Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

पूर्व जनमुक्ति सेनाहरु भन्छन–‘राष्ट्रिय स्वाधिनताको लडाई अझै बाँकी छ’

[caption id=\"attachment_98959\" align=\"aligncenter\" width=\"750\"]\"पूर्व पूर्व जनसेना–फार्इल तस्वीर[/caption] मलेसिया, १२ कार्तिक । माओवादीले साम्यवादी समाज परिर्वतनका लागि २०५१ सालमा पुरानो एकात्मक राज्य सत्ता विरुद्धको आफ्नो फौजि लडाई सुरुवात गरेको थियो । दशबर्षे जनयुद्धको क्रममा माओवादी पार्टीका हजारौ नेता कार्यकर्ताहरुले ज्यानको आहुति दिए,हजारौ अंपाङग भए त केहिको अवस्था अहिले सम्म अज्ञात रहेको छ । तत्कालीन माओवादीले युद्धको बाटोबाट बिश्रामलिदै पार्टीलाई शान्तिप्रकृया मार्फत सार्वजनिक गर्ने र क्रान्तिका बाँकी कार्यभार सम्झौताबाट पुरा गराउने नीति अबलम्बन गर्ने निर्णय सहित अगाडि बढ्यो र आजको अवस्थासम्म पुग्दा नेतृत्वको लाइन प्रति असन्तोष प्रकट गर्दै करिब आधा दर्जनको संख्यामा पार्टी विभाजन भएको देखिन्छ । माओवादी आन्दोलनके एक हिस्सा अहिले संसदीय परम्परालाई स्वीकार गरेर सत्ताको नेतृत्व गरिरहेको छ भने विभाजन भएर बाहिरीएका पार्टीहरु भने अझै जनताको सत्ता प्राप्त नभएकाले क्रान्तिको दिशामा बढ्नुपर्ने जनतालाई प्रशिक्षीत गराउदै हिडिरहेका देखिन्छन । हिजोको लडाई र सर्घषमा होमिएका धेरै युवाहरु यतिबेला खाडिमुलुमा बाच्नका लागि कडा सर्घष गरिरहेका छन भन्नछन पूर्वजनमुक्ति सेनाका कमाण्डर सूर्य बहादुर खत्री ‘सुमन’ । उनीले माओवादी सेनाको समायोजनमा असहमती राख्दै बाहिरीएका थिए । बर्दिया भुरिगाँउ घर भएका उनी हाल कतारको एक कम्पनीमा काम गरिरहेका छन । उनले खबरडबलीसँग भने–‘हिजो देशका लागि पसिना बगायौ आज बाच्नकालागि अर्को मुलुकको विकासका लागि पसिना बगाउन बाध्य छौ ।’ यस्ता धेरै उदाहरणहरु रहेका छन, जो हिजो पार्टीको प्लानमा पुरै जीवन आहुती दिएर राज्य सत्ता प्राप्तीको लाममा खडा भए तर परिस्थीती बद्लीयो, पुरानो सत्ताको ठाउँमा नयाँ गणतन्त्र त आयो तर त्योे जनताको सत्ता हुन सकेन भन्छन उनी । यतिबेला माओवादीको हिजोका अधिकाशं फौजि दस्ताहरु अरब र खाडिका गल्लीहरुमा काम गरिरहेका भेटिन्छन । पुरानो दिनहरु सम्झिदा नेताहरुले हामीलाई प्रयोग गरेर आफुले राज गरेको जस्तो लागेको गुनासो पोख्छन , बर्दिया नेउलापुरका अर्का पूर्व जनसेना सफल चौधरी । उनी हाल साउदीमा काम गरीरहेको बताउँछन । व्यवस्था परिवर्तनको त्यो युद्धमा युवा पिढीले मात्र होइन, सुत्केरी महिला,गाउँघरका बुढाबुढी देखि स्कुले बालबालिकाले पनि आफ्नो रगत र पसिना बगाए । तर त्यो हिजोको सपना अपुरो भएको भन्दै त्यसको लागि बाँकी क्रान्ति गर्नुपर्ने जिम्मेवारी समाजको अगाडि रहेको बताउछन, वैदेसिक रोगारीको लागि मलेसिया पुगेका पूर्व जनमुक्ति सेनाका जवानहरु । लामो समयदेखि मलेसियामा वैदेसिक रोजगारी गरिरहेका करिब आँधा दर्जनको संख्यामा रहेका जनमुक्ति सेनाहरुले विहिबार स्वदेस फर्किने क्रममा आयोजीत बिदाइ कार्यक्रममा बोल्दै राज्य प्रति चरम असन्तुष्टी पोखेका छन । [caption id=\"attachment_98955\" align=\"aligncenter\" width=\"604\"]\"जनप्रगतिसिल जनप्रगतिसिल मोर्चा मलेसियाले आयोजना गरेको पूर्व जनसेनाकाे बिदाइ कार्यक्रम[/caption]   विप्लव नकिट मानिने जनप्रगतिसिल मोर्चा मलेसियाले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै उनीहरुले स्वदेस फर्किएपछि जनयुद्धको बाँकी कार्यभार पुरागर्न र जनयुद्धलाई पुर्ण विजयमा पुर्याउन आफुहरु एकिकृत क्रान्तिको बाटोमा सक्रिय रहने बताए । उनीहरुले जनमुत्तिसेनाको विगठन गरि हतियार बुझाउन लगाएको भन्दै तत्कालीन पार्टी नेतृत्वको कडा आलोचना समेत गरेका छन । वर्गिय र जातिय मुक्ति आन्दोलन अझै चलिरहेको बताउँदै उनीहरुले हिजोका नेता सत्ताको मालिक भएपनि जनताको जनजिवनमा त्यसले कुनै प्रभाव नपारेको धारणा राखेको प्रगतिसिल मोर्चा मलेसियाका प्रवक्ता टीकाराम ओलीले खबरडबलीसँग जनाएका छन । प्रवक्ता ओलीका अनुसार मलेसियाबाट करिब आधा दर्जन जनमुक्ति सेनाहरु बुधबार स्वदेस फर्किएका छन । स्वदेस फर्किनेहरुमा मोर्चाका संयोजक युवराज कोइराला,सल्लाहकार प्रेम सिंह, खगेन्द्र आर्चाय लगाएत रहेका छन । उनीहरु सबै माओवादी दशबर्षे जनयुद्धमा होमिएका लडाकु हुन । उनीहरु सबै माओवादी पार्टीको आन्तरिक योजनामा संचालीत विभिन्न ठूला र महत्वपूण लडाईहरुमा सहभागी भएका लडाकु हुन । उनीहरु पार्टीले सेना समायोजन गर्ने नीति ल्याएपछि असन्तुष्ट भएर त केहि स्वच्छिक अवकास रोजेर बाहिर आएका थिए । पूर्व जनमुक्ति सेनाका प्लाटुन कमान्डर समेत रहेका प्रेमसिंह पाल्पा तान्सेनको लडाइमा पनि सहभागी थिए । पार्टीले सेना समायोजनको काम अगाडि बढाएपछि उनी स्वच्छिक अवकास लिएर क्यान्टोमेन्टबाट बाहिर आएको मोर्चाका नेताहरुले जनाएका छन । बिदाई तथा सम्मान कार्यक्रममा मोर्चाका संयोजक युबराज कोइरालाले नेपालको राजनीतिक अवस्थाले गर्दा आफुहरु विदेसीको गुलामी बन्नुपरेको भन्दै अब युवाहरुले राष्ट्रिय स्वाधिनता र सार्वभौम जनसत्ताका प्राप्तीकालागि अर्को लगाई लड्नुपर्ने बताए । उनले असल राजनीतिक संस्कारको विकासका निम्ती सबै देसभक्त युवाहरु एकहुनुपर्ने, जातीय,क्षेत्रीय,धार्मीक,अन्तरविरोध फैलिन दिनु नहुने,राजनीतिक दलहरुले गरेको गलत कामको बिरोध गर्नुपर्ने, मुलुकको आन्तरिक समस्याको उचित समाधान खोजिनुपर्ने लगाएतका कुरामा जोड दिएका थिए । त्यसैगरि मोर्चाका सल्लाहकार प्रेम सिंहले देशको विकास र जनताको सत्ताको लागि आजसम्म गरिएका आन्दोलन निर्णायक बन्न नसकेको बताउदै जनताको साथ सहयोगबाट एकिकृत क्रान्तिको कार्यदिशामा आफुहरु अगाडि बढ्नु पर्ने बताए । त्यसैगरि मोर्चाका अर्का सल्लाहकार खगेन्द्र आर्चायले सबै पूर्व जनमुक्तिसेनाहरु एक आउँमा उभिएर जनताको राज्य सत्ताको लडाईमा सरिकहुन जरुरी रहेको बताए । उनीहरुले हिजो एकात्मक राज्य व्यवस्थाको नाम फेरियो, हिजोको ठूला राजाको समाप्ती भयो तर त्यसको ठाउँमा नयाँ सामन्तवादी प्रवृतिभएका राजा रजौटाहरुले राज्यको दुरुपयोग गरिरहेको आरोप लगाउदै सहिदको अपमान भएको बताए । हिजोको सैयन्य सिविरबाट फर्किएपछि पूर्व जनसेनाहरु पनि पार्टीको लाइन अनुसार फरक फरक कित्तामा गएका देखिन्छन । तर अधिकाशं जनसेनाहरुले राज्य सत्ताको लडाई पुरा नभएको र त्यसका लागि सर्घष गर्न बाँकी रहेको बताउने गरेका छन । किरण,विप्लव,प्रचण्ड,बाबुराम जो जता लागेको भएपनि हिजोका राजनीतिक एजेन्डा पुरा भए नभएको विषयमा वहश गरि पूर्व जनसेनाले अगाडिको सर्घषको यात्रा थाल्नुपर्ने उनीहरुको भनाइ रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies