Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सांसदहरुको प्रश्न– लोकमानसिंह कुन लोकको यमराज हुन् ?

[caption id=\"attachment_73506\" align=\"alignleft\" width=\"750\"]\"Lokman-Singh-Karki-750\" लोकमानसिंह कार्की[/caption] काठमाडौं, २ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले कानूनको खिल्ली उडाएको भन्दै सत्तारुढ दलकै सांसदहरुले आक्रोश ब्यक्त गरेका छन् । ब्यवस्थापिका संसदको मंगलबारको बैठकमा बोल्दै सत्तारुढ दलकै सांसदहरुले अख्तियार प्रमुख लोकमानको घरमा सर्वोच्च अदालतले तामेली गर्न नसक्नु बिडम्बना भएको बताए । सांसदहरुको प्रश्न छ– ‘लोकमानसिंह कुन लोकको यमराज हुन् ?’ कार्कीको घरमा सर्वोच्चले तामेली गर्न नसक्नु कानूनी शासनमाथिकै प्रहार भन्दै सांसदहरुले सरकारको आलोचना गरे । संवैधानिक निकायका प्रमुखले कानूनको खिल्ली उडाउँदा सरकार र संसद टुलुटुलु बस्न नहुनेमा उनीहरुको जोड थियो । संसदको मंगलबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राधेश्याम अधिकारीले संवैधानिक निकायको प्रमुखले कानूनको खिल्ली उडाएको भन्दै आक्रोश पोखे । विदेश शयरमा गएका कार्कीको विदा कहिलेसम्म स्वीकृत भएको भन्देबारे सदनलाई जानकारी गराउनसमेत उनले माग गरे । उनले अख्तियार प्रमुख कार्कीको विदा कहिलेसम्म स्वीकृत भएको भन्नेबारे सदनलाई जानकारी गराउन माग गरे । ‘अख्तियार प्रमुख यतिवेला नेपालमा हुनुहुन्न । उहाँको विदा स्वीकृत गर्ने निकाय भनेको पक्कै पनि मन्त्रिपरिषद् होला । संसदलाई अख्तियार प्रमुखको विषयमा जानकारी गराइयोस् । उहाँ के कामका लागि विदेश जानु भएको हो ? कति अवधिका लागि जानु भएको हो ? विदा कति अवधीको स्वीकृत गराउनु भएको छ ? नेपाल कहिलेसम्म फर्की सक्ने हो ? यति लामो अवधि बिदेशमा बस्नुपर्ने प्रयोजन के हो ?’ सांसद अधिकारीको प्रश्न थियो । विगतमा जेसुकै कारण भए पनि अब ढिला नगरीकन महाअभियाेग लगायतका विशेष समितिहरू गठन गर्न उनले माग गरे । यस्तै, थरुहट तराई पार्टीकी गंगा चौधरीले लोकमानको घरमा सर्वोच्चले तामेली गर्न नसक्नु बिडम्बना भएको बताइन् । ‘लोकमानसिंह कुन लोकका यमराज हुन् ?’ चौधरीले सदनमा आक्रोशपूर्ण प्रश्न गरिन् । कानूनको संरक्षण गर्नुपर्ने मान्छेले कानूनको धज्जी उडाएको भन्दै सांसद चौधरीले भष्टाचारीलाई देश निकाला गर्नुपर्ने बताइन् । लोकमानलाई बचाउने राजनीतिक दललाई पनि कानूनको कठघरामा ल्याउनुपर्ने उनको भनाइ छ । यस्तै, एमालेका सांसद रेवतीरमण भण्डारीले लोकमानको घरमा सर्वोच्च अदालतले म्याद तामेली गर्न नसक्ने अवस्थाले देशको शान्ति सुरक्षामाथि नै प्रश्न उठेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending