Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

भारतीय राष्ट्रपति कोबाट असुरक्षित ?

\"Pranab-Mukherjee\"काठमाडौं, १४ कात्तिक । भारतीय राष्ट्रपति १८ वर्षपछि नेपाल भ्रमणमा आउँदैछन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ गतेदेखि तीन दिने नेपालको राजकीय भ्रमण गर्दैछन् । नेपाल भ्रमणका क्रममा मुखर्जी पोखरा र जनकपुरको समेत भ्रमण गर्ने भएका छन् । लामो समयपछि भारतीय राष्ट्र प्रमुखको भ्रमण हुन लागेको भन्दै सरकारले सार्वजनिक विदा नै घोषणा गरिसकेको छ । भारतीय राष्ट्रपतिको भ्रमणमा सुरक्षा ब्यवस्थालाई ध्यान दिएर नै सार्वजनिक विदा दिइएको सरकारले जनाएको छ । नेपाल भ्रमणका क्रममा पोखरा र जनकपुरसमेत जाने भएकाले सुरक्षा बढी सुरक्षा प्रवन्ध मिलाउनु पर्ने भएको छ । भारतीय राष्ट्रपतिको भ्रमणको सुरक्षाको प्रमुख जिम्मेवारी पनि नेपाली सेनालाई दिइएको छ । नेपाली सेनापछि सशस्त्र प्रहरी र त्यसपछि मात्रै जनपद प्रहरीको सुरक्षा घेरा रहने भएको छ । नेपाली सुरक्षा मात्र होइन, मुखर्जीको सुरक्षार्थी भारतीय सेनाको ठूलो टोली पनि नेपाल आउँदैछ । सुरक्षाको जिम्मेवारी सेनालाई दिइए पनि पहिलो सुरक्षा घेरा भने भारतीय सुरक्षाकर्मीको नै रहने भएको छ । भारतीय राष्ट्रपति नेपाल भ्रमणमा रहँदा कोबाट असुरक्षित छन् त ? नेपालमा अहिलेसम्म विभिन्न आतंकवादी समूहको चर्चा छैन । त्यसैले आतंकवादी समूहबाट मुखर्जीलाई सुरक्षा डर छैन । मुखर्जीले पोखरा भ्रमणका क्रममा विभिन्न पर्यटकीयस्थलहरु लेकसाइड, सराङकोट लगायतका ठाउँको अवलोकन गर्ने भनिए पनि असुरक्षाको कारण जनाउँदै ती स्थलहरुको अवलोकन नगराइने भएको छ । सुरक्षा अवस्था बुझ्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित उच्च सुरक्षा अधिकारीहरु शनिवार पोखरा र जनकपुर पुगेर सुरक्षा अवस्थासमेत बुझिसकेका छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकाबेला नेपालीहरुले मुक्तकण्ठले प्रशंशा गरेका थिए । मोदीको सुरक्षा ब्यवस्था निकै कडा पारिएको थियो । मोदी बानेश्वरमा आइपुग्दा गाडीबाटै ओर्लेर सर्वसाधारणसँग हात मिलाएका थिए । त्यतिबेला सुरक्षालाई निकै चुनौती देखिएको थियो । तर नेपालीको मायाँले गर्दा कुनै असुरक्षित महशुस हुनै पाएन । तर त्यसपछि भने भारतसँग नेपालीहरु रुष्ट छन् । भारतले गरेको पाँच महिना लामो नाकाबन्दीका कारण भारतीय रवैयलाई लिएर नेपालीहरु निकै रुष्ट छन् । नेपालीहरु भारतीय राष्ट्रपति नेपाल आउनु नआउनुको कुनै तुक देखेका छैनन् । बरु भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका दिन सार्वजनिक विदा दिइएकोमा सरकारले ‘दलाली’ गरेको भन्दै आम नागरिकबाट आलोचना भइरहेको छ । सामाजिक सञ्जालहरुमा मुखर्जीको समेत निकै आलोचना गरिएका छन् । उनको मानहानी हुने तस्विरहरु पोष्ट गरिएका छन् । भारतीय शासकप्रति नेपालीहरु नै चिढिएका कारण अपमान गर्न सक्ने अथवा कालोझण्डा देखाउन सक्ने सम्भावना पनि उत्तिकै छ । यसअघि भारतीय तत्कालीन राष्ट्रपति केआर नारायणले मे १९९८ मा नेपाल भ्रमण गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जी नेपाल आउन लागेका हुन् । मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नै विमानस्थल पुगेर स्वागत गर्ने कार्यक्रम रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending