Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

कन्टेनर बिग्रदा पासाङ ल्हामु राजमार्ग अवरुद्ध

[caption id=\"attachment_95715\" align=\"alignnone\" width=\"750\"]\"फाइल फाइल फाेटाे[/caption] रसुवा, १९ असोज । पासाङ ल्हामु राजमार्गअन्तर्गत राम्चेखण्डको भीरमा एउटा मालवाहक कन्टेनर ट्रक बिग्रिएपछि यातायात ठप्प भएको छ । सडक खुलाउनका लागि नेपाल प्रहरी, जिल्ला ट्राफिक प्रहरीलगायत सुरक्षा निकाय प्रयासरत छन् । पासाङ ल्हामु राजमार्गको अवरोध हटाउन बसेको डोजर अपरेटर नहुँदा गएरातिदेखि अवरुद्ध सडक खुल्न सकेको छैन । रसुवा प्रहरी, कालिकाथान चौकीका प्रहरी इन्चार्जसहित प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी रसुवाले जनाएको छ । केरुङको सामान ढुवानी रातिमात्र यसैबीच, उत्तरी नाका रसुवागढीबाट रातको समयमा मात्र मालवाहक सवारीसाधन केरुङ जान पाउने भएका छन् । रसुवागढी मितेरी पुलदेखि चिनियाँ भूभागको केरुङसम्म बिग्रेका सडक मर्मत एवम् पुनःनिर्माणको कार्य भइरहेका कारण सडक सुधार कार्य सहज बनाउन दिनको समयमा काम गराउने तथा रातको समयमा व्यावसायिक सामान बोक्ने ट्रक कन्टेनर छोडिने व्यवस्था मिलाइएको जानकारी चिनियाँ पक्षबाट आएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुले बताए । दसैंयता अब मालसामग्री लिने ट्रक कन्टेनर केरुङ जाँदै गरेका सबै मालवाहक सवारीसाधन लगभग तीनसय ५० वटा नेपाल फर्किसकेका छन् । करिब एक सय ५० ट्रक कन्टेनर जाँचपास भई आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको र अन्य सवारीसाधनमा ल्याएका सामग्रीको परीक्षण कार्य लामबद्ध रुपमा भइरहेको बताइएको छ । चीनबाट आयात भएका सामग्रीमा तामाकोसी, मध्यभोटेकोसीलगायत जलविद्युत् आयोजनाका उपकरण, स्याउ, इलेक्ट्रिक सामान, कम्प्युटर पार्ट, तयारी पोसाक, रोलकपडा, जुत्ता, चप्पल, बच्चाका खेलौना, मोटरका पार्टपुर्जालगायत सामग्री भएको प्रमुख भन्सार अधिकृत पनेरुले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending