Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

'काल आए जसरी पनि मरिन्छ भन्दै त्रिपालमुनि सुतिनँ'

गत वैशाख १२ गतेको विनाशकारी महाभूकम्पबाट कोही पनि नेपाली जनता अछुतो रहन सकेनन् । पछिल्लो सरकारी तथ्याङ्कअनुसार अहिलेसम्म ८ हजार २९ को मृत्यु भइसकेको छ भने १६ हजारबढि घाइते छन् । ४ लाखभन्दा बढि घरहरु क्षणभरमा नै भग्नावशेषमा परिणत भएका छन् । भूकम्पको १६ दिन बितिसक्दा पनि मानिसहरुको मनमा त्रास कायमै छ । भूकम्पपछि पनि निरन्तर आइरहेका पराकम्पनका झड्काले पनि मानिसहरुलाई आतंकित अवस्थामै रहन थप मलजल गरिरहेको छ । भूकम्पका दिन कतिलाई आफ्नै घरले थिच्यो । थुप्रै च्यापिएर मरे, कतिको अंगभंग भएको छ, अझै पनि धेरै मानिसहरु हराइरहेकै छन् । भूकम्पले जातपात, धनीगरिब, बालकयुवा, महिलापुरुष, साधारणविशिष्ट भनेर कसैलाई विभेद नगरी सबैलाई उत्तिकै प्रभावित गरेको छ । आम मानिसहरुजस्तै सेलिब्रिटी पनि समाजकै सदस्य हुन् । सबैजस्तै उनीहरु पनि महाभूकम्पको चपेटमा परे । नेपाली लोकसांगीतिक क्षेत्रकी चर्चित गायिका सुनिता दुलालले खबरडबलीसँग भूकम्पसम्बन्धी आफ्ना अनुभवहरु यसरी ‘शेयर’ गरिन्– \"sunita_dulal\"भूकम्प आएको दिन म आयरल्यान्डबाट फर्किएको दुई दिन मात्रै भएको थियो । त्यसैले ढिलोसम्म सुतेकी थिएँ । ११ बजे खाना खान माथि किचनमा गएकी थिएँ । खाना खाइसकेपछि ब्रस गर्दैगर्दा एक्कासि नराम्रोसँग हल्लिएको महशुस भयो । सुरुमा त के भयो, मेसो पाउनै सकिनँ । तर, पछि सबै हल्लिएको देखेपछि भूकम्प आएको थाहा भयो । योभन्दा अघिका स–साना भूकम्पहरुमा म विदेशतिरै हुन्थें । भूकम्प कस्तो हुन्छ भन्ने महशुस गरेकी थिइनँ । यो मेरो पहिलो अनुभव हो । यसपालिको भूकम्प निकै डरलाग्दो भयो । निकै ठूलो भूकम्प भएकाले म साह्रै आत्तिएँ । आत्तिँदै साढे दुई तल्लाको घरमा सबैभन्दा माथि भएकी म घरबाहिर रहेको खालि चौरमा निस्किएँ । त्यहाँ सबै मानिसहरु भेला भइसकेका रहेछन् । सबै चिच्याइरहेका थिए । ठूलो भूकम्प आउँदा त घरभित्र नै थिएँ, बाहिर निस्कँदा भने भूकम्प अलि कम भइसकेको थियो । मेरो आँखैअगाडि कति घर ढले । घरहरु चर्केको, फुटेको त कति हो कति ! त्यो देखेर झनै डर लाग्यो । साह्रै ठूलो भूकम्प आएको रहेछजस्तो लाग्यो । भोलिपल्ट आएको ठूलो भूकम्पमा पनि म घरभित्रै थिएँ । भूकम्पको डरले सबै छिमेकीहरु घरअगाडि खालि जमिनमा पालमुनि बस्नुभएको थियो, म पनि बसें तर त्यहीं नै रातचाहिँ बिताइनँँ । १०–११ बजेतिर घरमै गएर सुतें । बाहिर लामखुट्टेहरु थिए, पानी परिरहेको थियो, त्यसकारण घरबाहिर नभई भित्र नै बस्नु उचित देखें । ठूलो भूकम्प आइहाल्यो, अब त ठूलो नआउला भन्ने लागिरहेको थियो । दिन आएको छ भने जसरी पनि मरिन्छ; यदि आफ्ना दिन बाँकी नै छन् भने जस्तोसुकै भूकम्पबाट पनि बचिन्छ भन्दै म घरभित्र गएकी हुँ । यस्तो बेलामा सावधानी त अपनाउनुपर्छ तर यसो भन्दैमा स्वास्थ्य नै बिगारेर, केही पनि नखाएर, धेरै डराएर बस्नुचाहिँ हुँदैन । मेरो घरमा कुनै पनि क्षति नपुगेका कारण घरभित्र बस्न खासै डर लागेन । तर, ठूलो आयो भने निस्कनुपर्ला भन्ने चाहिँ थियो । त्यसपछिका ‘आफ्टर सक’ हरुमा धेरैपटक ओहोरदोहोर गरें । परिवारका सबैजना एकै ठाउँमा बस्यौं । भूकम्पका बेला मेरा ड्याडी–ममी भने अमेरिका हुनुहुन्थ्यो । पर्सिपल्टदेखि त म राहततिर लागें । मेरो पनि सिन्धुपाल्चोकका दुइटै घर भत्किए भन्ने खबर सुनें । त्यहाँ मेराजस्तै सबैका घर भत्किएका होलान्, आफ्ना दाजुभाइ दिदीबहिनीको बिचल्ली भएको होला भन्दै राहत बाँड्न गएँ । मैले आफैंले एकलाख रुपैयाँबाट राहत कार्यक्रमकको थालनी गरेकी हुँ । अहिले साथीभाइहरु, फ्यानहरु तथा विदेशबाट आएको रकमले भूकम्पपीडितलाई सक्दो सहयोग गरिरहेकी छु । अब छिट्टै नै मेलम्ची र गोरखाका भूकम्पपीडितको घाउमा समेत थोरै भए पनि मलम लगाउन जाँदैछु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies