Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

एमालेमा ‘थिंक ट्यांक’ प्रतिष्ठान बनाउँदै झलनाथ

\"jhalanath-khanal\"काठमाडौं, २९ असोज । एमाले वरिष्ठ नेता झलनाथ खनाल पार्टीको स्वतन्त्र नीति अनुसन्धान प्रतिष्ठान निर्माणमा सक्रिय छन् । केन्द्रीय कमिटीले डेढ वर्षअघि दिएको जिम्मेवारीअनुसार खनाल ढिलोगरी प्रतिष्ठान निर्माणमा सक्रिय बनेका हुन् । आजको नया पत्रिकामा खबर छ– अध्यक्ष केपी ओलीबाहेक एक सय ८३ केन्द्रीय नेता भूगोल र विभागीय काममा सक्रिय रहे पनि लामो समय बित्दा पनि खनालले पाएको जिम्मेवारीअनुसार प्रतिष्ठानले आकार ग्रहण गरेको थिएन । त्यसलाई निष्क्रियता या सन्तुष्टिको अर्थमा एमालेभित्र चर्चा हुन थालिरहेकै वेला खनाल दीर्घकालीन मार्गनिर्देशन गर्न सक्ने प्रतिष्ठान निर्माणमा सक्रिय बनेका हुन् । १३ चैत २०७१ मा बसेको स्थायी समिति बैठकले खनाललाई प्रतिष्ठानको प्रमुख र केन्द्रीय सदस्य प्रमेश हमाललाई उपप्रमुखको जिम्मेवारी दिएको थियो । खनालले प्रतिष्ठान गठनसम्बन्धी कार्यविधिको प्रस्ताव तयार गरेर स्थायी समितिमा बुझाएका छन् । पार्टीले त्यसलाई पारित गरेपछि प्रतिष्ठानले पूर्ण आकार ग्रहण गर्नेछ । उपप्रमुख हमालले नेता खनाल प्रतिष्ठानलाई आकार दिन सक्रिय रहेको र दसैँ–तिहारलगत्तै गठन भइसक्ने बताए । आफूलाई प्रतिष्ठानको जिम्मेवारी दिइएकोमा वरिष्ठ नेता खनाल अध्यक्ष ओलीसँग रुष्ट थिए । अध्यक्षपछिको दोस्रो मर्यादामा रहने नेताले विदेश विभाग प्रमुखको जिम्मेवारी लिने नजिरका आधारमा आफूले विदेश विभाग पाउनुपर्ने खनालको माग थियो । तर, पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन नेता माधवकुमार नेपाललाई तेस्रो मर्यादामा रहने गरी विदेश विभाग प्रमुख बनाउन ओली बाध्य भए । सोही कारण अध्ययन–अनुसन्धानप्रतिको रुचिलाई समेत मध्यनजर गरेर ओलीले खनाललाई प्रतिष्ठान प्रमुख प्रस्ताव गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending