Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

घरेलु हिंसाको सिकार बनेकी महिलाको विजोग

\"himsa-750\"भीमदत्तनगर, ८ कात्तिक । एघार वर्षअघि कञ्चनपुरको दोधराचाँदनी नगरपालिका–४ का भीमबहादुर सिंहले माइली छोरी बृहस्पतिको कैलालीको चुहा नगरपालिकास्थित बचैलाका श्याम शाहीसंग परम्परागत विवाह गराए । नयाँ जीवन श्रीमान शाहीसंग बिताउन माइतीघरबाट बिदा भएकी बृहस्पतिले बिहेको पाँच महिनामै श्रीमान कुटाइबाट मानसिक सन्तुलन गुमाइन् । दैनिक मादक पदार्थ सेवन गर्ने श्रीमान्को निर्घात कुटाइबाट मानसिक रोगको सिकार बनेकी उनी न्याय नपाउँदा एक दशकदेखि माइतीको आश्रयमा दिन कटाउन बाध्य छिन् । गर्भवती अवस्थामै श्रीमानको पटक पटकको कुटाइबाट अर्धचेत अवस्थामा माइती घर पु¥याइएकी बृहस्पतिको उपचारमा हालसम्म पाँच लाख रुपैयाँ खर्च भइसकेको बुवा भीमबहादुर बताउछन् । “आशीर्वाद दिएर छोरी अन्माएँ, मानसिक अवस्था गुमाएको अवस्थामा ल्याइदियो ।” उनी भन्छन्, “त्यो बेला माइती नेपाल लगायतका न्याय दिलाउने सङ्घ संस्थासित गुहार गर्दा पनि कुनै पहल भएन ।” करिव आठ वर्ष पूर्णरुपमा मानसिक अवस्था गुमाएकी छोरीको माइती पक्षले भारतको दिल्लीदेखि काठमाडौँका अस्पतालसम्म पु¥याएर उपचार गरेपछि केही सुधार आएको छ । “उनीहरुले अहिलेसम्म न छोरीको कुनै वास्ता गरेका छन्, न न्याय, नत अंश दिन नै सहमति गर्छन् ।” भीमबहादुरले गुनासो गरे, “कुरो गर्न जाँदा उल्टै दुव्र्यवहार गर्छन् ।” बृहस्पतिलाई मरणासन्न हुने गरी कुटेर माइतीघर लखेटेका श्रीमान् कान्छी श्रीमती भित्र्याएर भारतको मुम्बैमा बसोबास गर्दै आएका छन् । मादक पदार्थको लत लागेका उनले दैनिकजसो घरेलु हिंसा गर्न थालेपछि बृहस्पतिलाई छिमेकीको सहरामा माइत ल्याइएको थियो । “त्यसबखत माइतीआउँदा उनको टाउकोमा एउटा कपालसम्म थिएन ।” बुवा भीमबहादुरले भने, “मारेर गाड्नलाई घर छेउमा खाल्डोसमेत खनेका थिए रे ।” “अहिले त मेरो छोरो नै ११ वर्षको भइसकेछ ।” हाल उपचारमा रहेकी बृहस्पतिले भनिन् “छोरोलाई समेत बाल्यावस्थामै मबाट छुटाएर लगेका छन् ।” “छोरो एघार वर्ष भइसक्दा पनि न्यायका लागि पहल गरिदिने कोही भएन ।” उनको चिन्ता छ – “घर जाउँ, श्रीमानको कुटाइ, के गरौँ, गरौँ अब ।” उनको उपचारमा लाग्ने दैनिक खर्चले माइती पक्ष समस्यामा परेका छन् । अहिले पनि उनको मानसिक अवस्था ठीक नहुँदा समस्या भइरहेको माइती पक्षको भनाइ छ । “धेरै समय त असन्तुलित भएकी छोरीलाई आम्लोमा बाँधेर पनि राख्ने अवस्था पनि आयो ।” बुबा भीमबहादुरले भने – “आश मारिसकेको थिएँ, अहिले निरन्तरको उपचारले केही सन्चो भएको छ, ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies