Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै अन्नपूर्ण सेरोफेरो

\"annapurna-treking-1140\"पोखरा, १ कात्तिक । पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै गएको छ । नेपालका विभिन्न पदमार्गमध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्य हेर्ने र पदयात्रा गर्ने लालसा बोकेर यस क्षेत्रमा पर्यटक आउने गरेका छन् । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण पदयात्रामा आउने पर्यटकको सङ्ख्या घटे पनि यस वर्ष पदयात्रामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पर्यटन अधिकृत रेश्मी आचार्यका अनुसार २०१६ को अगस्तमा मात्रै चार हजार तीन सय १० जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरिसकेका छन् । “अघिल्लो वर्षको तुलनामा यस वर्ष पदयात्राका लागि आउने पर्यटकको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ,” उनले भने, “यस वर्षको अगस्तसम्म ४५ हजार एक सय ९१ जना पर्यटकले अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरिसकेका छन् ।” \"Annapurna-Base-Camp\" सार्क राष्ट्रबाट अगस्तमा छ सय २० जना पर्यटक पदयात्रामा सहभागी भएका छन् । सन् २०१६ को जनवरीदेखि अगस्तसम्म पदयात्रा गर्ने पर्यटकको सङ्ख्या ११ हजार चार सय ६९ छ । अन्नपूर्ण सेरोफेरो विश्वकै प्रसिद्ध १० वटा ‘टे«किङ रुट’ मध्येमा पाँचौँ स्थानमा पर्ने पर्यटन व्यवसायी एवम् नेपाल ट्रेकिङ एसोसिएसन पश्चिमाञ्चल क्षेत्रीय सङ्घका निवर्तमान अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । अन्नपूर्ण सेरोफेरोमा पूर्वाधार विकासको गति बढे पनि कमिसनका लागि अनावश्यक बाटो खन्ने क्रमले यस क्षेत्रका पदमार्गमा प्रत्यक्ष असर पुगेको उनको भनाई छ । “पूर्वाधार विकास हुनु आवश्यक भए पनि त्यसका नाममा पदमार्ग मास्नु पदयात्रा पर्यटनका लागि गम्भीर चुनौती हो,” शर्माले भने, “जथाभावी बाटो खन्ने नाममा पछिल्ला वर्षमा पदमार्गहरू छोट्याउने काम गरिएको छ, जुन पर्यटकीय हिसाबले अनुचित छ ।” अन्नपूर्ण सेरोफेरोमा रहेका पदमार्गको संरक्षणका साथै पछिल्ला समयमा विकास हुँदै गएका पोखरा–खयरलेक, पोखरा–हिडेनलेक, तेरिला घाँटी, गुरुङ हेरिटेज ट्रेलजस्ता पदमार्गको प्रचारप्रसार आवश्यक रहेको उनले बताए । अन्नपूर्ण पदयात्रा अन्य पर्यटकीय गन्तव्यको तुलनामा सहज, उपयुक्त मौसम जस्ता कारण यसप्रति पर्यटकको आकर्षण बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकृत विख्यात शेरचन बताउँछन् । उनका अनुसार युरोपेली राष्ट्रका साथै सार्क मुलुकबाट पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या पछिल्ला दिनमा बढिरहेका छन् । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण पदयात्रामा आउने पर्यटक घटे पनि यस वर्ष उत्साहजनक रुपमा पर्यटक पदयात्राका लागि आउने गरेको शेरचनको भनाइ छ । अन्नपूर्ण सेरोफेरोमा पदयात्राका लागि विशेषगरी अगस्त, सेप्टेम्बर, अक्टोबर र नोभेम्बरका साथै मार्च र अप्रिलमा ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन् । \"annapurna-base-camp-trekking\" अन्नपूर्ण सेरोफेरोमा उपल्लो मुस्ताङ, अन्नपूर्ण सर्किट ट्रेक, अन्नपूर्ण सेक्युरिटी ट्रेक, घान्द्रुक घोरेपानी सर्किट ट्रेक, घलेखर्क सर्किट ट्रेक, राउन्ड मनास्लु, घाद्रुक, घम्पुस, जोमसोम, नारफू लगायतका दर्जनौँ उत्कृष्ट पदयात्रा मार्ग रहेका छन् । नेपालमा आउने विदेशी पर्यटकमध्ये ७५ प्रतिशतभन्दा बढी पदयात्राकै लागि आउने गरेको नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष दीपक अधिकारी बताउँछन् । पछिल्लो समयमा जथाभावी बाटो खन्ने प्रवृत्तिले पदयात्रा पर्यटन प्रभावित बन्दै गएको र सरकारले पदयात्रा मार्गको पहिचान गरी ती क्षेत्रलाई पदयात्रा संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने उनको सुझाव छ । पर्याप्त सम्भावना बोकेका अन्नपूर्ण सेरोफेरो लगायतका क्षेत्रको पदयात्रा पर्यटनलाई बचाउन सरकारले दीर्घकालीन सोचका साथ तत्काल पहल थाल्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । अन्नपूर्ण सेरोफेरोको अधिकांश खण्डमा मोटर पुगेसँगै पदयात्रा अवधि छोटिँदै जाँदा पदयात्रा पर्यटनमा चुनौती थपिएको बताउने पर्यटन व्यवसायी पदमार्गको संरक्षणका साथै वैकल्पिक पदमार्गको विकास गरिनुपर्ने धारणा राख्छन् । अन्नपूर्ण फेरोको पदयात्रा अवधि २१ दिनको रहेकामा ठाउँठाउँमा बाटो खनिएका कारण अहिले सो पदयात्रामा पाँच÷सात दिनमै सकिने गरेको छ । यस्तो क्रमले लामो समयको पदयात्रा रुचाउने पर्यटकले पदयात्रा मार्गका अन्य विकल्प खोज्ने हुँदा त्यसले भइरहेको पदयात्रा पर्यटन प्रत्यक्ष प्रभावित हुने व्यवसायीको तर्क छ । अन्नपूर्ण क्षेत्रमा रहेको पर्यटकीय सम्भाव्यतालाई उजागर गर्न पछिल्ला समयमा विभिन्न सङ्घसंस्था एवम् पर्यटन व्यवसायी पदयात्रा पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिन थालेका छन् । हालै अन्नपूर्ण क्षेत्रमा रहेको पदमार्गको प्रवद्र्धन गर्न १० बुँदे धम्पुस घोषणापत्र जारी गरिएको छ । गैरआवासीय नेपाली सङ्घ र सेन्चुरी पर्यटन व्यवसायी समितिले अन्नपूर्ण क्षेत्रअन्तर्गत पर्ने धम्पुस, छोम्रुङ हुँदै माछापुच्छ«े आधार शिविर पुग्ने ट्रेकिङ रुटलाई नयाँ ढङ्गले सञ्चालनमा ल्याउन खोजिरहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy