Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

शान्ति सेनाको योगदान झल्काउने कृति बजारमा

[caption id=\"attachment_96717\" align=\"aligncenter\" width=\"846\"]\"फार्इल फार्इल तस्वीर[/caption] काठमाडौँ, २९ असोज । पूर्व राजदूत एवम् लेखक हिरण्यलाल श्रेष्ठले लेख्नुभएको ‘शान्ति सेना र विदेशी सेनाहरुमा नेपाली÷गोर्खाली’ नामक कृति बजारमा आएको छ । रत्न श्रेष्ठ पुरस्कार गुठी बाग्लुङले प्रकाशन गरेको सो कृतिमा छ अध्याय छ । परिशिष्टमा गोर्खा भर्तीबारे त्रिपक्षीय सम्झौता, १९४७ र परराष्ट्र तथा मानव अधिकार समितिको प्रतिवेदन, २०५५ सम्बन्धी जानकारी समेत समावेश गरिएको छ । तिनमा शान्ति सेना र विदेशी सेनामा नेपाली, विगतमा विदेशी सेनामा नेपाली, वर्तमान विदेशी सेनामा नेपाली, निजी सुरक्षा गार्ड सेवा, भूपू गोर्खाको समानता र सम्मानको आन्दोलन तथा शान्तिसेनामा नेपाली भन्ने शीर्षकमा विश्वमा पुगेका नेपाली सेनाको अवस्थाको चित्रण गरिएको छ । शान्ति सेना र विदेशी सेनामा नेपाली शीर्षकअन्तर्गत शिख सेनामा गोर्खाली, ब्रिटिस–भारतमा गोर्खा भर्ती, चीनमा गोर्खाली सुरक्षाकर्मी, मलेसियाको स्पेसल पुलिसमा गोर्खाली महिला, सिक्किमको सुरक्षामा गोर्खाली र आजाद हिन्द फौजमा गोर्खालीका बारेमा लेखिएको छ । अधिकांश मुलुकमा नेपालीलाई सेवासुविधा उपलब्ध गराउने विषयमा विभेद नरहेको तथा ब्रिटिस गोर्खामा भने धेरै ठूलो विभेद गरिएको प्रसङ्ग कृतिमा छ । भूपू गोर्खाको समानता र सम्मानको आन्दोलनले ठूलो समस्या ल्याएको र सो विषय बेलायती अदालतमा पुग्दा समेत नेपालको प्रस्ट धारणा आउन नसकेको कुरा त्यसमा पाइन्छ । कृतिमा गोर्खा सैनिकमाथि भएको असमान व्यवहारबारे नेपाल तथा बेलायती सरकारको लाचारीपनालाई महत्वका साथ उठाइएको छ । विदेशी सेनामा गोर्खालीहरु सम्मानजनक उपस्थित भए पनि नेपालीको जवानी अर्काको स्वार्थमा उपयोग भएकामा चिन्ता व्यक्त गरिएको छ । त्यसैगरी ‘शान्ति सेनामा नेपाली’ नामक शीर्षकमा नेपालले सन् १९५५ मा संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरेपछि सन् १९५८ देखि राष्ट्र सङ्घको आग्रहमा विश्वका तनावग्रस्त तथा द्वन्द्वग्रस्त मुलुकमा नेपाली सेना पठाउन थालिएको विषय छ । नेपाली सेनाको कार्यकुशलता तथा इमान्दारीले शान्ति सेनामा सैनिकहरु अग्रणी स्थानमा छन् । राष्ट्र सङ्घमा शान्ति सेनाले विभिन्न भूमिका निर्वाह गरी विश्वमा नेपाली सेनाले पाएको लोकप्रियताको प्रसङ्ग समेत कृतिमा पाइन्छ । नेपाली सेनाले सान् १९८६ मा शान्ति स्थापनाको प्रशिक्षण केन्द्रका रुपमा काभ्रेपलाञ्चोक, पाँचखालमा स्थापित केन्द्रलाई सन् २००१ मा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका रुपमा विकास गरी अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र सञ्चालन गरेको विषय समेत कृतिमा छ । विसं १९९८ मा मकवानपुरमा जन्मनुभएका पत्रकार श्रेष्ठका यसअघि नेपाली, नेपाल भाषा र अ¬ङ्ग्रेजी भाषामा गरी करिब तीन दर्जन पुस्तक प्रकाशित छन् । रासस (कृष्णराज गौतम )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending