Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

श्रीमानको लास जापानको एक अस्पतालमा : ल्याउन नसकेपछि भौँतारिँदै प्रेमकुमारी

\"lash_sab-750\"रोल्पा, ३ कात्तिक । जापानमा रहेका श्रीमान्को लास नेपाल ल्याउन गरिएका सबै प्रयास असफल भएपछि यतिबेला हारगुहार गर्न रोल्पाको सदरमुकाम लिवाङ आइपुगेकी छिन् मिरुल–३ रोल्पाकी प्रेमकुमारी घर्तिमगर । गत असोज २ गते जापानमा मृत्यु भएका श्रीमान् शिवराज रोकामगरको लास ल्याउन परराष्ट्र मन्त्रालय तथा विभिन्न राजनीतिक दलका नेतालाई गरिएको पहल कार्यान्वयन हुन नसके पछि डेढ वर्षकी नाबालिका छोरीलाई काखीमा च्यापेर लास नेपाल ल्याउन आग्रह गर्दै हिँडिरहेकी छिन् उनी । २०७१ साल माघमा विद्यार्थी भिसाबाट जापान पुगेका रोकामगर गत असोज २ गते राति आफ्नै ओछ्यानमा मृत भेटिएका थिए । रोका जापानको फुकुसिमा कलेजमा अध्ययन गरिरहेका थिए । विपन्न परिवारका रोका जापान जाँदा रु १६ लाख ऋण गरेर गएको उनको परिवारले जनाएको छ । हाल जापानस्थित एक अस्पतालमा दैनिक १५ हजार नेपाली रुपैयाँ तिर्ने गरी लास राखिएको मृतककी श्रीमती घर्तीले बताइन् । लास नेपाल ल्याउन परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएको भए पनि परराष्ट्रले खासै चासो नदेखाएको घर्तीले बताइन् । विद्यार्थी भिसामा विदेश गएकालाई कुनै प्रकारको सहयोग गर्न नसकिने परराष्ट्र मन्त्रालयले जवाफ दिँदा झन् पीडा थपिदिएको श्रीमती घर्तीको दुखेसो छ । बेवारिसे वनेको लास ल्याउन केन्द्रीय स्तरका नेतालाई पनि हारगुहार ग¥यौँ, कसैले सुनेनन्, घर्तीले अगाडि थपिन् । मृत्यु हुनु अघिल्लो दिन दाईसँग घरायसी कुराकानी समेत भएको मृतककी बहिनी राजकुमारी रोकाले बताउनुभयो । उहाँले दाईको लास यथाशीघ्र नेपाल ल्याउने व्यवस्था मिलाइदिन देश–विदेशमा रहेका नेपालीसँग आग्रह गर्नुभयो । मृत्यु भएपछि धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउनु मानवअधिकारको आधारभूत मान्यता रहेको हुँदा राज्यले लास ल्याउन पहल गर्नुपर्ने महिला मानव अधिकार रक्षक सञ्जाल, रोल्पाका अध्यक्ष तीर्था आचार्यको भनाइ छ । यसबारेमा बुझ्दा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले यस समस्याको अन्तिम निकास परराष्ट्र मन्त्रालयमार्फत नै हुने भएकाले आफूले मृतकका परिवारलाई त्यहाँ गएर प्रक्रिया अगाडि बढाउन सुझाव दिएको बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending