Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

नवलपरासीमा कन्यालाई दशैंकाे दक्षिणाः कापी र कलम

नवलपरासी, २५ असोज । कन्यालाई दक्षिणास्वरुप कापी कलम दिएर नवलपरासीमा नयाँ कामको थालनी गरिएको छ । बडादसैँको अवसरमा स्थानीय धार्मिक तथा ऐतिहासिक शक्तिपीठ पाल्ही भगवती मन्दिरमा पूजाअर्चनापछि कन्यालाई नगदको सट्टा कापी कलम दिइएको हो । मन्दिरका मुख्य पुजारी एवम् पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सोमबार नवमीको अवसरमा स्थानीय गरिब विपन्न समुुदायका बालिका ९कन्या०लाई दक्षिणास्वरुप कापी कलम प्रदान गरेका थिए । यस कार्यक्रममा सहभागी करिब ४० कन्याले सो कार्यको प्रशंसा गरेका छन् । पाल्ही भवगती मन्दिर यस क्षेत्रका अन्य शक्तिपीठमध्ये बढी विश्वासिलो धार्मिकस्थल मानिन्छ । तत्कालीन सेनवंशी पाल्पा राजाको पालादेखि यस देवीलाई साक्षात् देवी स्वरुप पञ्चबलि पूजा दिइदै आएको छ । सम्वत् १९२२ गोरखा जिल्लाको च्याङ्लीबाट भूपदेव कँडेलका छोरा इन्दिवर राज कँडेल बसाइ सराइ आएपछि तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहबाट इन्दिवर राज कँडेललाई सुब्बाको ओहदाबाट सम्मानित गरी पाल्ही माझ खण्डको नेतृत्व प्रदान गरिएको थियो । जसको मातहातमा प्रशासनका साथ माल अदालत पनि पर्दथ्यो । सोही समयदेखि देवीको मुख्य पूजा र यस मन्दिरको संरक्षण सुब्बा इन्दिवर कँडेलका वंशले निरन्तर गर्दै आएको इतिहास छ । सो वंशको निरन्तताअन्तर्गत हाल सो मन्दिरका मुख्य पुजारीका रुपमा नेपाली काँग्रेसका नेता एवम् पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कँडेल रहँदै आएका छन । विसं १९८५ मा स्व माधवराज कँडेलले पुरानो जीर्ण मन्दिरलाई पुनःनिर्माण गर्नुभएको थियो । सो मन्दिरमा भाकल गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले भारतबाट समेत बाक्लो मात्रामा भक्तजनको घुुइँचो लाग्ने गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending