Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

एलडीओको दशैं बिदा कटौती

काठमाडौं, २१ असोज । देशभरका स्थानीय विकास अधिकारी (एलडीओ) हरूले यसपालिको दसैंतिहारको बिदामा समेत कार्यालयमा गई नियमित काम गर्नुपर्ने भएको छ । स्थानीय तह पुनःसंरचना कार्य छिटो सक्न सरकारले एलडीओहरूलाई सार्वजनिक बिदामा समेत काम गर्न निर्देशन दिएको हो । आजको राजधानी दैनिकमा खबर छ– एलडीओहरूलाई सम्बन्धित जिल्लाको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको संयोजक बनाइएको छ । हाल सोही समितिको समन्वयमै जिल्ला–जिल्लामा स्थानीय तह पुनःसंरचना कार्य भइरहेको छ । स्थानीय तह निर्धारण कार्य तीव्र गतिमा भए स्थानीय तह पुनःसंरचना आयोगले आगामी कात्तिकभित्र प्रारम्भिक प्रतिवेदन दिने सरकारको अपेक्षा छ । तर, आयोगले भने कात्तिक मसान्तभित्र प्रतिवेदन दिने प्रतिबद्धता जनाएको छैन । स्थानीय तह पुनःसंरचना कार्यमा दलहरूबीचको विवाद कायम रहने र सरकारबाट पनि कुनै पनि बेला आपूmलाई थप मापदण्ड प्राप्त हुन सक्ने अनुमान गर्दै आयोगले कात्तिकभित्र प्रतिवेदन दिने प्रतिबद्धता जनाउन नसकेको हो । आयोग गठनपश्चात् सरकारबाट आयोगलाई दिइएको कार्यसर्त (टीओआर) को ११ नम्बर बुँदाअनुसार सरकारले कुनै पनि बेला आयोगलाई मापदण्ड दिन सक्छ । यही बुँदाअनुसार भविष्यमा फेरि पनि मापदण्ड परिमार्जन हुन सक्ने र त्यसले आफूहरूको काम प्रभावित हुने आयोगको ठहर छ । केही समयअघि सरकारले यही बुँदाअनुसार आयोगको मापदण्ड परिमार्जन गरेको हो । स्थानीय तह पुनःसंरचना कार्य छिटो सक्नका लागि नै एलडीओहरूलाई बिदा नबस्न निर्देशन दिइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । एलडीओहरूले दसैंतिहारको बिदामा बिदा बस्नुपरे पनि मन्त्रालयको स्वीकृति अनिवार्य रूपमा लिनुपर्नेछ । ‘स्थानीय तह पुनःसंरचना आयोगले आगामी कात्तिकभित्र रिपोर्ट बुझाउन सक्यो भने आगामी चैतभित्र चुनाव गर्न सक्छौं भन्ने हिसाबले एलडीओहरू बिदा नबस्ने र बस्नै परे पनि स्वीकृति लिएर बस्ने परिपत्र गरिएको छ,’ मन्त्रालयकी सहायक प्रवक्ता सीता परियारले राजधानीसँग भनिन्, ‘दसैंतिहारबाहेक अन्य सार्वजनिक बिदाको हकमा पनि यो व्यवस्था कायम गरिएको छ ।’ मन्त्रालयले यसअघि सरुवा भएका एलडीओहरूलाई पनि स्थानीय तह पुनःसंरचना कार्य नटुंगिएसम्म साबिककै जिल्लामा बसेर काम गर्न निर्देशन दिएको छ । स्थानीय तह पुनःसंरचना कार्य सकिएपछि मात्रै सरुवा भएको सम्बन्धित जिल्लामा गएर काम गर्नुपर्ने परिपत्र गरिएको छ । ‘स्थानीय विकास अधिकारीहरूको सरुवाबाट गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोगको काममा असर पर्ने भएकाले हाललाई अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि स्थानीय विकास अधिकारीहरूले जिल्ला नछोडी साबकबमोजिम जिल्लाको काम गर्नुहुन र सार्वजनिक बिदाको दिनमा समेत मन्त्रालयको स्वीकृतिविना जिल्ला नछोड्न नेपाल सरकार सचिवस्तरीय बैठकको निर्णयअनुसार अनुरोध छ,’ मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ । एलडीओहरूले सार्वजनिक बिदामा समेत गर्नुपर्ने यो निर्णय गत १७ असोजमा गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending