Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

चाडबाडका बेला घुमफिरमै मस्त

\"lumbini-3\" काठमाडौं, २ कात्तिक । बुटवलका एक हुल युवाहरु दशैंका बेला मुक्तिनाथमा भेटिए । हिन्दु नेपालीहरुको महान चाड बडादशैंको विदाको सदुपयोग गर्दै ती युवाहरु मुक्तिनाथ घुम्न गए । लामो समय विदा हुने भएपछि घरमा बसेर जुवातास खेल्नु भन्दा घुमघाम गर्नु नै उत्तम ठानेर मुक्तिनाथ आएको टोलीका एक सदस्य विजय आचार्यले बताए । \"muktinath\" मुक्तिनाथ मात्र होइन, पर्यटकीय क्षेत्र घलेगाउँ, धम्पुस, सिरुटार, लुम्बिनी लगायतका पर्यटकीय स्थलहरुमा पनि आन्तरिक पर्यटकहरुको भिड देखिन्थ्यो । झण्डै एक साताबढीको सरकारी विदा नै हुने भएपछि दशैंमा सहरबजारहरु सुनासान जस्तै हुन्छन् । चाडबाडमा सहरबजारहरु सुनसान देखिएपनि धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरुमा भने भिँडभाड निकै बढेको देखिन्थ्यो । \"lumbini-1\" दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म नै सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निकै चहलपहल थियो । विजयादशमीको तेस्रो दिन लुम्बिनी पुग्दा लुम्बिनीमा ठूलै मेला लागेको जस्तै देखिन्थ्यो । लुम्बिनीमा विदेशी पर्यटकहरु खासै देखिएनन् तर आन्तरिक पर्यटकहरुको भने निकै घुँइचो थियो । कोही बुद्धको सम्झनामा शान्ति दीप प्रज्वलन गरिरहेका थिए भने कोही फोटो खिचाउन ब्यस्त देखिन्थे । \'यसपाली घरमा दशैंकाे टीका थिएन,\' पाेखराबाट लुम्बिनी घुम्न अाएका सुदर्शन लम्सालले भने, \'विदाकाेबेला घरमा त्यसै बिताउनु भन्दा विश्वकै मान्छेहरू अाउने गरेकाे लुम्बिनी घुमाैं न त भनेर लुम्बिनी अाएकाे ।\' झण्डै ६ विगाहा क्षेत्रफलको लुम्बिनीका हरेक ठाउँमा उत्तिकै भिँड देखिन्थ्यो । \"lumbini-2\" पछिल्लो समय युवायुवतीको ठूलो समूह घुमफिरमा रमाउने गरेको देखिन्छ । चाडबाडमा गाउँघरमा बसेर समय बिताउनु भन्दा घुमफिर र भ्रमण गर्नमा युवाहरु बढी आकर्षित हुने गरेका छन् । लामो समयको विदाको सदुपयोग गर्दै युवायुवती मात्र होइन, पौढ तथा बुढाबुढीहरु पनि चाडबाडको समयको सदुपयोग गर्दै देशमा विभिन्न ऐतिहासिक तथा धार्मिक क्षेत्रहरमा रमाउने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending