Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

आज तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुल्ला,देउवा दम्पति पनि पुगे

[caption id=\"attachment_96315\" align=\"aligncenter\" width=\"846\"]\"देउवा देउवा दम्पति तलेजु भवानीको मन्दिरमा[/caption] काठमाडौं, २४ असोज । नवरात्रिको नवौं दिनको अवसरमा भगवतीको पुजाकालागि आज काठमाडौको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । तलेजु भवानीको मन्दिर वर्षभरिमा केवल आजको एकदिनमात्र सर्वसाधारणका लागी खुल्ला गरिन्छ । यतिबेला उक्त मन्दिरमा भक्तजनहरुको बाक्लो भिडभाड रहेको छ । यहाँ भगवतिको पुजा गरेमा मनोकामना सिद्ध हुने र शत्रुहसँग जित हुने धार्मिक विश्वास रहेको पाइन्छ । आजका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा कागं्रेस सभापति शेरबहादुर देउवा दम्पतिले समेत पुजा गरेका छन । देउवा दम्पति मन्दिरमा पुगेपछि सहजताकालागि चारै ढोका खुलीएको थियो । गत बर्षको भूकम्पले जीर्ण बनेको उक्त मन्दिर केहि क्षणका लागि मात्र खेलीने जनाइएको छ , पुजाका लागि हनुमानढोका दरबारको बाटोबाट देउवाको टोली तलेजु मन्दिर पुगेको हो । मन्दिरमा पुग्न नसक्नेहरुले आजको दिन धुप आरती, फूल, नैवेद्य आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका विरुवाहरुको पूजागर्ने चलन पनि रहेको छ । भगवतिलाई कुखुरा, बोका, भेँडा, हाँस र कुखुराको पञ्चवली चढाएर कोतपूजा र निशानपूजा पनि मन्दिरमा गर्ने गरिन्छ । कतिपय शत्तिपीठमा दुइदेखि दश वर्षसम्मका कन्याहरुको पूजागर्ने चलन पनि छ र यस्तो कन्यापूजाको बारेमा देवीभागत्वमा लेखिएको छ । यसैबीच नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यालयले कलपूर्जा, हतियार र गाडीहरुको विशेष पूजा सहित जङ्गी निशानपूजा र कोतपूजा गर्ने गरेको पाइन्छ । तलेजु भवानीको मन्दिरका साथै आज उपत्यका भित्रका दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, संकटा, वज्रयोगिनी, वज्रवाराही लगायतका शक्तिपीठहरुमा समेत भक्तजनहरुको भिडभाँड रहेको छ । उपत्यका बाहिर पर्साको तिलावे नदि पारी केहूनिया भन्ने ठाँउमा रहेको शक्तिपीठ विन्दवासिनी देवीको मन्दिरमा, वीरगञ्जको गहवामाईमा, काभ्रेको पलाञ्चोक भगवतीमा, सप्तरीको छिन्नमस्ता मन्दिरमा, डडेलधुराको उग्रतारा मन्दिरमा, जनकपुरको राजदेवी मन्दिरमा, गोरखाको मनकामना मन्दिरमा, सुनसरी जिल्लाको दुहवीको बुढीखोला किनारमा रहेको काली मन्दिर, बनेपाको चण्डेश्वरी लगायत काठमाडौ वसन्तपुर दरबार स्क्वायरमा रहेको दशैंघर, कोतको पटाङ्गगीनीलगायत नेपालभरिका शक्तिपीठ र मन्दिरमा बोका, हाँस, कुखुरा र राँगाको वलीसहित पूजाअर्चना र सप्तशती पाठ गरिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending