Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि नयाँ शक्तिले आन्दोलन गर्ने

\"brb-750\"काठमाडौं, ११ असोज । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालमा संसदीय व्यवस्था अस्थिर भएकै कारण गरिबी र पछौटेपन हट्न नसकेकाले अब शासकीय स्वरुप फेर्नुको विकल्प नरहेको बताएका छन् । काठमाडौंमा मंगलबार नयाँ शक्ति पार्टी, नेपालको प्रशिक्षण विभागले आयोजना गरेको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण मन्तव्य राख्दै उनले भने, –‘यस्तो अस्थिर प्रकारको शासकीय स्वरुपको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका निम्ति नयाँ शक्ति पार्टीले सशक्त आन्दोलनको तयारी गर्नेछ ।’ उनले भर्खरै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा गरेको २५ बुँदे सम्झौताप्रति असहमति जनाउँदै त्यसले नेपाललाई भुटानीकरणको बाटोमा लगेको भन्दै त्यसका विरुद्धसमेत सशक्त आन्दोलन गर्ने बताए । डा. भट्टराईले नयाँ शक्ति पार्टीको टेक्ने आधार नेपाली समाजको बहुवर्ग भएको बताउँदै कामचोर वर्गबाहेक पुँजीपति, श्रमजीवी, बुद्धिजीवी सबै तप्काको प्रतिनिधित्व नयाँ शक्तिले गर्ने बताए । उनले यही वर्गका बीच नयाँ शक्तिलाई स्थापित गराएर आगामी निर्वाचनबाट आप्mनो शक्तिलाई राजनीतिक रुपमा वैकल्पिक शक्तिका रुपमा जनताबीच स्थापित गर्ने धारणा समेत राख्नुभयो । डा. भट्टराईले यही वर्गलाई ध्यानमा राख्दै सडक, सदन र सरकारको मोर्चामा नयाँ शक्ति सशक्त रुपले अगाडि आउने धारणा राखे । भट्टराईले बदलिएको परिस्थति अनुरुप नयाँ शक्तिलाई विकसित गर्दै सँधै नयाँ शक्तिकै रुपमा स्थापित गर्ने लक्ष्य आफूहरुले लिएको भन्दै नयाँ शक्ति आर्थिक, सांस्कतिक र आचरणका हिसाबमा पनि खुल्ला र पारदर्शी शक्ति हुने बताए । उनले नेपालको विकासमा आन्तरिक राष्ट्रिय एकता कायम गर्नुपर्ने र सँगसँगै बाह्य राष्ट्रियताको पक्षमा समेत ध्यान दिनुपर्ने बताउनु भयो । भट्टराईले नेपाल पृथ्वीनारायण शाहले भनेजस्तो दुई ढुंगाको तरुल नभई आर्थिक रुपमा सम्पन्न दुई ठूला राष्ट्र चीन र भारतबीचको गतिशील पुल भएको समेत बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies