Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

दसैँ नजिकिँदै गर्दा खाद्यान्नको अभाव

\"khadya-samagri\"डोल्पा, ९ असोज । नेपालीको महान् चाड दसैं नजिकिँदै गर्दा डोल्पालीलाई भने खाद्यान्नको चटारो बडेको छ । खाद्य संस्थानले हरेक वर्ष दसैका लागि सहुलियतमा खाद्यान्न वितरण गर्ने गरे पनि यसपालि समयमै खाद्यान्न ढुवानी हुन नसक्दा खाद्यान्नको चटारो बडेको स्थानीयवासी लवचन्द्र रोकाय बताउँछन् । संस्थानले चामल, नुन लगायतको खाद्यान्न ढुवानी भइसकेको बताए तापनि खाद्य डिपोमा अझै पुगेको छैन । जिल्ला खाद्य व्यवस्था समितिले यस आर्थिक वर्षको चामल ढुवानीका लागि तदारुकता नदेखाउँदा खाद्यान्न ढुवानीमा ढिलाइ भएको हो । चामल नेपालगन्ज, दाङ, सुर्खेत लगायतका जिल्लाबाट ठेकेदारले उठाइसकेको र दसँै अघि नै दुनै र जुफाल डिपोबाट चार गाविसका सर्वसाधारणलाई एक महिना बराबरको खाद्यान्न उपलब्ध गराउने समितिका अध्यक्ष्यसमेत रहनुभएका प्रजिअ चेतबहादुर बरालले जानकारी दिए । तल्लो डोल्पाका सर्मी, कालिका, काइगउँ, लिकु लगायतका डिपोमा खाद्यान्न मौज्दात शून्य हुनुका साथै ढुवानीको व्यवस्थासमेत नभएकाले यसपालि दसँैमा खाद्यान्न नपाइने पक्का भएपछि सर्वसाधारणमा निराशा छाएको स्थानीयवासी भक्तबहादुर बुढाको गुनासो छ । सहुलियतको चामल नपाइने भएपछि स्थानीय बजारमा सर्वसाधारण महँगो मूल्य तिरेर चामल, नुन लगायतका खाद्यवस्तु किन्न बाध्य भएको उनी बताउँछन् । उपल्लो डोल्पामा भने चीनको क्याटु लगायतका नाकाबाट चार हजार पाँच सय क्विन्टल खाद्यान्न ढुवानी गरेर भदौ अन्तिम साता नै वितरण गरी सकिएको खाद्य संस्थानको शाखा कार्यालयले जनाएको छ । गत शुक्रबार बसेको खाद्य व्यवस्था समितिको बैठकले जिल्लाका छवटा डिपोका लागि ३९ हजार पाँच सय क्विन्टल चामल माग गरिएको जिल्ला खाद्य प्रमुख हरिप्रसाद जोशीको भनाइ छ । जिल्लामा भएको उत्पादनले तीन महिना पनि राम्रोसँग खान नपुग्ने भएकाले बाँकी नौ महिना संस्थानको चामलको मुख ताक्नुपर्ने डोल्पालीको बाध्यता रहेको स्थानीयवासी चन्द्रबहादुर केसीले बताए । खाद्य डिपो दुनैमा एक हजार चार सय क्विन्टल र जुफाल डिपोमा दुई सय क्विन्टल खाद्यान्न मौज्दात भएको संस्थानले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending