Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

प्रचण्डका यी २ निर्णय, जसले दशैंमा खुसी ल्यायो

\"prachanda\"काठमाडौं, २८ असोज । बडादशैंको दिन प्रधानमन्त्री प्रचण्डले टिका लगाएनन् । लगत्तै एमाले नेता शंकर पोखरेल, रबिन्द्र अधिकारीहरुको फेसबुके विरोध सुरु गरे । तर, प्रचण्डले गरेका २ निर्णयले जनता भने निकै खुसी छन् । प्रचण्ड सरकारले तीस वटा साझा बस थप्ने र दशैंको मूखैमा १०० सरकारी बस चलाउने निर्णय ग¥यो । प्रचण्डको यो निर्णय सधैंजसो दशामा फेरिने गरेको दशैंमा यसपालि ठूलै राहतको विषय बन्यो । अघिल्ला वर्षहरुमा बसको छतमा अटसमटस् गर्दै, दोब्बर तेब्बर भाडा तिरेर राजधानीबाट बाहिरिने यात्रुहरु यस वर्ष भने आनन्दले गन्तव्यमा पुगे । सरकारले चलाएको साझा बस चढेर उपत्यकाबाट बाग्लुङ आइपुगेका नवीन पुलामी भन्छन्, ‘अघिल्लो वर्ष दशैंमा घर आउँदा निस्सासिएर झण्डै मरिएन, बाग्लुङसम्म आउँदा २५०० भाडा तिरियो । यसपालि भने साझा बसमा चढेर ८ घण्टामै आनन्दले बाग्लुङ आइपुगें ।’ पुलामी मात्र होइन, दशैंको बेला उपत्यका छोडेर घर जाने प्रायले यसपालि विगतमा जस्तो कष्ट भोग्नु परेन । अघिल्ला वर्षहरुमा फुलपातीको दिनमा आएर सरकारले अनुगमन गर्ने गथ्र्यो । तर, यसपालि प्रचण्ड १ महिना अघिदेखि नै यातायात व्यवस्था सहज बनाउन खटे । कहिले यातायात मन्त्री बोलाएर ब्रिफिङ लिए, कहिले यातायात सचिव र कहिले साझा बसका निर्देशक । सबैलाई प्रचण्डले एउटै निर्देशन दिए, ‘दशैंमा घर जाने यात्रीले सास्ती भोग्नु नपरोस्, त्यसका लागि जे–जे गर्नुपर्छ गर्नुस्, सहयोग चाहिए भन्नुस् ।’ त्यसो त यसपालिको बजार अनुगमन पनि विगत वर्षहरु भन्दा प्रभावकारी रह्यो । यसपालिको दशैंमा कसैले पनि वस्तुको कृतिम अभाव झेल्नु परेन । महंगी तुलनात्मक रुपमा स्थिर रह्यो । यसरी प्रचण्डका यी २ निर्णय सधैंजसो दशा बन्ने नेपालीका लागि यसपालि साँच्चै दशैं बनेर आयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending