Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पूर्वमन्त्री घिमिरेको घटनास्थल पुगेका उपप्रधान तथा गृहमन्त्रीको निर्देशन – मेसिन प्रयोग गरेर भएपनि खोज्नुस

\"news-mantri-750\"काठमाडाै, ११ असाेज । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दुर्घटनामा बेपत्ता भएका पूर्वगृहमन्त्री लगायतको खोजीका लागि आवश्यक परेमा मेसीन प्रयोग गरेर खोज्न निर्देशन दिएका छन् । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी दुर्घटनामा परेको त्रिशूलीको घोप्टेभीरमा निरीक्षणमा आएका गृहमन्त्री निधिले घटना अन्त्यन्तै दुस्खदायी भन्दै सरकारले खोजीमा कुनै कसर बाँकी नराख्ने बताए । घटनास्थलको निरीक्षणपछि गृहमन्त्री निधिले सुरक्षा निकायलाई खोजीमा अहोरात्र खट्न भन्दै त्यस्तो निर्देशन दिएका हुन् । पूर्वगृहमन्त्री दुर्घटना परे सरकार गम्भीर रहेकाले आफू निरीक्षण, अवलोकनमा आएको मन्त्री निधिको भनाइ छ । गृहमन्त्रीको निरिक्षण टोलीमा गृहसचिव लोकदर्शन रेग्मी, गृहमन्त्रालयअन्तर्गत शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका आईजीपी दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मी पनि छन् । खोजी कार्यमा वाटर क्यामरा, पानीभित्र खोज्ने मेसिन लगायत उच्चस्तरीय प्रविधि प्रयोग गरिएको उल्लेख गर्दै गृहमन्त्री निधिले अपुग भए विदेशबाट मगाउन सरकार तयार रहेको बताए । उनले विशेषज्ञ प्राविधिक टोलीलाई खोजीमा दिनरात खटिएको भन्दै आवश्यक सहयोग गर्न सरकार जुनसुकै समयमा तयारको बताए । घटनास्थल चितवनको घोप्टेभीर अवलोकनपछि गृहमन्त्रीको टोली भारतसँग सीमा जोडिएको नवलपरासीको त्रिवेणीतर्फ गएको छ । खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका गरी पाँच सयभन्दा बढी खटिएका छन् । गृहमन्त्रीको टोली भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयको अवलोकनपछि मंगलबार नै काठमाडौं फर्कनेछ । टोलीसँगै घाइते चालक विष्णु राईलाई काठमाडौं ल्याइनेछ । मुस्ताङमा बाबुको सोह्रश्राद्ध गरेर फर्कंदै गरेका घिमिरे र उनको परिवार चढेको गाडी आइतबार त्रिशूलीमा खसेको थियो । दुर्घटनामा आमासहित तीन जनाको मृत्यु भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending