Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

जानीराख्नुहोस अनुहार चम्काउने केही घरेलु उपाय

\"beautiful-girl-hd-faces-3\"काठमाडौं, २ कात्तिक । सुन्दर तथा स्वस्थ जीवन सबैको चाहना हुने गर्दछ । प्रत्येक ब्यक्तिको दैनिकी ऐनामा अनुहार हेरेर सुरु हुन्छ । आफ्नो अनुहार सुन्दर देख्दा पक्कै पनि खुशी लाग्छ । यदि अनुहारमा केही खराबी देखियो भने त्यसको चिन्ताले मानिसको उर्जामा नै क्षय ल्याउँछ । सुन्दरता महिला तथा पुरुष दुवैको चहाना हो । सुन्दर रहन महिला धेरै चाहन्छन् भनिन्छ । तर, अचेल पुरुष पनि कम छैनन् । विभिन्न सौन्दर्य सामग्रीहरु बिक्री बढ्नुका कारण नै यही हो । आधुनिक उत्पादनहरुमा ध्यान दिने प्रवत्ति बढ्दै छ । कमाइको ठूलै हिस्सा अचेल सौन्दर्यमा खर्च गरि पनि रहेका छन् । आफूले लगानी गरे अनुसार फाइदा प्रप्ता भएके छ वा छैन भन्नेमा भने त्यति धेरै सचेत भएको पाईदैन । ती सामग्रीमा धनराशी खर्च गर्नुभन्दा केही घरेलु उपाय अपनाउन सके दोहोरा क्षतिबाट जोगिन सकिन्छ । यदि कुरुप हुने गरी डन्डिफोर आएको छ भने दिनमा तीन पटकसम्म अनुहार सफा पानीले धुने, डन्डिफोरलाई ननिचोर्ने, दैनिक दुई लिटरभन्दा बढी पानी पिउने, मसलाजन्य परिकारहरु कम खाने गर्नुपर्छ । त्यस्तै मदिरा, चिया, कफी एवं सुर्तीजन्य वस्तुहरुको प्रयोग पनि कम गर्नुपर्छ । दैनिक केही समय आराम गर्नुपर्छ । निकै थाकेको अवस्थामा आँखा बन्द गरेर सुत्दा अनुहारमा चमक आउँछ । डन्डिफोर हटाउने विभिन्न घरेलु उपायमध्ये कागती पनि एक हो । एउटा कचौरामा कागतीको टुक्रालाई निचोरेर राख्ने अनि कागतीमा गुलाबजल मिसाउने र आवश्यकताअनुसार अनुहारमा लगाउँदा डन्डिफोरबाट मुक्ति पाउन सकिन्छ। यसलाई १५ दिनसम्म नियमित प्रयोग गर्नु राम्रो मानिन्छ। डन्डिफोर हटाउने अर्को घरेलु उपायमा कागती, काँक्रो र दूधलाई पनि लिन सकिन्छ। यी तीनै वस्तु दैनिक प्रयोगमा आउने वस्तु हुन्। कागतीको एक चौथाइ भागलाई काट्ने र काँक्रोलाई राम्रोसँग मिक्सचरमा पिसेर राख्ने र दूधलाई नतताई यी तीनै वस्तुलाई मिसाएर अनुहारमा लगाउ“दा छालाको रक्षाका साथै डन्डिफोर निर्मूल हुन्छ। यदि सुख्खा र चिसो हावामा लगातार हिँडिएको छ भने यसले पनि अनुहारको चमक हराउने सम्भावना हुन्छ। आलु घोटेर अनुहारमा दल्ने हो भने अनुहार सुख्खा हुने तथा डन्डिफोर आउने समस्याबाट मुक्त हुन सकिन्छ। यदि छाला सामान्यजस्तो छ भने मह र दुध मिसाएर लगाउँदा अनुहारमा चमक आउनुका साथै विभिन्न समस्याबाट टाढा रहन सकिन्छ। यदि छाला चिल्लो छ भने बेसनको पीठो का“चो दूधमा मिसाएर लगाउँदा पनि अनुहारको सुरक्षा हुन्छ। गहुँको छोक्रामा काँचो दुध र मह मिसाएर लगाउँदा अनुहारमा चमक आउँछ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending