Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

किसानको गुनासोः सस्तो उखु, महंगो चिनी

\"imager-750\" सर्लाही, २७ असोज । क्रसिङका बेला उखुको मूल्य निकै सस्तो भए पनि बजारमा चिनीको भाउ आकासिएको छ । उखु क्रसिङका बेला ६० रुपैयाँमा पाइने चिनीको भाउ ८० रुपैयाँ पुगेको छ । चिनीको मूल्य घटेको भन्दै उद्योगले क्रसिङका बेला उखुको भाउ घटाएका थिए । घटी मूल्यमा खरिद गरेको उखुबाटै उत्पादित चिनीको भाउ भने किलोमा २० रुपैयाँ बढेको छ । गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ४ सय ४८ रुपैयाँ कायम गरी क्रसिङ सुरु भएको थियो । चिनीको भाउ निरन्तर घटेको भन्दै उद्यमीले उखुको भाउ अघिल्लो वर्षभन्दा घटाएका थिए । त्यसअघि उखुको भाउ ४ सय ६१ थियो । ५ वर्षयता चिनीको मूल्य घटेको भन्दै निरन्तर उखुको भाउ घटदै आएको छ । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले ५ बर्ष यता उखुको भाउ ३३ रुपैयाँ घटेको बताए । ‘सस्तोमा उखु किनेर महँगोमा चिनी बेच्न पाउँदा उद्योगलाई मात्र फाइदा भइरहेको छ,’ उनले भने, ‘चिनी किलोमा २० रुपैयाँले भाउ बढेको छ । किसानले भने लागतसमेत नउठ्ने गरी सस्तोमा उखु बेच्नुपरेको छ ।’ उनले चिनीको मूल्यवृद्धिअनुसार यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५० कायम हुनुपर्ने बताए । गत क्रसिङमा उखुबाट चिनीको उत्पादन प्रतिशत ९रिकोभरी० पनि राम्रो भएकाले उद्योगलाई व्यापक फाइदा भएको किसानको भनाइ छ । प्रतिक्विन्टल उखुमा औसत करिब १० किलो चिनी उत्पादन भएकाले भाउ बढेपछि चिनी उद्योगले निकै नाफा गरेको किसानहरू बताउँछन् । मिलगेट उखु उत्पादक समितिका अध्यक्ष वेदबहादुर बुढाथोकीले सस्तोमा उखु किनेर महँगोमा चिनी बेच्न पाउँदा मिलले धेरै नाफा कमाएको बताए । उनले यस वर्ष चिनीको रिकोभरी राम्रो भएकाले मिलले अचाक्ली कमाएको दाबी गरे । (कान्तिपुबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending