Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

विश्वका वैज्ञानिक पोखरामा

पोखरा, ३ कात्तिक । नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट०, पोखरा विश्वविद्यालय र जर्मनीको इन्स्टिच्युट अफ पोलिमरवेक्स्टफको सहआयोजनामा विश्वका विभिन्न १६ राष्ट्रका वैज्ञानिक पोखरामा चारदिने छलफलमा जुटेका छन् । अत्यन्त सूक्ष्म पदार्थको प्रयोगबाट वर्तमानको मानव जीवनलाई सहज बनाउने र हाम्रा समाजमा प्राप्त सामग्रीको उपयोगबाट मानवीय आवश्यकता पूरा गर्ने विषयमा केन्द्रित रही वैज्ञानिकले आफूले गरेका प्रयोग तथा अनुसन्धानबारे एकअर्कामा जानकारी गराउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो । सम्मेलनका संयोजक रामेश्वर अधिकारीका अनुसार नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, चीन, इटाली, चेक रिपब्लिक, स्विडेन, जापान, कोरिया, जर्मनी, दक्षिण अफ्रिका लगायतका देशबाट आएका एक सय ८० जना वैज्ञानिक पोखरामा छलफलमा सहभागी भएका हुन् । “सोमबारदेखि सुरु भएको चारदिने सम्मेलनमा पदार्थ विज्ञानमा भइरहेका पछिल्ला अध्ययन–अनुसन्धान विषयमा गम्भीर छलफल प्रारम्भ भएको छ,” उनले भने, “सम्बन्धित विज्ञले पदार्थ विज्ञानका सम्बन्धमा प्रयोगशालाबाट भइरहेका अनुसन्धानबारे जानकारी गराउनेछन् , त्यसका अतिरिक्त परम्परागत जडीबुटी विज्ञान लगायतका विषयमा पनि छलफल गरिनेछ ।” सम्मेलनमा न्यानोटेक्नोलोजी र बायोटेक्नोलोजीमा भइरहेका अनुसन्धानबारे कार्यपत्र प्रस्तुत भई त्यसमा छलफल गरिने उनले जनकारी दिए । नेपालमा पदार्थ विज्ञान विषयमा थप अध्ययन–अनुसन्धान आवश्यक रहेको बताउँदै अधिकारीले अति सूक्ष्म पदार्थ प्रविधिका सम्बन्धमा पोखरा सम्मेलन लगत्तै अक्टोबर २२ मा चितवन र अक्टोबर २४ मा विराटनगरमा सम्बन्धित विषयका शिक्षकको सहभागितामा कार्यशाला गर्न लागिएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending