Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

प्रचण्डका यी २ निर्णय, जसले दशैंमा खुसी ल्यायो

\"prachanda\"काठमाडौं, २८ असोज । बडादशैंको दिन प्रधानमन्त्री प्रचण्डले टिका लगाएनन् । लगत्तै एमाले नेता शंकर पोखरेल, रबिन्द्र अधिकारीहरुको फेसबुके विरोध सुरु गरे । तर, प्रचण्डले गरेका २ निर्णयले जनता भने निकै खुसी छन् । प्रचण्ड सरकारले तीस वटा साझा बस थप्ने र दशैंको मूखैमा १०० सरकारी बस चलाउने निर्णय ग¥यो । प्रचण्डको यो निर्णय सधैंजसो दशामा फेरिने गरेको दशैंमा यसपालि ठूलै राहतको विषय बन्यो । अघिल्ला वर्षहरुमा बसको छतमा अटसमटस् गर्दै, दोब्बर तेब्बर भाडा तिरेर राजधानीबाट बाहिरिने यात्रुहरु यस वर्ष भने आनन्दले गन्तव्यमा पुगे । सरकारले चलाएको साझा बस चढेर उपत्यकाबाट बाग्लुङ आइपुगेका नवीन पुलामी भन्छन्, ‘अघिल्लो वर्ष दशैंमा घर आउँदा निस्सासिएर झण्डै मरिएन, बाग्लुङसम्म आउँदा २५०० भाडा तिरियो । यसपालि भने साझा बसमा चढेर ८ घण्टामै आनन्दले बाग्लुङ आइपुगें ।’ पुलामी मात्र होइन, दशैंको बेला उपत्यका छोडेर घर जाने प्रायले यसपालि विगतमा जस्तो कष्ट भोग्नु परेन । अघिल्ला वर्षहरुमा फुलपातीको दिनमा आएर सरकारले अनुगमन गर्ने गथ्र्यो । तर, यसपालि प्रचण्ड १ महिना अघिदेखि नै यातायात व्यवस्था सहज बनाउन खटे । कहिले यातायात मन्त्री बोलाएर ब्रिफिङ लिए, कहिले यातायात सचिव र कहिले साझा बसका निर्देशक । सबैलाई प्रचण्डले एउटै निर्देशन दिए, ‘दशैंमा घर जाने यात्रीले सास्ती भोग्नु नपरोस्, त्यसका लागि जे–जे गर्नुपर्छ गर्नुस्, सहयोग चाहिए भन्नुस् ।’ त्यसो त यसपालिको बजार अनुगमन पनि विगत वर्षहरु भन्दा प्रभावकारी रह्यो । यसपालिको दशैंमा कसैले पनि वस्तुको कृतिम अभाव झेल्नु परेन । महंगी तुलनात्मक रुपमा स्थिर रह्यो । यसरी प्रचण्डका यी २ निर्णय सधैंजसो दशा बन्ने नेपालीका लागि यसपालि साँच्चै दशैं बनेर आयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending