Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

विप्लव माओवादीलाई हुर्काउनुपर्छ : प्रचण्ड

काठमाडौं, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्छो माओवादीलाई सबैले माया गरेर हुर्काउनुपर्ने बताएका छन् । केही महिनाअघि गठन भएको कार्यगत एकता समितिमा रहेका ५ र हालै गठन भएको विप्लव नेतृत्वको नयाँसहित ६ माओवादी घटकहरुले संयुक्त रुपमा शनिबार राजधानीमा आयोजना गरेको ‘राज्य पक्षबाट वृहत् शान्ति सम्झौता र अन्तरिम संविधानको उल्लंघन विषयक  अन्तर्क्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । ‘कान्छो माओवादीलाई सबैले माया गर्नुपर्छ, यो अधिकार उसलाई छ । कान्छो छोरालाई सबैले माया गर्ने हाम्रो रीति हो’, अध्यक्ष प्रचण्डले भने– ‘विप्लव माओवादीलाई हुर्काएर ठूलो र बलियाे बनाउनुपर्छ ।’ सबैले आ–आफ्ना कमीकमजोरी स्वीकार्दै र सच्याउँदै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै प्रचण्डले भने– ‘कसका कमजोरी कति, इतिहासले मूल्यांकन गर्नेछ, विनाहिच्किचाहट म स्वीकार्छु- तुलनात्मक हिसाबले मै बढ्ता जिम्मेवार छु ।’
‘पहिले एक्लो प्रचण्ड थियो, अहिले झन् पाँच प्रचण्ड जन्मिए । यो पनि माओवादी आन्दोलनका लागि फाइदाकै कुरा हो ।’
\"antarkriya2\"अध्यक्ष प्रचण्डले भने– ‘जेठाले गल्ती गर्‍यो भन्दै बिच्किएको कान्छो भाइलाई राम्रो गर्ने जिम्मा दिएर समग्र आन्दोलनलाई सुधार्ने साहस हामी सबैले गर्न सक्नुपर्छ ।’ ‘माओवादी शक्तिलाई एकताबद्ध तुल्याएर एकढिक्का पार्नका लागि मैले जे त्याग गर्नुपर्ने हो, त्यो गर्न म तयार छु’, अध्यक्ष प्रचण्डले भने– ‘एकताको विकल्प छैन, गल्ती गर्ने साथीहरु सबैले फेरि राम्रो गर्ने साहस गरौं । आखिर नराम्रै गर्न पनि त साहस चाहिन्छ । ती साहसहरुबाट सिकेर हामी सबैले राम्रोका लागि नयाँ साहस गर्न सक्नैपर्छ ।’   ‘माओवादी शक्तिलाई एकताबद्ध तुल्याएर एकढिक्का पार्नका लागि मैले जे त्याग गर्नुपर्ने हो, त्यो गर्न म तयार छु । एकताको विकल्प छैन, गल्ती गर्ने साथीहरु सबैले फेरि राम्रो गर्ने साहस गरौं । आखिर नराम्रै गर्न पनि त साहस चाहिन्छ । ती साहसहरुबाट सिकेर हामी सबैले राम्रोका लागि नयाँ साहस गर्न सक्नैपर्छ ।’ माओवादी आन्दोलन विभाजित भए पनि माओवादी शक्ति कहींकतै नगएर यहीं क्रियाशील भएकोमा सन्तोष व्यक्त गर्दै प्रचण्डले भने– ‘पहिले एक्लो प्रचण्ड थियो, अहिले झन् पाँच प्रचण्ड जन्मिए । यो पनि माओवादी आन्दोलनका लागि फाइदाकै कुरा हो ।’ ‘यतिबेला हामी माओवादी विभाजित छौं त्यसैले यिनलाई जे पनि गर्न सकिन्छ भन्दै सत्तापक्षले पेल्नेगरी माओवादीलाई राजनीतिक र कानुनी मुद्धा लगाएर सिध्याउन खोजिँदैछ, हामी एकढिक्का भएर प्रतिरोध गर्न तत्पर छौं’ भन्दै अध्यक्ष प्रचण्डले भने– ‘कानुन कमजोरलाई लाग्छ, बलियोले च्यात्छ ।’ प्रचण्डले सम्बोधन गर्नुअघि विप्लव माओवादीका नेता तिलक परियारले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending