Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

माओवादी एकता सभामा प्रचण्डको उद्घोष – हामी शक्ति सञ्चय गर्दैछौ

\"prachanda\"काठमाडाैं, ५ कात्तिक  । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र र माओवादी आन्दोलनले शक्ति सञ्चय गरिरहेको बताएका छन् । शुक्रबार दिउँसो नेकपा (माओवादी केन्द्र) र नेकपा माओवादी (विद्रोही) बीचको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले शक्ति सञ्चय गरिरहेको बताएका हुन । घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हिजो हामी बिभाजित भयौं । यसले माओवादी आन्दोलनलाई मात्र कमजोर बनाएन, राष्ट्रका युगान्तकारी एजेण्डाहरु पनि कमजोर बने । अहिले हामी विगतको समीक्षासहित एकतावद्ध हुँदैछौं । अहिले हामी एकता र ध्रुवीकरणमार्फत् शक्ति सञ्चय गरिरहेका छौं ।’ सभामा प्रचण्डले नेपालमा राजनीतिक परिवर्तनहरु दिगो नहुँदै राजनीतिक पार्टीहरुमा बिचलन आउने गरेको स्मरण गर्दै भने, ‘नेपालमा ठूलठूला बलिदान भए, राजनीतिक परिवर्तन भए । तर, तिनलाई संस्थागत गर्न नपाउँदै राजनीतिक पार्टीहरुमा विभाजन र स्खलनहरु देखिए । हामीले त्यसलाई छिचोल्दै अघि बढ्न सक्नुपर्छ । माओवादी अहिले त्यही अभियानमा छ ।’ प्रचण्डले माओवादी आन्दोलनलाई पहिलो शक्तिको रुपमा स्थापित गर्ने र राष्ट्रलाई निकास दिने जिम्मेवारी आफ्नो काँधमा रहेको चर्चा गर्दै भने, ‘माओवादी आन्दोलनलाई पहिलो र देशकै निर्बिकल्प शक्तिको रुपमा स्थापित गर्ने जिम्मेवारी मेरो काँधमा छ । अर्कोतिर राष्ट्रिय एकता कायम गर्ने जिम्मेवारी पनि मेरै काँधमा छ । विगतमा आन्तरिक राष्ट्रियतालाई उपेक्षा गर्ने प्रवृत्तिले देश नै बिखण्डन हुने त होइन ? भन्ने जोखिम निम्तियो, त्यसको समाधान दिनु पनि मेरै जिम्मेवारी हो । त्यसैले मलाई माओवादी आन्दोलन र सिङ्गो राष्ट्रको निकासका लागि गहिरो जिम्मेवारीबोध छ ।’ प्रचण्डले पुरातनपन्थी, नश्लवादी र समावेशी लोकतन्त्रका विरोधीहरु माओवादी आन्दोलनविरुद्ध झुटो प्रचारमा लागेको भन्दै त्यसको प्रतिरक्षा गर्ने युवाहरुलाई धन्यवाद दिए । प्रचण्डले भने, ‘हामी राष्ट्रिय एकता चाहन्छौं । सबैको भावनाको प्रतिनिधित्व होस् भन्ने चाहन्छौं । सन्तुलित विदेश नीतिका आधारमा देशलाई विकास र समृद्धिको दिशामा लैजान चाहन्छौं । तर, यसलाई मन नपराउने शक्तिहरु मिडिया र सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिरहेका छन् । त्यसको प्रतिरक्षा युवा साथीहरुले स्वयम्सेवी रुपमा गरिरहनु भएको छ । म उहाँहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’ घोषणा सभामा वैद्य माओवादी, राप्रपा, नेकपा (माले) लगायतका राजनीतिक दलहरुको तर्फबाट सयौंको संख्यामा नेताहरु एकतामा आएका छन् । नेकपा (क्रान्तिकारी) बाट नेता शिव कट्टेल, राप्रपाबाट नेता एवं पूर्वमन्त्री नरबहादुर बुढाथोकी, नेकपा (माले) बाट रबिन्द्र थापाको नेतृत्वमा सयौं नेताहरु नेकपा (माओवादी केन्द्र) सँग एकतामा आएका हुन । कार्यक्रममा नेताहरु तिलक परियार, कुलबहादुर केसी लगायतले बोलेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending