Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

महाअभियोगबारे कांग्रेसमा छलफल, कसले के भने ?

\"Nepali-Congress-Office-NC\"काठमाडौं, ५ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीे विरुद्धको महाअभियोग प्रस्तावबारे कांग्रेस केन्द्रीय समितिले छलफल थालेको छ । आजको नयाँ पत्रिकामा खबर छ– केन्द्रीय समिति बैठक सुरु गर्दै सभापति शेरबहादुर देउवाले संसद्मा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकाले धराणा बनाउन नेताहरुको सुझाव मागेका थिए । कसले के भने ? प्रस्ताव आइहाल्छ भन्ने लागेको थिएन : देउवा एमाले र माओवादीका नेतासँग महाअभियोगको बारेमा कुरै नभएको होइन । किनकि, अख्तियार प्रमुखको विषयमा लामो समयदेखि प्रश्न उठेको थियो । मैले व्यक्तिगत रूपमा भेटेर पनि तपाईंको शैली सुधार्नुप¥यो, राजनीतिक पंक्ति मात्र होइन, ब्युरोक्रेसी पनि क्रूद्ध छ भनेर सुझाब दिएको थिएँ । तर, त्यसको कार्यान्वयन भएन । त्यो विषयमा के गर्ने भनेर ओली र प्रचण्डसँग पनि मेरो कुरा भएको हो । तर, अहिले नै महाअभियोग दर्ता होला भन्ने मलाई लागेको थिएन । प्रस्ताव दर्ता भइसक्यो, अब संस्थागत निर्णय गरौँ । यो महिना दिनसम्म चल्नसक्ने प्रक्रिया हो, हामी निर्णयमा पुग्न हतारो छैन । एमाले र माओवादीले हामीलाई छले : सिटौला देशको ठूलो दल कांग्रेस सरकारमा छ, तर सरकारमा भएको माओवादीले प्रतिपक्षीसँग मिलेर यति ठूलो कदम उठाउँदा कांग्रेससँग छलफल नगर्नु अस्वाभाविक छ । एमाले र माओवादीले हामीलाई छाडेर र छलेर अघि बढ्न खोजेका हुन् । यो चिन्ताको विषय हो । तर, हामी महाअभियोगको पक्षमा उभिन सकेनौँ भने माओवादीसँगको सत्तासमीकरण टुट्छ । एमालेसँग झन् दूरी बढ्छ र संविधान कार्यान्वयन झन् जटिल बन्छ । त्यसैले समीकरण पनि बचाउने र संविधान पनि कार्यान्वयन हुने गरी निर्णय गर्नुपर्छ । एमाले लोकमानसँग रिसाएको हो : निधि माओवादीका सांसद महाअभियोगको प्रस्तावक छन् । तर, प्रधानमन्त्रीसँग कुरा गरेपछि म ढुक्क छु, उहाँलाई त्यो विषयमा थाहा थिएन । बरु मलाई जानकारी के छ भने, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको घरमा केही समयअघि लोकमान र एमालेको नेताबीच भेट भएको हो । अख्तियारले आफ्ना नेताहरू मात्रै खेदेको भन्दै एमालेका नेताहरूले गुनासो गरेका थिए । अब माओवादी र कांग्रेसका केही नेतालाई पनि पत्र काट्न उनीहरूले अख्तियार प्रमुखलाई अनुरोध गरेका थिए । तर, एमालेले सोचेजस्तो भूमिका अख्तियार प्रमुखले पूरा गर्न सकेनन् । त्यसैले एमाले रिसाएर यो योजना बनाएको हो । त्यसमा प्रधानमन्त्रीको दलका केही नेता पनि सहभागी छन् । हामीलाई निर्णय गर्न के हतारो र ? : डा. महत एमाले र माओवादी मिलेर षड्यन्त्र गरेका छन् । अख्तियारका प्रमुखमाथि अभियोग लाग्न सक्छ, तर अभियोग के हो हामीलाई थाहा छैन । अभियोग सत्य हो कि होइन, त्यो पनि थाहा छैन । विधि र प्रक्रियाअनुसार महाअभियोग सिफारिस समितिमा गएपछि पक्ष र विपक्षमा कुरा आउँछ । अभियोग लगाउनेले प्रमाणित गर्न आवश्यक तथ्यहरू पनि प्रस्तुत गर्ला । त्यसपछि मात्र हामीले निर्णय गरौँला । अहिले हतार नगरौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending