Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

स्याङ्जाको सतौँ चण्डी कालिका धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै

[caption id=\"attachment_96747\" align=\"alignleft\" width=\"873\"]\"स्याङ्जाको स्याङ्जाको सतौँ चण्डी कालिका मन्दिर[/caption] स्याङ्जा, २९ असोज । स्याङ्जा जिल्लाकै प्रसिद्ध सतौँ चण्डी कालिका मन्दिर धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । स्याङजा बजारबाट करिब ११ किमी टाढा रहेको यो मन्दिर हालको पुतलीबजार नगरपालिका वडा नं ८ मा पर्दछ । मन्दिरको केहीमाथि सतौँकोटे राजाले बनाएको दरबार छ जसलाई ‘कोट’ भनिन्छ । पहिलेका बाइसेचौबीसे राज्यका राजाले आ–आफ्ना राज्यमा सुख र समृद्धिका लागि देवी देवताको आराधना गर्ने प्रचलनअनुरुप सतौँकोटे राजाहरूले मन्दिर स्थापना गरी सतौँ चण्डी नामाकरण गरेको हुन सक्ने स्थानीय समाजसेवी गुरुप्रसाद ढकालले जानकारी दिए । यो मन्दिर सतौँका तेस्रो राजा शिरबम शाहीले निर्माण गरेको विश्वास गरिने जानकारी दिँदै उहाँले मन्दिरमा मगर जातिका पूजारीले पूजा गर्ने प्रचलन रहेको र हाल इन्द्रबहादुर रानाले पूजा गर्दै आएको बताए । मन्दिर दर्शनका लागि दैनिक २÷३ सय मानिस सताैँ चण्डी आउने गरेको र दसैँ जस्ता विशेष चाडपर्वमा भने ५÷६ हजारकै सङ्ख्यामा मानिसहरू पुग्ने गरेको ढकालले बताएका छन । सतौँका पहिलो राजा वडाबम राव र दोस्रो मिचा खान थिए । पाल्पा भगवती, बाग्लुङ कालिका, गोरखा मनकामना र चण्डीस्थानको मन्दिरमा पूजा गर्ने विधि र पूजारी पनि एउटै जातको भएकाले यी मन्दिरहरू समान शक्तिपीठ हुन् कि भन्ने अनुमान गर्न सकिन्छ । चण्डीस्थानको अहिले देखिने मन्दिर विसं २०४५ मा पुनःर्निर्माण गरिएको हो । सतौँ चण्डी मन्दिरको आसपासमा सतौँ चण्डीस्थान, सतौँकोट, पशुपतिनाथ मन्दिर रहेका छन् । प्राचीन सतौँ राज्यभित्र दरौँ, पञ्चमूल, अर्जुन चौपारी, सातु पसल, लामागे, सतौँगाउँ फापरथुम पर्दछन् । सतौँ चण्डीको भाकल पूजा आराधना गर्नाले दुर्घटनाबाट जोगिने, सुख शान्ति र समृद्धि हुने विश्वास रहीआएको गुरुप्रसाद ढकालको भनाइ छ । यस मन्दिरमा पूजा वा दर्शनका लागि कास्की, पाल्पा, तनहुँ, पर्वत, बागलुङ, रुपन्देही, काठमाडौँलगायत टाढाटाढाबाट मानिसहरू आउने गर्दछन् । महाशिवरात्रि, बालाचतुर्दशी, दसैँं, चैतेदशैं आदिमा मन्दिरमा मेला लाग्छ । बाजागाजासहित सङ्घसंस्था वा व्यक्तिले पनि पञ्चबली राँगा, हाँस, पाठा, भाले, परेबा, सुगुर दिने चलन छ । रजस्थल र सतौँ राज्यको राजधानी रहेको यो ऐतिहासिक स्थान प्राकृतिक सौन्दर्र्यले भरिपूर्ण रहेका कारण पर्याप्त पर्यटकीय सम्भावना बोकेको स्थल भएको अर्का युवा हेमचन्द्र ढकाल बताउछन । यस ठाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि, मनास्लु हिमालको मनोरम शृङ्खला देख्न सकिने बताउँदै उनले यहाँबाट देखिने आँधीखोला, दरौँखोला, राङ्खोेलालगायत खोलाको मनोरम दृश्यले पनि पर्यटकलाई लोभ्याउने गरेको बताए । कास्की, तनहुँ, पर्वत, गुल्मी र पाल्पाका अधिकांश स्थान यहाँबाट अवलोकन गर्न सकिन्छ । जिल्ला सदरमुकामलगायत पुतलीबजार नगरपालिकाका साथै जिल्लाको अधिकांश भाग यहाँबाट देखिन्छ । यसका नजिकका अन्य आकर्षणमा पारिकोट डाँडा, महाछाङ, बैदीखोला, राहुलडाँडा, तामाखानी, मैदान, महाभिर, सल्यान, बाघखेल्ने ढुङ्गा, ठूलोपँधेरा, खर्सेक, रातमाटा र सिद्धबाबा हुन् । यसका साथै पछिल्लो समय विकासका गतिसँगै निर्माण हुँदै गएका यातायातका नागबेलीयुक्त सडक पनि पर्यटकको आकर्षण बनेका छन् । २०४२ सालमा योगी नरहरिनाथले भ्रमण गरेपछि यस क्षेत्रका स्थानीय बुद्धिजीवीको सक्रियता बढेको पाइन्छ । स्थानीयस्तरको एउटा भजन कीर्तन समूहले वैदिक सनातन धर्मको संरक्षण, सतौँ चण्डी देवनगरीधामको विकास र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले विसं २०५३ मा संस्था दर्ता गरिएको थियो । साथै त्यही सालमा यस क्षेत्रमा पशुपतिनाथको मन्दिर स्थापना गरियो । यस क्षेत्रको विकासका निम्ति २०५५ साल र २०७० साल गरी दुई पटक शिवपुराण महायज्ञ गरियो । २०५५ माघ २२ गते महाशिवरात्रिका दिन पशुपतिनाथमा शिवमूर्ति तथा शिवलिङ्गको प्राणप्रतिष्ठा योगी नरहरिनाथबाट भएको थियो । २०७० फागुन ८ गतेबाट १६ गतेसम्म भागवत भाष्कर कमल नयन गौतमबाट कथा वाचन तथा महायज्ञ सम्पन्न गरिएको थियो । सतौँ चण्डीको पूजा तथा दर्शनका लागि स्याङ्जा बजारबाट बाडखोला, पुतलीखेत, लामागे, आमडाँडा रजस्थल मैदानसम्म दश किमी पक्की सडकबाट सवारी साधनमा नै आवतजावत गर्न सकिने अर्का युवा प्रकाश पुरीले बताएका छन । पुरीका अनुसार स्याङ्जा बजार लामागेको बाँसकोट, भण्डारी गाउँ तथा खोरबार, गहते हुँदै बजारबाट दुई घण्टामा पैदल यात्रामा चण्डीस्थान पुग्न सकिन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending