काठमाडौँ । निर्वाचन आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवाद र सोही सन्दर्भमा नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थिति बढेसँगै आयोगमा सुरक्षाकर्मीको संख्या थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार शुक्रबार निर्वाचन आयोगमा थप सुरक्षाकर्मी तैनाथ गरिएको हो । उनले भने, “नेपाली कांग्रेसको देउवा पक्षका नेता तथा कार्यकर्ताहरू निर्वाचन आयोग पुगेपछि सम्भावित अवस्था मूल्याङ्कन गर्दै सुरक्षाकर्मीको संख्या बढाइएको हो।”
बिहीबार बिहानैदेखि नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र नेता–कार्यकर्ताहरू निर्वाचन आयोग परिसरमा पुगेका छन् । उनीहरू कार्यबाहक प्रमुख निर्वाचन आयुक्तसँग विशेष भेटवार्ता तथा छलफलका लागि आयोगको कार्यकक्षमा पुगेका थिए ।
यसैबीच आयोग परिसरभित्र र बाहिर तरुण दलसम्बद्ध कार्यकर्ताहरूको समेत उपस्थिति देखिएको छ । कांग्रेसभित्रको विवाद गहिरिँदै जाँदा आयोगमा दुवै पक्षको चासो बढेको र त्यसले सुरक्षा संवेदनशीलता बढाएको प्रहरीको भनाइ छ ।
सुरक्षाका दृष्टिले आयोग परिसरमा निगरानी बढाइएको, प्रवेश व्यवस्थापन कडाइ गरिएको र अवस्था सामान्य रहुन्जेल सुरक्षा सतर्कता कायम रहने प्रहरी स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसभित्रको नेतृत्व विवाद निर्वाचन आयोगसम्म पुगेपछि विकसित घटनाक्रमलाई राज्यका सुरक्षा निकायहरूले नजिकबाट नियालिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ११:३०
काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...
माघ ३ गते, २०८२ - ११:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...
माघ ३ गते, २०८२ - ११:२४
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...
माघ ३ गते, २०८२ - ११:२१
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । खड्काले नेता शेखर कोइरालासहित आज...
माघ ३ गते, २०८२ - ११:२०
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले आफूहरू नै आधिकारिक पार्टी भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएको छ । कार...
माघ ३ गते, २०८२ - ११:१९
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो...
माघ ३ गते, २०८२ - १०:५९
काठमाडौँ । झापा, नवलपरासी र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । झापाको बिर्ताम...
माघ ३ गते, २०८२ - १०:५६
पाेखरा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । कास्कीका सहायक प्रमुख जि...
माघ ३ गते, २०८२ - १०:५५
काठमाडाैं । इरानमा हालै भएका विरोध प्रदर्शनका क्रममा मारिएका व्यक्तिहरूका शव परिवारलाई फिर्ता दिन सरकारी सुरक्षा निकायले ठुलो रकम मागिरहेको खुलासा भएक...
माघ ३ गते, २०८२ - १०:५३
काठमाडौँ । निर्वाचन आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवाद र सोही सन्दर्भमा नेता–कार्यकर्ताहरू...




प्रतिकृया लेख्नुहोस्: