Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

दुर्घटनापछि माईखोलामा डुङ्गा पुनः सञ्चालन

\"dunga\"इलाम, ३ कात्तिक । दानाबारी र महमाई बीचको माईखोलाको चण्डालघाटमा डुङ्गा दुर्घटनापछि स्थगित गरिएको डुङ्गा सेवा मङ्गलबारदेखि पुनः सञ्चालनमा आएको छ । गत असोज २८ गते शुक्रबार माईखोलामा डुङ्गा पल्टिएर आठ जनाको ज्यान गएपछि केही समयका लागि डुङ्गा सञ्चालन स्थगित गरिएको थियो । यात्रुको सहजतालाई मध्यनजर गर्दै कोदोबारी दोभानमा डुङ्गा सञ्चालन गरिएको हो । यसअघि पनि सोही स्थानबाट डुङ्गा सञ्चालन हुँदै आएको थियो । दुर्घटनास्थल लोदिया दोभानमा भने अझसम्म डुङ्गा सञ्चालनमा आउन नसकेको चन्द्र तामाङले जानकारी दिए । अहिले चण्डालघाटमा सञ्चालित डुङ्गाका लागि १० र कोदोबारीको डुङ्गाका लागि सातवटा लाइफ ज्याकेटको व्यवस्था गरिएको छ । बाँकी लाइफ ज्याकेट र ट्युब महमाई गाविसले अन्य सहयोगी निकायसँग सहकार्य गरी खरिद गरी वितरण गर्ने गाविस सचिव चन्द्र पौडेलले बताए । दुर्घटनालाई मध्यनजर गर्दै प्रहरी चौकी र गाविस कर्मचारीको निगरानीमा अहिले डुङ्गा सञ्चालन भएको हो । डुङ्गामा १५ भन्दा बढी यात्रु चढाउन नपाउने माईखोलामा अब डुङ्गा सञ्चालन गर्दा एकपटकमा १५ जनाभन्दा बढी यात्रु चढाउन नपाइने भएको छ । माईखोलामा भएको डुङ्गा दुर्घटनापछि बसेको महमाईका राजनीतिक दल संयन्त्रको भेलाले यस्तो निर्णय गरेको हो । डुङ्गामा चढ्ने सबै यात्रुले अनिवार्य रूपमा लाइफ ज्याकेट लगाउनुपर्नेछ । सम्भावित दुर्घटना न्यूनीकरण, सुरक्षित र व्यवस्थित सञ्चालन गर्नका लागि डुङ्गामा चढ्ने यात्रुको नाम, थर, वतनसहितको रेकर्ड राखिने भएको छ । मनपरी शुल्क असुल्दै आएका डुङ्गा व्यवसायीले अबदेखि जिल्ला विकास समिति इलामसँग २०७० साल साउनमा भएको सम्झौतामा उल्लेख भएबमोजिमको मात्र शुल्क उठाउन पाउनेछन् । तोकिएभन्दा बढी शुल्क उठाएमा कारबाहीको दायरामा ल्याउन सकिने गाविससचिव पौडेलले बताए। यसअघि माईखोलामा सञ्चालित डुङ्गाले ३० देखि दुई सय रूपैयाँसम्म शुल्क लिँदै आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending