Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

रोल्पा कारागारबाट छ कैदी छुटे

रोल्पा, २४ असोज । बडादसैँको अवसरमा कारागार शाखा रोल्पाबाट छजना कैदी बाँकी कैद मिनाहा भई रिहा भएका छन् । कारागारमा रहँदा राम्रो आचरण देखाएको भन्दै उनीहरुलाई जिल्ला कारागार शाखा रोल्पाका जेलरको सिफारिसमा सरकारले रिहा गरेको हो । त्यसरी रिहा हुनेहरुमा डाँका चोरी मुद्दाका पाँच, ज्यान मुद्दाका एकजना रहेका छन् । डुबिडाँडा–२ रोल्पाका ज्ञानबहादुर बस्नेत र ओमप्रकाश बस्नेत, जुगेडा–८ अर्घाखाँचीका दोर्णबहादुर वीरकट्टा मगर, तिलपुङ–३, रामेछापका सञ्जय भनिने दीपक राना, सौडियार–७, दाङका लोकराज कँवर डाँका चोरी मुद्दाअन्तर्गत कैद भुक्तान गरिरहेको अवस्थामा बाँकी कैद मिनाहामा परी रिहा भएका हुन् । यसैगरी, घोराही–१ दाङका मङ्गल चौधरी कर्तव्य ज्यान मुद्दाअन्तर्गत कैद भुक्तान गर्दागर्दै बाँकी कैद मिनाहा भई रिहा भएको जिल्ला कारागार शाखा रोल्पाका प्रहरी सहायक निरीक्षक कुलबहादुर रावतले जानकारी दिएका छन् । उनीहरुलाई यसपटक बाँकी कैद मिनाहा दिइए पनि अर्कोपटक पुनः मुद्दा परे पटके मुद्दाअन्तर्गत दोब्बर सजाय हुने रावतले जानकारी दिए । कारागार शाखा रोल्पामा हाल थुनुवा तीन र कैदी छसहित नौजना महिला रहेका छन् भने आठ थुनुवा र ५९ कैदीसमेत ६७ जना पुरुष रहेका छन् । यसैगरी, सो कारागारमा तीनजना नाबालकसहित जम्मा ७९ जना थुनुवा एवम् कैदी रहेको जिप्रका, रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए । हरेक वर्ष सरकारले विभिन्न राष्ट्रिय पर्वको अवसर पारेर कैदीबन्दीलाई रिहा गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending