Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

शशांक फेरि बोले हिन्दूराष्ट्रका पक्षमा

\"Sasanka-Koirala\"काठमाडौं, ३० असोज । कांग्रेस महामन्त्री डा। शशांक कोइरालाले धर्मको विवाद टुंग्याउन जनमतसंग्रह उपयुक्त विधि भएको बताएका छन् । हिन्दू राज्य कायम गर्न जनमतसंग्रहको माग बढ्नु सकारात्मक रहेको उनको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ– ‘मलाई लाग्छ, यो इस्यु(हिन्दूराष्ट्र) अहिले उठेको छैन । तपाईंहरूले हिन्दूधर्मको विषयमा सोधिहाल्नुभयो । न कुनै धर्मसापेक्ष हुन्छ न कुनै धर्मनिरपेक्ष नै हुन्छ । न कुनै धर्म शून्य हुन्छ । धर्म त स्वतन्त्र हुन्छ । कम्युनिस्टले धर्मको शून्यताको कुरा गर्छन् । तर, कांग्रेसले धार्मिक स्वतन्त्रता भन्दै आएको हो,’ नेपाल प्रेस युनियन चितवन शाखाले शनिबार गरेको पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री कोइरालाले भने, ‘यो मेरो व्यक्तिगत धारणा हो । तर, धर्मनिरपेक्षताको विषयमा उठेको विवाद टुंग्याउने उपयुक्त विधि जनमतसंग्रह नै हो ।’ तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई धर्मनिरपेक्षतामा जानुपर्ने बाध्यात्मक अवस्था आइपरेको पनि शशांकले बताए । आफू जनमतसंग्रहकै पक्षमा भए पनि यसलाई पार्टीले कसरी लिन्छ र धारणा बनाउँछ भन्ने पार्टीकै विषय भएको उनले बताए । आफू हिन्दु बाहुल्य क्षेत्रबाट चुनाव लडेको भन्दै उनले हिन्दु राज्यप्रति सबै ‘लोयल’ भएकाले आफू पनि लोयल भएको बताएका थिए । तर, संविधान कार्यान्वयन गर्न नसके मुलुक थप समस्यामा फस्ने उनको भनाइ थियो । कांंग्रेसले औपचारिक नीति नबनाए पनि हिन्दु राष्ट्रका विषयमा अभिव्यक्ति दिने नेता डा। शशांक १३औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भए । अर्का नेता शेखर कोइराला २५ खुल्ला केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए । हिन्दु राज्यकै अभियान चलाएका नेता खुमबहादुर खड्का पनि २५ खुला केन्द्रीय सदस्यमा दोस्रो धेरै मत ल्याएर निर्वाचित भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending