Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न

\"bimstec_gowa-1140\"गोवा (भारत), १ कात्तिक।  बिम्स्टेकसँग सहकार्य गर्न सकिने क्षेत्रहरु पहिल्याउनेलगायत १०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन आज यहाँ सम्पन्न भएको छ । सो घोषणापत्रमा यस क्षेत्रको शान्ति, विकास, समृद्धिलगायत साझा उद्देश्यलाई थप सुदृढ बनाउने एवम् व्यापार, वाणिज्य र लगानीलगायत क्षेत्रमा संयुक्तरुपमा काम गर्न सकिने सम्भावनालाई पहिल्याउने उल्लेख गरिएको छ । ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स समूहको सम्मेलनले जारी गरेको यस घोषणापत्रमा बिम्स्टेकसँगको आउटरिच कार्यक्रमले ब्रिक्स र बिम्स्टेकको सम्बन्धलाई पुनर्ताजगी गर्ने अवसरका रुपमा उल्लेख गरिएको छ । बिम्स्टेकमा भारत, थाइल्याण्ड, म्यान्मार, श्रीलङ्का, बङ्गलादेश, नेपाल र भुटान रहेका छन् । सो घोषणापत्रमा भारतले ब्रिक्सको पहिलो व्यापार सम्मेलन भारतमा गर्ने पहल लिएको र यसले ब्रिक्स मुलुकबीच व्यापारलाई अगाडि बढाउन सहयोग गर्ने उल्लेख गरिएको छ । \"bric-bimstec_gowa-1140\"ब्रिक्स घोषणापत्रमा सबै खालका आतङ्कवादलाई निन्दा गर्दै भारतमा हालै भएको आतङ्ककारी हमलाको पनि निन्दा गरिएको छ । यसैगरी, सम्मेलनमा ब्रिक्सका राष्ट्रहरु कृषिसम्बन्धी ब्रिक्सको अनुसन्धान प्लेटफर्म बनाउन, रेलवे रिसर्च नेटवर्क, स्पोर्ट काउन्सिल र युवासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्न सहमत देखिएका छन् । ब्रिक्सको घोषणापत्र जारी भएपछि बिम्स्टेक देशका सरकार प्रमुखहरुसँग ब्रिक्स/बिम्स्टेक आउटरिच सम्मेलन भएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending