Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

भारतीय राष्ट्रपति कोबाट असुरक्षित ?

\"Pranab-Mukherjee\"काठमाडौं, १४ कात्तिक । भारतीय राष्ट्रपति १८ वर्षपछि नेपाल भ्रमणमा आउँदैछन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ गतेदेखि तीन दिने नेपालको राजकीय भ्रमण गर्दैछन् । नेपाल भ्रमणका क्रममा मुखर्जी पोखरा र जनकपुरको समेत भ्रमण गर्ने भएका छन् । लामो समयपछि भारतीय राष्ट्र प्रमुखको भ्रमण हुन लागेको भन्दै सरकारले सार्वजनिक विदा नै घोषणा गरिसकेको छ । भारतीय राष्ट्रपतिको भ्रमणमा सुरक्षा ब्यवस्थालाई ध्यान दिएर नै सार्वजनिक विदा दिइएको सरकारले जनाएको छ । नेपाल भ्रमणका क्रममा पोखरा र जनकपुरसमेत जाने भएकाले सुरक्षा बढी सुरक्षा प्रवन्ध मिलाउनु पर्ने भएको छ । भारतीय राष्ट्रपतिको भ्रमणको सुरक्षाको प्रमुख जिम्मेवारी पनि नेपाली सेनालाई दिइएको छ । नेपाली सेनापछि सशस्त्र प्रहरी र त्यसपछि मात्रै जनपद प्रहरीको सुरक्षा घेरा रहने भएको छ । नेपाली सुरक्षा मात्र होइन, मुखर्जीको सुरक्षार्थी भारतीय सेनाको ठूलो टोली पनि नेपाल आउँदैछ । सुरक्षाको जिम्मेवारी सेनालाई दिइए पनि पहिलो सुरक्षा घेरा भने भारतीय सुरक्षाकर्मीको नै रहने भएको छ । भारतीय राष्ट्रपति नेपाल भ्रमणमा रहँदा कोबाट असुरक्षित छन् त ? नेपालमा अहिलेसम्म विभिन्न आतंकवादी समूहको चर्चा छैन । त्यसैले आतंकवादी समूहबाट मुखर्जीलाई सुरक्षा डर छैन । मुखर्जीले पोखरा भ्रमणका क्रममा विभिन्न पर्यटकीयस्थलहरु लेकसाइड, सराङकोट लगायतका ठाउँको अवलोकन गर्ने भनिए पनि असुरक्षाको कारण जनाउँदै ती स्थलहरुको अवलोकन नगराइने भएको छ । सुरक्षा अवस्था बुझ्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित उच्च सुरक्षा अधिकारीहरु शनिवार पोखरा र जनकपुर पुगेर सुरक्षा अवस्थासमेत बुझिसकेका छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकाबेला नेपालीहरुले मुक्तकण्ठले प्रशंशा गरेका थिए । मोदीको सुरक्षा ब्यवस्था निकै कडा पारिएको थियो । मोदी बानेश्वरमा आइपुग्दा गाडीबाटै ओर्लेर सर्वसाधारणसँग हात मिलाएका थिए । त्यतिबेला सुरक्षालाई निकै चुनौती देखिएको थियो । तर नेपालीको मायाँले गर्दा कुनै असुरक्षित महशुस हुनै पाएन । तर त्यसपछि भने भारतसँग नेपालीहरु रुष्ट छन् । भारतले गरेको पाँच महिना लामो नाकाबन्दीका कारण भारतीय रवैयलाई लिएर नेपालीहरु निकै रुष्ट छन् । नेपालीहरु भारतीय राष्ट्रपति नेपाल आउनु नआउनुको कुनै तुक देखेका छैनन् । बरु भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका दिन सार्वजनिक विदा दिइएकोमा सरकारले ‘दलाली’ गरेको भन्दै आम नागरिकबाट आलोचना भइरहेको छ । सामाजिक सञ्जालहरुमा मुखर्जीको समेत निकै आलोचना गरिएका छन् । उनको मानहानी हुने तस्विरहरु पोष्ट गरिएका छन् । भारतीय शासकप्रति नेपालीहरु नै चिढिएका कारण अपमान गर्न सक्ने अथवा कालोझण्डा देखाउन सक्ने सम्भावना पनि उत्तिकै छ । यसअघि भारतीय तत्कालीन राष्ट्रपति केआर नारायणले मे १९९८ मा नेपाल भ्रमण गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जी नेपाल आउन लागेका हुन् । मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नै विमानस्थल पुगेर स्वागत गर्ने कार्यक्रम रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending