सांसदहरुको प्रश्न– लोकमानसिंह कुन लोकको यमराज हुन् ?
कार्तिक २ गते, २०७३ मगलवार 18th October, 2016 Tue१३:५२:३६ मा प्रकाशित
[caption id=\"attachment_73506\" align=\"alignleft\" width=\"750\"] लोकमानसिंह कार्की[/caption]
काठमाडौं, २ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले कानूनको खिल्ली उडाएको भन्दै सत्तारुढ दलकै सांसदहरुले आक्रोश ब्यक्त गरेका छन् ।
ब्यवस्थापिका संसदको मंगलबारको बैठकमा बोल्दै सत्तारुढ दलकै सांसदहरुले अख्तियार प्रमुख लोकमानको घरमा सर्वोच्च अदालतले तामेली गर्न नसक्नु बिडम्बना भएको बताए । सांसदहरुको प्रश्न छ– ‘लोकमानसिंह कुन लोकको यमराज हुन् ?’
कार्कीको घरमा सर्वोच्चले तामेली गर्न नसक्नु कानूनी शासनमाथिकै प्रहार भन्दै सांसदहरुले सरकारको आलोचना गरे । संवैधानिक निकायका प्रमुखले कानूनको खिल्ली उडाउँदा सरकार र संसद टुलुटुलु बस्न नहुनेमा उनीहरुको जोड थियो ।
संसदको मंगलबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राधेश्याम अधिकारीले संवैधानिक निकायको प्रमुखले कानूनको खिल्ली उडाएको भन्दै आक्रोश पोखे । विदेश शयरमा गएका कार्कीको विदा कहिलेसम्म स्वीकृत भएको भन्देबारे सदनलाई जानकारी गराउनसमेत उनले माग गरे । उनले अख्तियार प्रमुख कार्कीको विदा कहिलेसम्म स्वीकृत भएको भन्नेबारे सदनलाई जानकारी गराउन माग गरे ।
‘अख्तियार प्रमुख यतिवेला नेपालमा हुनुहुन्न । उहाँको विदा स्वीकृत गर्ने निकाय भनेको पक्कै पनि मन्त्रिपरिषद् होला । संसदलाई अख्तियार प्रमुखको विषयमा जानकारी गराइयोस् । उहाँ के कामका लागि विदेश जानु भएको हो ? कति अवधिका लागि जानु भएको हो ? विदा कति अवधीको स्वीकृत गराउनु भएको छ ? नेपाल कहिलेसम्म फर्की सक्ने हो ? यति लामो अवधि बिदेशमा बस्नुपर्ने प्रयोजन के हो ?’ सांसद अधिकारीको प्रश्न थियो ।
विगतमा जेसुकै कारण भए पनि अब ढिला नगरीकन महाअभियाेग लगायतका विशेष समितिहरू गठन गर्न उनले माग गरे ।
यस्तै, थरुहट तराई पार्टीकी गंगा चौधरीले लोकमानको घरमा सर्वोच्चले तामेली गर्न नसक्नु बिडम्बना भएको बताइन् । ‘लोकमानसिंह कुन लोकका यमराज हुन् ?’ चौधरीले सदनमा आक्रोशपूर्ण प्रश्न गरिन् । कानूनको संरक्षण गर्नुपर्ने मान्छेले कानूनको धज्जी उडाएको भन्दै सांसद चौधरीले भष्टाचारीलाई देश निकाला गर्नुपर्ने बताइन् । लोकमानलाई बचाउने राजनीतिक दललाई पनि कानूनको कठघरामा ल्याउनुपर्ने उनको भनाइ छ ।
यस्तै, एमालेका सांसद रेवतीरमण भण्डारीले लोकमानको घरमा सर्वोच्च अदालतले म्याद तामेली गर्न नसक्ने अवस्थाले देशको शान्ति सुरक्षामाथि नै प्रश्न उठेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: