कांग्रेसभित्र छ । सशांकको आफ्नो भित्री इच्छा पनि सके उसभापति बन्ने  नभए महामन्त्रीसम्म अर्को पटकका लागि सभापतिमा लड्नका लागि आधार तय गर्ने रणनीतिक भएको ती नेताको टिप्पणी छ । ‘सभापति जित्ने भए मात्र लड्ने सशांकको इच्छा हो र तर, सुशील नै एकपटक अघि बढेर बरिष्ठ उपसभापतिमा मनोनित हुने वा नभए महामन्त्री बनेर अर्को महाधिवेनसम्म कोइराला खानदानबाट स्थापित हुने बुझेका छौं ।’ ती नेताको टिप्पणी छ । डाक्टरी पेशाबाट आएका भए पनि शेखरको राजनीतिमा बढी लगानी छ । विषयवस्तुको प्रस्तुतिका हिबासले पनि शेखर राजनीतिक बढी लाग्छन् । उनले गिरिजलाई अप्ठ्ेरोमा साथ दिंदै पनि आए । आफ्नो लगानी धेरै रहेको भन्दै उनको पनि खानदानको नेतामा दाबी छ तर, माग भन्दा दिनुपर्नेपक्षमा छन् । ‘शेखरको राजनीतिमा बढी लगानी छ गिरिजालाई अप्ठ्यारा दिनमा साथ दिएका छन्  वैचारिक नेतृत्व क्षमता पनि छ’ कांग्रेस एक नेता भन्छन्, ‘तर, माग्नेभन्दा आफूलाई नेतृत्व दिनुपर्ने पक्षमा उनी छन् ।’ मन नपरेको विषयमा जो कसैको पनि आलोचना गर्न सिपालु शेखरको शैलीलाई सुशीलले मन पराउँदैनन् । गिरिजाको छत्रछायाँमा राजनीतिमा छाएकी सुजाताको पनि कांग्रेसको नेतृत्व अब आफ्नै पोल्टामा आउनुपर्ने भन्ने छ । यसका लागि उनले सभापतिलाई निरन्तर दबाब दिंदै आएकी पनि छन् । उपप्रधानमन्त्री भएको  लामो समयसम्म पार्टी क्रियाशील रहेको भन्दै गिरिजापुत्रीका रुपमा उनले कोइराला खानदानको नेताको रुपमा आफू नै भएको बताउने गरेकी छिन् । तर, सुशील उनलाई पत्याउने अवस्थामा छैनन् । सुशीलसँग उनको सम्बन्ध नराम्रो पनि छैन् आत्मीय पनि होइन भन्छन् एक कांग्रेसी नेता । सुजाताको सम्बन्ध शेखरसँग खासै राम्रो छैन । तर, सशांकसँग नराम्रो छैन । उस्तै लाग्ने तर, एक जना कसलाई अघि लगाउने भन्नेमा सुशीललाई सहज छैन । १३ औं महाधिवेशनमा आफैं अघि बढे पनि अर्को पटकको नेतृत्वको लागि कसलाई पारिवारिक सत्ता सुम्पने भन्ने सामञ्जसमा सभापति कोइराला छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies