Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

\"prachanda-and-xi-jinping-750\"गोवा, २९ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण यसै वर्ष उपयुक्त समयमा गर्ने बताएका छन् । ब्रिक्स सम्मेलनमा भाग लिने क्रममा गोवा पुगेका प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणका लागि उनलाई पुनः निम्तो दिएका थिए । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री प्रधानमन्त्रीको आग्रहपछि राष्ट्रपति सीले भने – “म यसै वर्ष उपयुक्त समयमा नेपालको भ्रमण गर्छु ।” भ्रमणको मिति भने दुवै देशले कूटनीतिक माध्यमबाट तय गर्ने भएका छन् । भेटका बेला दुई नेताबीच पर्यटन प्रवद्र्धन, पूर्वाधार निर्माण, यातायात सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहनका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले विगतमा चीन सरकारसँग भएका सम्झौताहरुको कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको परराष्ट्रमन्त्री डा महतले जानकारी दिए । चीनले नेपालको आर्थिक एवम् सामाजिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ । पछिल्लो समय चीन सरकारले नेपाल सरकारलाई उपलब्ध गराउँदै आएको सहयोग राशिमा ठूलो परिमाणमा वृद्धि गरेको छ । भेटका अवसरमा प्रधानमन्त्री दाहालले चीन सरकारले अप्ठ्यारो अवस्थामा नेपाल र नेपाली जनतालाई पु¥याएको सहयोग र सद्भावप्रति आभार व्यक्त गरेका थिए । सन् १९५५ मा दौत्य सम्बन्ध कायम भएपनि नेपाल र चीनबीच हजारौँ वर्षदेखि मित्रवत् सम्बन्ध रहिआएको छ । भूगोल र जनसङ्ख्याको दृष्टिले नेपाल र चीनबीच निकै ठूलो असमानता रहेपनि दुई देशबीचको सम्बन्ध निक्कै प्रगाढ छ । दुई मुलुकबीचको सम्बन्ध संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलका सिद्धान्तमा आधारित छ । भेटका अवसरमा प्रचण्डले एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धतालाई दोहो¥याउँदै नेपालीे भूमि कुनै पनि मित्रराष्ट्रको अहितमा प्रयोग हुन नदिइने बताए । चीनले खासगरी विमानस्थल, विद्युत् आयोजना र सडकलगायत पूर्वाधार विकासमा महत्वपूर्ण अनुदान सहायता र आर्थिक सहयोग प्रदान गर्दैआएको छ । मन्त्री महतका अनुसार प्रधानमन्त्री प्रचण्डले दुई देशका साझा समस्यालाई आपसी संवादबाटै समाधान गर्ने र त्यसका लागि मिलेर अगाडि बढ्ने चाहना चिनियाँ नेतासामु व्यक्त गरेका थिए । सो अवसरमा चीनका राष्ट्रपति सीले चीन, नेपाल र भारतबीचको त्रि–पक्षीय सम्बन्धलाई सुदृढ बनाएर अगाडि बढ्ने नेपालको प्रस्तावमा समर्थन जनाएको मन्त्री महतले बताए । चीनका तर्फबाट नेपाली विद्यार्थीलाई उपलब्ध गराइँदै आएको छात्रवृत्ति कोटामा वृद्धि गर्ने, कृषि, उद्योग, जलविद्युत् र ऊर्जा विकासमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको थियो । सो अवसरमा राष्ट्रपति सीले बिम्स्टेकको प्रभावकारी कार्यान्वयनका लागि यस क्षेत्रका मुलुकहरुबीचको एकतामा जोड दिँदै त्यसका लागि बिम्स्टेक संयन्त्रलाई मजबुत तुल्याउनुपर्ने खाँचो औंल्याएका थिए । त्यसैगरी, उनले नेपालको आन्तरिक एकतालाई मजबुत बनाएर जारी संविधानलाई कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिएको मन्त्री डा महतले जानकारी दिए । करिब ४० मिनेट भएको उक्त द्विपक्षीय वार्तामा लुम्बिनीसम्म रेलमार्ग विस्तार गर्ने प्रसङ्ग पनि उठेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending