Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

घट्दो आम्दानी,बढ्दो महङ्गी बीच नेपालीको दशैं

[caption id=\"attachment_96284\" align=\"aligncenter\" width=\"826\"]\"फार्इल फार्इल तस्वीर[/caption] काठमाडौं, २३ असोज । घट्दो आम्दानी तर बढ्दो महङ्गी बीच बहुसंख्यक नेपालीहरुले मान्ने दसैं हाम्रो घर आगनमा भित्रिसकेको छ । यसपटकको दसैंमा उपभोक्ताले चर्को मूल्यवृद्धिको मार समेत खेप्नु परेको छ । झन् ठूला चाडपर्वमा त व्यवसायीहरुले कृत्रिम अभाव नै सिर्जना गरि मूल्य बढाउने कोसिस गरेको देखिन्छ । यसबर्ष पनि उपभोक्ताहरुले मंहगीको मार खेपिरहेको छन् । बस्तुको कृतिम अभाव,मूल्य बृद्धी र कालो बजारीका बिरुद्ध विभिन्न संघ संस्थाहरुले समेत सर्घष गरे । केहि दिन अघि मात्र संयुक्त रुपमा विद्यार्थी संगठनहरुले सडकमै उत्रेर त्यसको चर्को विरोध गरेको थियो । तर पनि दशैं जति जति नजिकीदै गएको छ, उपभोग्ताहरु ठगिने काम त्यति बढिरहेको सर्वसाधारण नागरिकहरुको भनाइ छ । यतिबेला बजारमा तरकारीको मूल्य एक्कासि आकासिएको भन्दै, नयाँ वानेश्वरका प्रवेश मल्लले खबरडबलीसँग भने–‘कुनै अभाव वा यातायात अवरोध पनि छैन, सहज तरकारी आएकै छ, किन यसरी मूल्य बढाएको होला ? सरकारी निकायहरुले यसमा खासै ध्यान दिएनन ।’ आर्थिक वृद्धिदर र महङ्गी दुईवटा सँगसँगै आउने विषय हुन् । आर्थिक वृद्धि हुँदा व्यक्तिको क्रयशक्ति बढ्छ र वस्तुको माग बढ्न गई त्यसले मुल्यमा पनि असर पार्दछ भन्ने अर्थसास्त्रीय सिद्धान्त हो । तर आर्थिक वृद्धि र मुल्यवृद्धिको अनुपात मिलेन भने देशको अर्थव्यवस्थामा पनि यसले असर पार्ने देखिन्छ । गत आर्थिक वर्ष २०७२÷७३ मा आर्थिक वृद्धिदर शून्य दशमलब ७७ प्रतिशत मात्रै रह्यो जबकि यस आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशतले आर्थिक वृद्धिको लक्ष्य लिइएको छ । तर यही आर्थिक वर्षमा ९ दशमलब ५ प्रतिशतले मुल्यवृद्धिको आंकलन गरिएकामा त्यो बढेर ९ दशमलब ७ प्रतिशत पुग्यो । यसको अर्थ व्यक्तिको आम्दानी वा क्रयशक्तिमा कमी आयो भन्ने हो । अझ यो त राष्ट्र वैंकले दिएको तथ्याक मात्रै हो तर त्यस भन्दा पनि निक्कै बढी महंगीको मार नेपालीहरुले खेप्नु परेको अर्थ क्षेत्रका जानकारहरु बताउँछन् । गत आर्थिक वर्षमा भारतीय नाकाबन्दीको ठूलो असर देखिएकाले आर्थिक वृद्धि र मुल्यवृद्धिबीच व्यापक अन्तर भएको पाइएको छ । आर्थिक वर्ष २०७१र७२ लाई हेर्ने हो भने पनि आर्थिक वृद्धिको लक्ष्यभन्दा ज्यादै कम मात्रै वृद्धि भएको छ । ७१–७२ मा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकामा जम्मा २ दशमलब ३२ प्रतिशत मात्रै सम्भव भएको राष्ट्र बैंकको तथ्यांक छ । तर यस आर्थिक वर्षमा ९ प्रतिशतले मुल्यवृद्धि हुने आंकलन गरिएकामा त्यो ८ दशमलब ५ प्रतिशतमा सीमित राख्न सकिएको सरकारी तथ्याकले देखाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending