आफ्नै आँखाले हेरे रिजल्ट । म पैसा नदिनेमा परिनछु , नयाँ १० को नोट दिदै दौडिए हावा भन्दा पनि वेगवान भएर घर तिर । सेकेन्ड डिभिजनको खवर पुर्याएर बा सँग एटलसको चावि मागे । बाले युद्ध जितेको न हारेको अनुहार वनाएर चावि दिनुभयो । अहिले सम्झन्छु बा को अनुहार युद्ध जितेको जस्तो थियो, म त्यतिवेला गलत थिए । राजु फेल भएको थियो तर पनि खुसी थियो । उसलाई पनि पास हुनुभन्दा साइकल चलाउन पाउनुमा नै मज्जा थियो । काँचो दिमाग ।भर्खरै विस्तारित हुन थालेको तुलसीपुर वजारमा एकाध साइकल भाडामा दिने पसलहरु थिए । क्यान्सरले अन्तिम अवस्थामा पुगेका विरामी जस्ता हुन्थे भाडामा दिने साइकलहरु । न त व्रेक, न घण्टी न त टायर नै राम्रा । वनाउदा वनाउदा हैरान परेका साइकलहरुलाई काम चलाउ वनाएर भाडामा दिने गरिन्थ्यो । तर पनि प्रतिघण्टा ५ रुपैयाका दरले वजारमा विना काम साइकल हाँक्नुको खुसी “डिभि” पर्नुभन्दा कम्ता थिएन । नखाइ नखाइ खाजाको पैसा जोगाएर साइकल भाडामा चलाइन्थ्यो । यस्तो लाग्थ्यो कतै यो पैसा भन्ने चिज केवल साइकल भाडामा चलाउनका लागि मात्र वनेको हो कि ? कतिले त बाको गोजो सम्म छाम्थे साइकल चलाउनका लागि । साइकलको कन्डिसन ठिक नहुदा कतिपटक लडेर घुडाँबाट छाला छुट्टिन्थे । कतिको हात भाँचिन्थ्यो तर पनि साइकलको नशाले कहिल्यै छाडेन । सायद साचो प्रेमको भनेको यहि होला । कहिलेकाही चार पाँच किलोमिटर टाढा पुगेको वेला टायर प्वाल पर्ने । ओ हो, त्यस्तो वेलामा त आधा प्राण नै जान्थ्यो । एकातिर पैसा तिरेर पनि साइकल चलाउन नपाइने अर्कातिर साइकल वालाको गालि । “आम्मा कसम अर्कोदिन वाट साइकल चलाउदैन” भनेर कसम खाइन्थ्यो । तर मन मरे पो, अर्कोदिन घामसँगै ताजा भएर आउथ्योे । मेरो छिमल र वर्गका अधिकांशका लागि साइकल चलाउन सिक्ने र रहर मेट्ने वाटो नै भाडाका साइकल हुन्थे । हामी साइकल सिक्न कपडादेवि महेन्द्र मा.वि.को चौरमा जान्थ्यौ । त्यहाँवाट टरिगाउँ विमानस्थलमा विमानहरु चराजस्तै उडेर वस्ने गर्दथे । हामीलाई विमानमा उडेभन्दा पनि वढि मजा साइकल चलाउनमा हुन्थ्यो । साइकलको नशाले एकप्रकारको पागलपन नै सवार थियो म भित्र । होटलमा सधै विहान पाउरोटी राख्ने र दिउँसो पैसा दिने चलन हुन्थ्यो । दिउँसो साइकल चलाउन पाउने आशामा म कतिपटक पाउरोटीवालालाई कुरेर वसिरहन्थे । कहिल्यै चलाउन पाइदैन थियो तर पनि प्रयास गर्न भने छाडिएन ।
दिउँसो साइकल चलाउन पाउने आशामा म कतिपटक पाउरोटीवालालाई कुरेर वसिरहन्थे । कहिल्यै चलाउन पाइदैन थियो तर पनि प्रयास गर्न भने छाडिएन ।साइकल क्रेजले दिमाग खुस्किदै जान थालेपछि साथी राजुले गज्जवको जुक्ति निकाल्यो । “तैले पाउरोटी वेच ,एकातिर पैसा पनि हुन्छ अर्कातिर साइकल पनि मज्जाले चलाउन सकिन्छ ।” ओहो कुरो त मनासिव रहेछ विहान पाउरोटी वेच्यो, साझ पैसा उठायो , दिउँसो पढ्न गयो । तर आइडिया घटिया रहेछ । आमाका कानमा कताबाट परेछ, झाको झार्नुभयो । मैले त्यो घटिया लाइन नछोएरै छाडिदिए । राजु घटिया आइडियाको लागि “फेमस” थियो सारा टोल अनि स्कुल भरि । उसले नसताएको एउटा मात्र कोहि मान्छे थियो भने त्यो केवल म मात्र थिए । तिन जना मान्छे मिलेर वनेको जस्तो ज्यान भएको राजु भनेपछि नडराउने पो को थियो र ? मसँग ऊ डराउनुको एउटा कारण थियो । जो कारणलाई मैले उसको निर्देशनमा लुकाएर राखेको थिए ।
हाम्रो शौच गर्ने ठाउँ पनि अरुको भन्दा फरक थियो । त्यो दिन राजुलाई पखालाले मर्ने गरेर च्यापेको रहेछ । उ दौडेर झाडिमा गयो । झाडिमा के दौडेर गएको थियो । “ऐय्या” गर्दै वेस्मारी कराउन पो थाल्यो ।तुलसीपुरको सेन्टर स्कुल प्राथमिक तह सम्म मात्र थियो । हामी ४ मा पढ्थ्यौ । समय वैशाखको थियो , विहान स्कुल लाग्ने गर्दथ्यो । तेश्रो पिरियडमा शौच विश्राम हुन्थ्यो, करिव १० मिनेटका लागि । हामी शौच पनि सँगै जान्थ्यौ । मैले यहाँ भन्नै पर्छ हामी कृष्ण र सुदामा जस्तै थियौ । हाम्रो शौच गर्ने ठाउँ पनि अरुको भन्दा फरक थियो । त्यो दिन राजुलाई पखालाले मर्ने गरेर च्यापेको रहेछ । उ दौडेर झाडिमा गयो । झाडिमा के दौडेर गएको थियो । “ऐय्या” गर्दै वेस्मारी कराउन पो थाल्यो । झाडिमा कतै सर्पले टोक्यो कि भन्दै गएको त कुरा अर्कै पो रहेछ । खासमा हामी पाइन्ट भित्र टेलरमा सिलाएको इजारावाल कट्टु लगाउथ्यौ । विहान हतारमा स्कुल आउदा इजार वेस्मारी वाँधिएको रहेछ । एकातिर पखालाले च्यापेको छ अर्कातरि इजार खुल्दैन । उसलाई हैरान भएछ । असह्य भएर चिच्याएको रहेछ , विचरा राजु । म हतार हतार कक्षामा गएर पेन्सिल काट्ने कटरको व्लेड ल्याएर इजार काटिदिए । विचारो धन्नै “इजारा सहिद ” वनिसकेको । पहिलो पटक राजु मेरो सामु झुकेर घटनाका वारेमा कसैलाई नवताउन अनुनय विनय गर्यौ । मैले पनि त्यो कुरामा खासै बाल दिइन । त्यो घटनाले राजुलाई निकै त्रसित वनाएको थियो । करिव महिना दिन जति उसले पाइन्ट भित्र कट्टु नै लगाएन । शौचका वेलामा मैले निकै चासो राखेर हेर्थे त्यो कुरा । घरमा वा को साइकल आएपछि मनमा एकप्रकारको अहम् पलाएर आयो । अव म सँग जतिवेला पनि साइकल हुने भयो । क्यान्सर लागेका थोत्रा साइकल भाडामा चलाउने दिन मैले वरुवागाउँले कुलोमा वगाउने भए । साइकलका लागि कसैका सामु निहुरीमुन्टि न हुनु नपर्ने भयो । म कोठा भित्र वाहिर गर्दा साइकल देखेर मख्ख पर्थे । सुहागरातमा वेहुली देखेर मख्ख परेको वेहुलो जस्तो । साइकल घरमा आएको दिन मलाई रातभरि निद्रा लागेन कतिवेला विहान होला र साइकललाई दौड प्रतियोगितामा सामेल गराउला भन्ने लागेको थियो । रातभरि सपनाका पत्रहरु केलाइ केलाई आखिर विहान पनि भयो । बा सँग साइकल चलाउछु भन्ने साहस पनि थिएन । विहान होटल भरि चिया खाने मान्छे जम्मा भइसकेका थिए । अरु दिनभन्दा मैले निकै मन लगाएर काम गरे । बा लाई प्रभावमा पार्नै पर्ने भयो । तर बा गले पो, मलाई बा पत्थर जस्तो लाग्यो । बा केही नवोलेपछि मैले आफै वाटो खोले “ बा साइकल चलाउछु है एकछिन ” । बा को अनुहारमा रिसको आगो वल्यो । मैले दोहोर्याउन सकिन । “मामा वारिमा साग छ भान्जाको के लाग्छ ” भने जस्तो पो भयो त । आफ्नै घरमा भएको साइकल पनि चलाउन नपाइने भयो । “यो अफिसको साइकल हो म वाहेक कसैले पनि चलाउन मिल्दैन ” बाले डाइलग पेल्नुभयो । म अवाक भए । रातिका सपनाहरु रेलगाडिका डिब्बा जस्तै ठेलमठेल गर्दै सुइकुच्चा ठोके ।
बा यता उता गएको वेलामा त्यहि ताला लगाएको साइकलको माथि चढेर घण्टि वजाउदै आनन्द लिन्थे ।मन भरि साइकल चलाउने रहर छ , अनि घरमा साइकल पनि छ । तर यी दुइको “केमेष्ट्री” मिल्ने होइन । मलाई मर्नु भयो । बा यता उता गएको वेलामा त्यहि ताला लगाएको साइकलको माथि चढेर घण्टि वजाउदै आनन्द लिन्थे । रहरको पनि त माया लाग्छ नि , पुरा होस् या नहोस् । रातोदिन चिन्ताले म आकुल व्याकुल भए । अव कसलाई भनु मनको कुरा । राजुलाई शेयर गरे । उसले साइकलको ताला फोड्ने आइडिया सिकायो । म काँचो दिमाग, उसको आइडियालाई दर्शन मानेर स्विकारे । उसले चाबि नभए पनि ताला लगाउन र खोल्न मिल्ने वनायो । तर के गर्ने हिम्मत आउने कुरा भएन । बा लामो समयका लागि वाहिर जाने दिनको प्रतिक्षा गर्न थाले । कहिलेकाही वाहिर जाने कुरा सुनेर मन खुसी हुन्थ्यो , तर बा लामो समय वाहिर जादा साइकल अफिस मै थन्किन्थ्यो । फेरि मन अमिलो हुन्थ्यो । भाग्यको रेखा अचानक वलियो भयो । एकदिन मौका पर्यो । राजुले साइकल निकाल्यो । मलाई पिजडावाट वाहिर आए जस्तो भयो । हावामा कावा खादै साइकल हुइकाइयो । बा को नयाँ अफिसको साइकल पाएपछि किन गाँउ भरि नदेखाउने । म प्रचार गर्दै हिड्न थाले । भाडामा साइकल लिएर चलाउने मान्छे । खासै त्यति म पोख्त थिइन । हावामा डुवुल्की मार्दै राजुलाई अगाडि वसाएर साइकल दौडिरहेको थियो । राजुपनि उत्तेजित अवस्थामा “साइकल डान्स” गरिरहेको थियो । अचानक बाटोमा राजु जोस्सिएर हल्लियो । साइकल पुग्यो वाटो तल्तिर खाल्डोमा । राजुलाई असह्य भएछ आमा चकारेर गालि गर्यो । चोट मलाई पनि थियो तर साइकलको चोट नियाल्न थाले । खासै रहेनछ । मेरो घुँडो हल्का खोल्सिएको थियो । मलाई अचानक काम ज्वरो छुट्न थाल्यो । आइडिया मास्टरले झटपट साइकल टिपेर घरमा लगेर राखिदियो । धन्न भाग्य बा लाइ थाहा भएन । नत्र..... मलाई अहिले पनि डर लाग्छ के हुन्थ्यो होला । साइकल सामान्य कोरिएको थियो बा लाई त्यो थाहै भएन । विहान सात वज्नुभन्दा पनि अघि राजु समाचार वोकेर आइपुग्यो । “एकसातामा एसएलसीको रिजल्ट आउछ वे” विहान ग्राहकहरुको भिड अलिक वाक्लै थियो । त्यसैेले आमालाई भाडा माझ्ने काम छाडेर म चिया पकाउदै थिए । अचानक राजुको समाचारले ताप्केको विडले भन्दा पनि वेस्मारी च्वास्स पार्यो । रिजल्ट शब्दले दिमाग एकछिन रन्थनियो । मनमा आमाले नसुनेहुन्थ्यो भन्ने लागिरहेको थियो । तर पहिला यस्ता कुरा आमाका कानमै पर्ने । आमाले डाइलग पेल्नुभयो “यति जावो एस.एल.सी. पास नगर्ने त मरे पनि हुन्छ ।” सोच्दा सोच्दै चियाले स्टोभको आगोलाई अंकमाल गर्न पुगेछ । आमाले कडा गालि “ मेन्सन गर्नुभयो” । हामी राजुले दिएको एक साताको पर्खाइमा थियौ । एकदिन साँझको खाना खादै गर्दा नतिजाको वारेमा कुरा चलिरहेको थियो । बाले एकाएक प्याक्कै भन्नुभयो “चाहे अफिसमा जति गालि गरुन् एस.एल.सी. मा पास भइस् भने तलाई दिनभरि साइकल चलाउन दिन्छु ” अफर खासै वम्पर थिएन । तर पनि मेरो लागि भने महाबम्पर पो थियो । बा को साइकल मन खोलेर कहाँ चलाउन पाइएको थियो र ? यहि महापर्खाइका विचमा राजुले घरमा खवर सुनाएको थियो । मलाई शरिर भरि अजिंगर दौडिएको जस्तो डर लागेर आयो । डर लाग्दा लाग्दा साँझ करिव ५ वजेतिर रेडियोले रिजल्ट आएको कुरा फलाक्यो पनि । म भन्दा वढि बा आमा उत्साहित हुनुहुन्थ्यो । कसरी थाहा पाउने ? रिजल्ट केवल गोरखापत्रमा मात्र प्रकाशित हुन्थ्यो । त्यो दाङ्ग आइपुग्न एक दिन कुर्नुपर्थ्यो । काठमाडौमा चिनेकालाई सिम्वोल नम्वर दिएर हेर्न लगाइयो कसैले पास भन्छन्, कसैले नम्वर छैन भन्छन् । लौ हैरान । सवैलाई रिजल्टको चिन्ता मेरो भने बा को टल्कने साइकल तिर आँखा परेको थियो । परिणाम आएको थाहा छ तर आफैलाई थाहा छैन । जेनतेन रात कटाइयो । तुलसीपुरमा कुन चै मान्छेले राति नाइट गाडि बाट पत्रिका मगाएछ । रिजल्टको दोश्रो दिन विहान पुरै उसको घरमा लाइन । फेल भए केही नपर्ने पास भए १० रुपिया । ओ हो त्यति वेला १० रुपियाको कति महत्व थियो । ४ वटा त समोसा आउथ्यो । अहिलेको लगभग चालिस रुपिया जति । आफ्नै आँखाले हेरे रिजल्ट । म पैसा नदिनेमा परिनछु , नयाँ १० को नोट दिदै दौडिए हावा भन्दा पनि वेगवान भएर घर तिर । सेकेन्ड डिभिजनको खवर पुर्याएर बा सँग एटलसको चावि मागे । बाले युद्ध जितेको न हारेको अनुहार वनाएर चावि दिनुभयो । अहिले सम्झन्छु बा को अनुहार युद्ध जितेको जस्तो थियो, म त्यतिवेला गलत थिए । राजु फेल भएको थियो तर पनि खुसी थियो । उसलाई पनि पास हुनुभन्दा साइकल चलाउन पाउनुमा नै मज्जा थियो । काँचो दिमाग । लामो समयको थुक निलाइ यथार्थमा परिणत भयो । बा को साइकल बा कै अगाडि मैले हावा गतिमा दौडाए । विहान खाना खाएर गएको साँझ पाँच वजेसम्म साइकल चलाउदा नि धित मरेन । साइकल सँगको सुहागरातले मलाई सन्तुष्टि दिएन । सात घण्टाको अवधिमा मैले सास फेर्ने वाहेक अरु काम गरिनहोला । जति चलाउदा नि आनन्द आइरहने , फेसबुक भन्दा पनि स्वादिलो । प्रवेशिकाको दैलो खुल्दा मलाई साइकल प्रेमले चिमोटिरहन्छ आनन्द आउने गरि ।
प्रतिकृया लेख्नुहोस्: