Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

आयोजक समितिको संख्या घटाउन राष्ट्रिय भेला

\"maoist काठमाडौं, १० असोज । नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको संख्या घटाउनकै लागि राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ । विभिन्न पार्टीहरुबीच एकताका कारण देखाउँदै केन्द्रीय आयोजक समिति २५ सय बनाएको माओवादी केन्द्रले अझै संख्या बढाउनुपर्ने बाध्यता नेतृत्वलाई आएपछि संख्या कटौती गर्ने पक्षमा पछिल्लो सचिवालय समितिमा छलफल आरम्भ भएको थियो । आयोजक समिति भन्दै जम्बो समिति बनाएपछि बैठक नै बस्न सक्ने सम्भावना नभएकाले संख्या घटाउनेबारेमा छलफल आरम्भ भएको थियो । वैठकमा विगतमा जस्तै एक तह पद घटाउनेबारेमा पनि छलफल भएकाे थियाे । तर केन्द्रीय सचिवालय समितिबाट तत्कालै संख्या कटौती गर्दा अर्को असन्तुष्टी पैदा हुने भएकाले राष्ट्रिय भेला आयोजना गरिएको एक सचिवालय सदस्य बताए । सरकारको नेतृत्व गरिरहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ब्यस्तताको कारण जनाउँदै यसअघि तय भएको महाधिवेशन स्थगित गर्दै राष्ट्रिय भेला बोलाइएको छ । राष्ट्रिय भेला कात्तिक १० गते गर्ने केन्द्रीय सचिवालय वैठकले निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय सचिवालय बैठकले पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित गर्न भन्दै कात्तिक १० र ११ गते राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता भुसालले बताइन् । संगठनको आकारलाई व्यवस्थित र चुस्त बनाउने, स्थानीय तहको निर्वाचन लक्षित संगठनात्मक संरचना निर्माण गर्ने लगायतका विषयमा राष्ट्रिय भेलामा छलफल हुने उनले बताइन् । राष्ट्रिय भेलामा संगठनको आकारलाई व्यवस्थित र चुस्त बनाउने, स्थानीय तहको निर्वाचन लक्षित संगठनात्मक संरचना निर्माण गर्ने र स्थानीय निर्वाचनमा पार्टीको विजयलाई सफल तुल्याउने कार्यविधि, संगठन र जिम्मेवारीबारे छलफल हुने माओवादी सचिवालयले दिएको सूचनामा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending