Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

चलचित्र छायाङ्कन स्थल बन्दै पाल्पा

\"palpa\"पाल्पा, १९ कात्तिक । पछिल्ला वर्षमा पाल्पा चलचित्र छायाङ्कन गर्ने केन्द्र बन्न थालेको छ । ग्रामीण परिवेशसहित रमणीय क्षेत्रका रुपमा रहेको पाल्पालाई चलचित्र छायाङ्कनका लागि रोज्न थालेपछि यहाँका सुन्दर स्थल देश तथा विदेशका मानिसले समेत हेर्ने अवसर पाउने भएका छन् । पहाडी जिल्ला पाल्पामा कथावस्तुले मागेजस्तै गरी आवश्यक चलचित्र छायाङ्कन गर्न सहज हुने भएपछि पछिल्ला वर्षमा साना तथा ठूला चलचित्रका लागि धाउन थालेका हुन् । पाल्पा प्राकृतिक रुपले रमणीय र सुन्दर भएकाले छायाङ्कनका लागि उपयुक्त स्थल बन्दै गएको हो । ‘गोरखा पल्टन’को अधिकांश अंश पाल्पाको ग्रामीण बस्तीमा छायाङ्कन भएपछि पाल्पाले चर्चा पाएको थियो । चलचित्रले चर्चा पाएपछि नारायण रायमाझीले अर्को चलचित्र ‘परदेशी’ समेत पाल्पाको परिवेशलाई आधार मानेर निर्माण गरेका हुन् । त्यसैले पनि चलचित्रले बजारमा राम्रो स्थान पाउन सफल भएको थियो । त्यसपछि पाल्पामा चलचित्र छायाङ्कन गर्नेहरु बर्सेनि बढेका हुन् । रायमाझीका चलचित्रले देशैभरिका हल खचाखच भरिन थालेपछि अन्य चलचित्र निर्माताले पनि पाल्पालाई छायाङ्कनका लागि रोज्न थालेका हुन् । ऐतिहासिक सम्पदा, प्राकृतिक सुन्दरता, लोकसंस्कृति, हिमाल, पहाड, तराईका सुन्दर फाँटहरु लगायतका सुन्दर पक्ष चलचित्रमा समावेश हुँदा दर्शकका लागि चलचित्रको झनै महत्व बढ्नेछ । मगर तथा नेवारी संस्कृति, प्रेमको प्रतीक रानीमहल, पाल्पा दरबार सङ्ग्रहालय, शीतलपाटी, काठको मूलढोका, भैरवस्थानको त्रिशूल, पाल्पाली करुवा, ढाकाका कपडा, सेन तथा राणाकालीन दरबार तथा मठमन्दिर, ऋषिकेश मन्दिर, रैनादेवी, रम्भादेवी, रिब्दीकोट दरबार स्थल, सुन्दर श्रीनगरडाँडा, माडीफाँट, अर्गली, कचल, तानसेन र रामपुर क्षेत्रका रमणीय स्थलले पर्यटकलाई आकर्षण गर्दै आएकोले चलचित्रकर्मीको नजर पनि त्यस क्षेत्रमा पर्न थालेको हो । प्राकृतिक रुपमा निकै लोभलाग्दा स्थल प्रशस्त रहेकाले चलचित्र निर्देशकको रोजाइमा पछिल्ला समय पाल्पा छायाङ्कन स्थल बन्न थालेको रानीमहल फिल्म प्रालिका अध्यक्ष सन्तोष बस्याल बताउँछन् । प्राध्यापक तथा सङ्गीत सिनेप्रेमी राजेश्वर उदयका अनुसार पहिलोपटक ‘सिन्धु’ चलचित्र छायाङ्कन भएको बताउनुहुन्छ । ‘वनमा फुल्यो फुलैफुल’ गीत तानसेनको श्रीनगरमा छायाङ्कन भएको र ‘सिन्धु’पछि पाल्पामा चित्कार, कान्छी, गोर्खा पल्टन, परदेशी, दोभान, जीवनलीला, राधे लगायतका चलचित्रमा छायाङ्कन भएका छन् । उदयका अनुसार प्रत्येक वर्ष आठ÷दश ओटा चलचित्र छायाङ्कन हँुदै आएका छन् । तानसेनका स्थानीय बासिन्दा तथा सिनेकर्मी किरण चित्रकारका अनुसार पाल्पा छायाङ्कनका लागि सबैको मन छुने रमणीयस्थल प्रशस्त मात्रामा रहेकाले पनि छायाङ्कनका लागि चलचित्र निर्माताले पाल्पा नै रोजेका हुन् । मगर राजादेखि सेन तथा राणाकालीन समयमा निर्मित ऐतिहासिक सम्पदा, कला संस्कृतिले पाल्पा भरिपूर्ण रहेको छ । चलचित्रकर्मीले यसको महत्व बुझ्न थालेपछि पाल्पा चलचित्र छायाङ्कन गर्ने स्थल बन्न थालेको चलचित्रकर्मी बताउँछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy