Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पाँचै शहरमा मन जित्दै ‘एनसेल मेला २०७३’ सम्पन्न

\"ncell-mela16-750\"काठमाडौं, ९ असोज । देशको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले देशका विभिन्न पाँच शहरहरुमा आयोजना गरेको एनसेल मेला २०७३ हजारौ दर्शक तथा आगन्तुकहरुको मन जित्दै भव्वरुपमा सम्पन्न भएको छ । नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न उक्त मेलाको आयोजना गरिएको हो । भाद्र ३० गते नारायणगढबाट शुरु भएको मेला शनिवार बिर्तामोडमा आयोजना पश्चात समापन भएको हो । मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण यो मेला असोज १ गते पोखरा, असोज ३ गते बुटवल र असोज ६ गते धरानमा आयोजना गरिएको थियो । \"ncell-mela7-750\"चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका रहेका थिए । मेलाको प्रमुख आकर्षण रहेको कन्सर्टमा कलाकारहरु सुगम पोखरेल, शिव परियार, मिलन अमात्य, लाउरे र सांगितीक समुह एक्स ब्याण्डले पाँचै शहरका आगन्तुक तथा दर्शकहरुलाई आफ्नो उत्कृष्ट गीतहरु गाएर झुम्न, गाउन र नाच्न प्रेरित गरेका थिए । हजारौको संख्यामा उर्लिएको दर्शकहरुले गीत संगितको भरपुर आनन्द लिएका थिए । मेलामा हाँस्यकलाकार सन्दिप क्षेत्रीले आफ्नो प्रस्तुतीले सबैलाई हँसाएका थिए भने कलाकार रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुतीले दर्शकहरु उत्साहित भएका थिए । त्यसैगरी डिजे रुपेशको प्रस्तुतीले दर्शकहरुलाई मेला अबधिभर बाँधिराखेको थियो । कार्टुन्ज क्रुको प्रस्तुती र साँझको समयमा भएको युभि एन्जल्स्को विषेश प्रस्तुतीमा दर्शकहरु मन्त्रमुग्ध भएका थिए । \"ncell-mela9-750\"“एनसेल मेला २०७३ लाई अत्याधिक मनपराईदिनु भएकोमा हामी हाम्रा आदरणीय ग्राहक तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दछौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यो मेलाले परिवारजन, आफन्त र साथीभाईलाई एकैथलोमा भेला गराई खुसीयाली साट्न र चाडपर्वको शुभकामना आदानप्रदान गर्न सफल भएको छ ।” गीत, संगित र अन्य विविध मनोरन्जनात्मक गतिविधिहरु बाकेह, दर्शकहरुले मेलामा एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारीका साथै ती सेवा तथा सुविधाहरु आकर्षक अफरमा लिन पाएका थिए । डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था मिलाईएको थियो । त्यसैगरी, एनसेल हाईटेक जोनमा आगन्तुकहरुले ‘भर्चुअल रियालिटी’ को अनुभव बटुल्ने अवसर पाएका थिए । \"ncell-mela14-750\"सबै उमेरका मानिसहरुलाई मनोरन्जन प्रदान गर्नका लागि एनसेल मेलामा विभिन्न गतिविधि तथा कार्यक्रमहरु समावेश गरिएका थिए । मेलामा आएका बालबालिकाहरुले इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता विविध आकार्षणहरुको मनोरन्जन लिएका थिए । गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाएका थिए । मेलामा नेपाली, भारतीय, चीनियाँ खानाको आगन्तुकहरुले आनन्द लिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending