Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

मधेस र पहाडको पुल बन्दैछन्, निशाकुसुम र अभिषेक

\"marriage-750\" काठमाडौं, १ कात्तिक । दशैंअघि निर्वाचन आयोगकी आयुक्त इला शर्माको पूर्व निर्वाचन आयुक्त इला शर्मासँगको सम्बन्ध रहेको खबरले चर्चा पाएको थियो । निर्वाचन आयोगकी आयुक्त इला शर्माको भारतीय पूर्व निर्वाचन आयुक्त एसवाइ कुरैसीसँग विवाह बन्धनमा बाँधिने पक्कापक्की नै भएको भारतीय पत्रिका ‘इण्डियन एक्सप्रेस’ले उल्लेख गरेको थियो । इला शर्माको कुरैसीसँगको विवाहको चर्चा यसकारणले चलेको थियो कि शर्मा ४९ वर्षीया र कुरैसी ६९ वर्षका छन् । तर उनीहरु वैवाहिक बन्धनमा नै बाँधिने कुरा भने शर्माले अस्वीकार गरेकी छन् । दशैं लगत्तै शितल निवासमा भएको अर्को सम्बन्धले चर्चा पाएको छ । राष्ट्रपति विद्या भण्डारीकी छोरी निशाकुसुम पूर्व राष्ट्रपति डा.रामवरण यादवको नाती अभिषेक यादवसँग विवाह बन्धनमा बाँधिने भएकी छन् । राष्ट्रपति परिवारमा गाँसिन लागेको यो सम्बन्धलाई वर्गीय हिसावले पनि तुलना गर्न सकिएला । तर निशाकुसुम र अभिषेक वर्गीय हैसियत मिलेकै कारणले विवाह बन्धनमा बाँधिन लागेका भने होइनन् । उनीहरुको प्रेम सम्बन्ध पुरानै भएको परिवारको दाबी छ । निशाकुसुम र अभिषेकबीचको प्रेम सम्बन्धको चर्चा चलिरहँदा आइतबार राष्ट्रपति भवन शितल निवासमै विवाहका लागि ‘इंगेजमेन्ट’ भइसकेको छ । आगामी माघमा विवाह गर्ने गरी राष्ट्रपति र पूर्व राष्ट्रपति परिवारले टिकाटालो गरेका हुन् । राष्ट्रपति कि छोरी र पूर्व राष्ट्रपतिको नातीबीच हुन लागेको विवाहले अर्को एउटा फरक महत्व बोकेको छ । भण्डारी पहाडी समुदायकी हुन् भने यादव मधेसी समुदायका । पहाडी र मधेसी एकै ठाउँमा मिलेर बसेपनि दुई अलग समुदाय भन्ने बुझाइ आम नेपालीमा छ । पछिल्लो समय उठेको मधेस आन्दोलनकै कारण मधेसी र पहाडीबीच झनै दुरी बढिरहँदा निशाकुसुम र अभिषेकबीचको सम्बन्धले पहाडी र मधेसीको सम्बन्ध प्रगाढ रहेको सन्देश पनि प्रवाह गर्नेछ । पहाडी र मधेसी समुदायबीच हुन लागेको यो विवाह पहिलो नै त होइन तर राष्ट्रपति परिवारमै गाँसिन लागेको यो सम्बन्धले नयाँ सन्देश दिने देखिन्छ । निशा राष्ट्रपति भण्डारीकी कान्छी छोरी हुन् भने अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । विद्यालय तहदेखि नै सँगसँगै पढेका उनीहरुबीचको विवाहको प्रशंग भने दुई वर्षदेखि चलेको थियो । उनीहरु काठमाडौंको बुढानिलकण्ठ स्कुलकदेखि कै सहपाठी हुन् । इन्जिनियरिङ अध्ययन पूरा गरेका अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लन्डनबाट उच्च शिक्षा लिएका छन् भने निशाकुसुम भारतको नयाँदिल्लीबाट एमबीबीएस गरेकी छन् । आइतबार शितल निवासमा आयोजित ‘इंगेजमेन्ट कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नी पत्नि राधिकासहित उपस्थित भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending