Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

माओवादी एकता सभामा प्रचण्डको उद्घोष – हामी शक्ति सञ्चय गर्दैछौ

\"prachanda\"काठमाडाैं, ५ कात्तिक  । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र र माओवादी आन्दोलनले शक्ति सञ्चय गरिरहेको बताएका छन् । शुक्रबार दिउँसो नेकपा (माओवादी केन्द्र) र नेकपा माओवादी (विद्रोही) बीचको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले शक्ति सञ्चय गरिरहेको बताएका हुन । घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हिजो हामी बिभाजित भयौं । यसले माओवादी आन्दोलनलाई मात्र कमजोर बनाएन, राष्ट्रका युगान्तकारी एजेण्डाहरु पनि कमजोर बने । अहिले हामी विगतको समीक्षासहित एकतावद्ध हुँदैछौं । अहिले हामी एकता र ध्रुवीकरणमार्फत् शक्ति सञ्चय गरिरहेका छौं ।’ सभामा प्रचण्डले नेपालमा राजनीतिक परिवर्तनहरु दिगो नहुँदै राजनीतिक पार्टीहरुमा बिचलन आउने गरेको स्मरण गर्दै भने, ‘नेपालमा ठूलठूला बलिदान भए, राजनीतिक परिवर्तन भए । तर, तिनलाई संस्थागत गर्न नपाउँदै राजनीतिक पार्टीहरुमा विभाजन र स्खलनहरु देखिए । हामीले त्यसलाई छिचोल्दै अघि बढ्न सक्नुपर्छ । माओवादी अहिले त्यही अभियानमा छ ।’ प्रचण्डले माओवादी आन्दोलनलाई पहिलो शक्तिको रुपमा स्थापित गर्ने र राष्ट्रलाई निकास दिने जिम्मेवारी आफ्नो काँधमा रहेको चर्चा गर्दै भने, ‘माओवादी आन्दोलनलाई पहिलो र देशकै निर्बिकल्प शक्तिको रुपमा स्थापित गर्ने जिम्मेवारी मेरो काँधमा छ । अर्कोतिर राष्ट्रिय एकता कायम गर्ने जिम्मेवारी पनि मेरै काँधमा छ । विगतमा आन्तरिक राष्ट्रियतालाई उपेक्षा गर्ने प्रवृत्तिले देश नै बिखण्डन हुने त होइन ? भन्ने जोखिम निम्तियो, त्यसको समाधान दिनु पनि मेरै जिम्मेवारी हो । त्यसैले मलाई माओवादी आन्दोलन र सिङ्गो राष्ट्रको निकासका लागि गहिरो जिम्मेवारीबोध छ ।’ प्रचण्डले पुरातनपन्थी, नश्लवादी र समावेशी लोकतन्त्रका विरोधीहरु माओवादी आन्दोलनविरुद्ध झुटो प्रचारमा लागेको भन्दै त्यसको प्रतिरक्षा गर्ने युवाहरुलाई धन्यवाद दिए । प्रचण्डले भने, ‘हामी राष्ट्रिय एकता चाहन्छौं । सबैको भावनाको प्रतिनिधित्व होस् भन्ने चाहन्छौं । सन्तुलित विदेश नीतिका आधारमा देशलाई विकास र समृद्धिको दिशामा लैजान चाहन्छौं । तर, यसलाई मन नपराउने शक्तिहरु मिडिया र सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिरहेका छन् । त्यसको प्रतिरक्षा युवा साथीहरुले स्वयम्सेवी रुपमा गरिरहनु भएको छ । म उहाँहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’ घोषणा सभामा वैद्य माओवादी, राप्रपा, नेकपा (माले) लगायतका राजनीतिक दलहरुको तर्फबाट सयौंको संख्यामा नेताहरु एकतामा आएका छन् । नेकपा (क्रान्तिकारी) बाट नेता शिव कट्टेल, राप्रपाबाट नेता एवं पूर्वमन्त्री नरबहादुर बुढाथोकी, नेकपा (माले) बाट रबिन्द्र थापाको नेतृत्वमा सयौं नेताहरु नेकपा (माओवादी केन्द्र) सँग एकतामा आएका हुन । कार्यक्रममा नेताहरु तिलक परियार, कुलबहादुर केसी लगायतले बोलेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending