Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

दुनियाँका आठ रहस्यमय घटना, सकेन विज्ञानले पत्ता लगाउन

संसारमा अचम्म अचम्मका घटनाहरु हुने गरेका छन् । आजको विज्ञान र प्रविधिको संसारमा ती घटनाहरु कसरी भएका थिए भन्नेबारे आजसम्म कसैले भन्न सकेका छैनन् । आज पनि ती अचम्मका घटनाहरु रहस्यको गर्भमा नै रहेको छ। यी हुन् ती अाठ रहस्यमय घटनाहरुः १. ६ ईन्च छोटो नरकंकाल \"51-750\" चिलीमा एक ‘घोस्ट टाउन’मा करिव ६ इन्च छोटो मानिसको नरकंकाल भेटिएको थियो । उक्त नरकंकालको दाँत निकै मजबुत थियो । उक्त नरकंकालको शरिर निकै कडा भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले बताएका छन् । त्यहाँका वैज्ञानिकहरुले अध्ययन गरी सो कंकाल मानिसकै भएको बताएका थिए । हालसम्म सो नरकंकाल कति वर्ष अघिको हो भन्नेबारे पत्ता लाग्न सकेको छैन । २. आकाशबाट मासुको वर्षा \"52-750\" सन् १८७६ मा अमेरिकाको एक प्रान्तमा अनाचक आकाशबाट मासुको वर्षा भएको समाचार संस्थाहरुले बताएका छन् । न्युयोर्कका वैज्ञानिकहरुले सो मासुको अनुसन्धान गर्दा मासु घोडा जस्तो कुनै जिवको भएको बताएका थिए । तर त्यो मासु कसरी आकाशबाट खस्यो भन्नेबारे आजसम्म पत्ता लाग्न सकेको छैन । ३. २ हजार वर्ष पुरानो मानव शरिर \"53-750\" चीनमा पाइएको उक्त २ हजार वर्ष पुरानो मानव शरिर पनि एक रहस्य बनेर रहेको छ । वैज्ञानिकहरुले करिव २ हजार वर्ष पुरानो भनिएको उक्त मानव शरिर आजसम्म पनि अस्तित्वमा रहेको छ । उक्त मानव शरिर कसको भन्ने आजसम्म पनि खुल्न सकेको छैन । ४. हराउने नदी \"54-750\" द डेविल्स केटलको नामबाट परिचित यो नदीमा आधा पानी एउटै खाल्टोबाट हराउँछ । कसैलाई थाहा हुँदैन की पानी कहाँ गायव भएको छ भन्ने तथ्य । कयौं वर्षदेखि वैज्ञानिकहरु गायब भएको उक्त नदीको पानीबारे अनुसन्धान गरिरहेका छन् । तर, आजसम्म सत्यता बाहिर आएको छैन । ५. जब जनावरले बचायो मानिसको ज्यान \"55-750\" १९७५ मा चीनको हियेङ सहरका मानिसहरुको ज्यान जनावरले बचाएका थिए । जनावरको अचम्म अचम्मको व्यवहार प्रदर्शन गर्न थालेपछि सहर खाली गरिएको थियो । त्यसको केही दिनपछि नै ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पपछि सहर पुरै तहन नहस भएको थियो । ६. पौडी खेल्दा खेल्दै गायब प्रधानमन्त्री \"56-750\" २२ महिनासम्म अष्ट्रिेलियाको प्रधानमन्त्री रहेका हेरोल्ड होल्ट एक ‘स्विमिङ स्पोट’मा पौडि खेल्दाखेल्दै गायब भएका थिए । उनी ठाउँको ठाउँ हराएपछि उनलाई खोज्न अत्याधुनिक उपकरण सहित सैनिक र गोताखोरहरुको प्रयोग गरिएको थियो । जति नै खोज्दापनि उनी भेटिएन । उक्त घटना आजसम्म पनि रहस्यको गर्भमा नै लुकेको छ । ७. डान्सिङ रोग ! \"57-750\" भनिन्छ, सन् १५१८ मा एक यस्तो महामारी रोग आएको थियो, जसले मानिसहरु नाचिमात्रै रहन्थे । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार सो रोग तत्कालीन समयमा एक महामारी जस्तै थियो । सो रोग लागेपछि मानिसहरु महिनौ एकोहोरो नाचिमात्रै रहन्थे । १५ औं शताब्दीको उत्तरार्धमा त्यस्तो प्रकारको रोग एल्सासेको स्ट्रासबर्गमा फैलिएको थियो । लगातार मानिसहरु नृत्यु मात्रै गरिरहे पछि मानिसहरुको हृदयघाटका कारण मृत्यु भएको थियो । त्यसपछि यता कहिल्यै नदेखिएको उक्त रोग के कारणले मानिसमा लाग्यो भन्नेबारे आजसम्म पत्ता लाग्न सकेको छैन । ८. उडाउन नजान्ने चोरद्धारा विमान अपहरण \"58-750\" सन् २००२ मा में अंगोलन एयरपोर्टबाट एक ठूलो हजाई जहाजको चोरी भएको थियो । विमानको लाईट बन्द थियो । विमान उड्न आवश्यक पर्ने सम्पूर्ण संकेतहरु बन्द भइसकेको अवस्थामा थियो । तर एक्कासी एअरपोर्टबाट विमान अपहरित भयो । अपहरणपछि एटलान्टिक समुन्द्रको माथि देखिएको बिमान त्यसपछि कतै देखिएन । आजसम्म पनि उक्त विमानको बारेमा सत्यतथ्य बाहिर आउन सकेको छैन । एजेन्सीको सहयोगमा 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending