Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

रातो घरमा त्यसदिन देखिएको रमिता

\"akhtiyar_building\"काठमाडौं, ५ असोज । जब लोकमान ज¥याक जुरुक उठेर यता र उता गर्दै कराउन थाले, लग्थ्यो–ठूलै जहाज डुब्यो । भनेको नमान्ने कर्मचारी घण्टे पजनीमा परिसकेका थिए । मान्ने कर्मचारी पनि पहिलाजस्तो मुख देखिने गरी खुल्न चाहिरहेका थिएनन् । जनआस्था साप्ताहिकमा खबर छ – ३१ भाद्र, अपराह्नको कुरा । जतिबेला दिल्लीमा प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच संयुक्त वक्तव्यका वाक्यांशमाथि विवाद चल्दै थियो, यस्तो हुनु केही बेरअघि काठमाडौंमा सर्वोच्च अदालतले लोकमान नियुक्तिमाथि प्रश्न उठाउँदै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरी खारेज भएको रिटलाई पुनरावलोकन गर्ने (निस्सा) अनुमति दिइरहेको थियो , त्यसलगत्तै टंगालमा देखिएको दृश्य हो यो । आकस्मिक पत्रकार सम्मेलन बोलाउने निर्देशन त लोकमानले दिए, तर बोलाइदिने कोही भएनन् । आयुक्तदेखि कर्मचारीसम्म कसैले नटेर्दा लोकमान बम्किँदै आफैँ यता र उता गर्न थाले । सर्वोच्चले अधिवक्ता अर्यालको पुनरावलोकन निवेदनलाई निस्सा दिने कुरा सुन्दासम्म उति उत्तेजित भएका थिएनन् । तर, सोझै उनले उठाउने फोनमा घण्टी बज्यो । निक्कै हतास र अर्थपूर्ण शैलीमा कुरा गरे । लगत्तै निर्देशन दिए, तुरुन्तै पत्रकार सम्मलेन आयोजना गर्न । सबैले कुरा बुझिहाले, अदालतको निर्णयविरुद्ध फेरि यिनले के ‘फण्डा’ झिक्न लागे भनेर । पत्रकार सम्मेलन गर्ने भनेरमात्रै हुँदैन, त्यहाँ पेश गर्ने विषय पनि तयार पार्नुपर्छ । विषय थियो, उनी प्रमुख आयुक्त नियुक्त हुनुअघि नै दायर भएको र अहिलेसम्म घर्रामा थन्किएको माओवादी लडाकु शिविरको आर्थिक अनियमितता सम्बन्धि कारवाही अगाडि बढाउनेसम्बन्धी । लोकमानलाई भेटेका सबै आयुक्तले भने, ‘आजै यस्तो गर्दा राम्रो अर्थ लाग्दैन, दुई–चार दिनपछि गरौंला !’ सबैको कुरा सुनेपछि लोकमानले भने, ‘मैले भनेपछि सकियो ! अव हुन्छ, अहिल्यै गर्ने !’ सचिवालयमा कार्यरत एक प्रहरी कर्मचारीका अनुसार, पत्रकार सम्मेलनका लागि उनी ज¥याकजुरुक जाग्नुअघिको फोन हिन्दी भाषीको थियो । अनुमान छ संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको कारण दुई देशका प्रधानमन्त्रीले जारी गर्ने संयुक्त वक्तव्यमा त्यस्तो व्यहोरा उल्लेख नगर्ने नेपाली प्रमको जोड, तर भारतीय पक्ष त्यो वाक्यांशबिना संयुक्त वक्तव्य दिन तयार नहुने स्थितिबीच यता टंगालमा अख्तियारले माओवादी लडाकु शिविरको भ्रष्टाचारसम्बन्धी मामिला अगाडि बढाउने घोषणा ! भ्रमणमा सरिक एक मन्त्री भन्छन्, ‘ठ्याक्कै यही कुरा त भन्न सक्दिनँ । तर, संयुक्त विज्ञप्ति जारी गर्ने कि नगर्ने भन्ने कुरामा अलिक सिरियसखालको वातावरणचाहिँ बनेको हो ।’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending