Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्छ– उपराष्ट्रपति पुन

\"pasang\"काठमाडौँ, ११ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । डेरी एसोसिएसनले मंगलबार आयोजना गरेको डेरी उत्पादन तथा उपकरण प्रदर्शनीमा उपराष्ट्रपति पुनले मुलुकको कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३४ प्रतिशत रहेको बताउँदै कृषिको आधुनिकीकरण गर्न सके कृषकको जीवनमा समेत आमूलपरिवर्तन हुने बताए । उनले भने, ‘दूध उत्पादन गर्ने कृषक र उपभोक्ताले तिर्ने पैसाबीच निकै अन्तर भएकाले यस्मा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ । कृषि क्षेत्रका नीति, नियम बोझिला र झन्झटिला छन्, यसलाई सहज बनाउन छिट्टै नीतिगत संशोधन हुनेछ ।’ पशुपक्षी विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले कृषि क्षेत्रको विकासका लागि मन्त्रालयले यसै आर्थिक वर्षदेखि लागू हुने गरी २० वर्षे रणनीतिक कार्ययोजना थालनी गरेको जानकारी दिँदै त्यो पूर्णरुपमा कार्यान्वयन हुँदा नेपालको व्यापार घाटा निकै न्यून हुने अपेक्षा व्यक्त गरे । उद्योग वाणिज्य महासङ्घका कार्यबाहक अध्यक्ष भवानी राणाले दुग्ध उत्पादन तथा प्रवद्र्धनका लागि डेरी एसोसिएसनले अग्रणी भूमिका निर्वाह गरेकामा महासङ्घका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफूहरु सधैँ तत्पर रहेको बताए । एसोसिएसनका अध्यक्ष सुमित केडियाले भने –सरकारले मुलुकको आर्थिक विकासका साथै बढी भन्दा बढी रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनु आवश्यक छ ।” एसोसिएसनका प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटाले ‘दुग्ध क्षेत्रको वर्तमान अवस्था, समस्या र समाधानका उपाय तथा नीतिगत कदम’ विषयको कार्यपत्र प्रस्तुत गर्दै डेरी उत्पादनका क्षेत्रबाट चार लाख ५० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बताए । कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिनाका साथै एसोसिएसनले आयोजना गरेको व्यक्तित्वकला प्रतियोगितामा उत्कृष्ट हुने छात्रालाई पुरस्कृत गरिएको थियो । हाल नेपालभर दैनिक ४८ लाख लिटर दूध उत्पादन हुने गरेकामा काठमाडौँमा मात्र चार लाख ५० हजार लिटर खपत हुने गरेको छ । रासस÷
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending