Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

को क्रान्तिकारी, को संशाेधनवादी ?

नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यधिक प्रयोग हुने शब्द हुन्—क्रान्तिकारी र संसोधनबादी । आफ्नो परिभाषा गर्न क्रान्तिकारी शब्दको प्रयोग गर्ने र अरुलाई गाली गर्न संसोधनबादी शब्दको प्रयोग गर्ने पुरानो बाम रोग हो । सर्वविदितै छ ,क्रान्तिकारी भन्नाले विद्यमान समाजको राजनीतिक,आर्थिक, सामाजिक र सांस्कृतिक परिस्थितिमा आमूल परिवर्तन ल्याउन संगठित प्रयास गर्ने ब्यक्ति बुझिन्छ भने सशोधनबादी भन्नाले माक्र्सबादका आधारभूत मान्यताहरुमा फरक दृष्टिकोण राख्ने वा परिमार्जन गर्न चाहने ब्यक्तिलाई बुझाउँछ ।
नेपालमा कसले कतिबेला कसलाई संशोधनबादी भन्यो यकिन गर्न कठिन छ । नेपालमा एक बामपन्थी गूटले अर्को गूटलाई विल्ला भिराउने शब्दको रुपमा प्रख्यात छ संशोधनबाद । आफूलाई क्रान्तिकारी देखाउन अरुलाई संशोधनबादी भन्नै पर्ने
माक्र्सकाे देहवसान भएलगत्तै लेनीनको उदय भएको थियो । युरोपका प्रायः सबै मुलुकमा एकै पटक समाजबाद आउने माक्र्सको विश्लेषणमा लेनीनले पहिलो संशोधन गर्दै समाजको परिस्थितिमा परिवर्तन आएकोले कुनै एउटा देशमा पनि समाजबाद लागू हुन सक्छ भन्ने निष्कर्ष मात्र निकालेनन् , लागू गरेर देखाइदिए । तर उनलाई संशोधनबादी भनिएन ,रुसका अरु नेताहरुले संशोधनबादीको विल्ला भिर्नु पर्यो । माक्र्सले पुजीबादका विकास भएपछि सर्बहारा बर्गको संगठित विद्रोहबाट समाजबादी सत्ता कायम हुन्छ भनेका थिए । त्यस्तो सामाजिक अबस्था नआउदै माओले चीनमा नौलो जनबादी शासन ब्यबस्था लागू गरे । माक्र्सको विश्लेषणभन्दा फरक भए पनि त्यसलाई संशोधनबाद भनिएन,क्रान्तिकारिता भनियो । यसलाई चिनिया परिस्थितिमा माक्र्सबादको सिर्जनात्मक प्रयोग भनियो । नेपालमा कसले कतिबेला कसलाई संशोधनबादी भन्यो यकिन गर्न कठिन छ । नेपालमा एक बामपन्थी गूटले अर्को गूटलाई विल्ला भिराउने शब्दको रुपमा प्रख्यात छ संशोधनबाद । आफूलाई क्रान्तिकारी देखाउन अरुलाई संशोधनबादी भन्नै पर्ने । पछिल्लो समय कमरेड किरणले कमरेड विप्लवलाई नवसंशोधनबादी भन्नुभएछ । यसको कारण के हुन सक्छ भने उहाले पहिले नै कमरेड प्रचण्ड र बाबुरामलाई संशोधनबादी भनिसक्नु भएको थियो । निःसदेह, माक्र्सबाद विज्ञान हो र वितेका दुई शताब्दी यस विज्ञानले दर्शन र राजनीतिको क्षेत्रमा तुमुलकारी परिवर्तन ल्याइदियो । त्यसो भन्दैमा यसका बारेमा प्रश्न उठाउनै नपाउने भन्ने होइन । विश्व समाजमा आएको भिमकाय र बहुआयामिक परिवर्तनले यसलाई माक्र्स, लेनीन वा माओका उद्दरणले मात्र समेट्ने अवस्था अब रहेन । विडम्वना, नेपाली कम्युनिष्ट आन्दोलनका अघिल्लो पुस्ताका नेताहरुले माक्र्स, लेनीन र माओलाई सत प्रतिसत सत्यको रुपमा बुझे र आफ्नो बुझाइभन्दा अलि फरक ढंगले बुझ्ने र ब्याख्या गर्नेलाई संसोधनबादी, कठमुल्लाबादी, सारसंग्रहबादी, दक्षिणपन्थी जस्ता विल्ला भिराएर गाली गरिरहे । आएका नयाँविचारलाई बहस र ब्यवहारिकताको कसीमा घोट्नुको सट्टा त्यस्ता विचारलाई निःषेध गर्ने परिपाटीको विकास गरियो । त्यही कारण कम्युनिष्ट आन्दोलनमा निरन्तर फूट र विभाजन भइरह्यो , भइरहेछ । नेपाली कम्युनिष्ट आन्दोलनको प्रमुख हिस्सा माओबादी नभई क्रान्तिकारी होइन्न भन्ने मान्यता राख्दछ । त्यसो भए लेनीन र स्तालिनलाई क्रान्तिकारी भन्ने कि नभन्ने ? किनभने त्यतिबेला माओबादको शुरु नै भएको थिएन । पेरिस कम्युन क्रान्तिकारी कदम थियो कि थिएन ? किनभने त्यतिबेला लेनीन ,स्तालिन र माओ कोही पनि थिएनन् । त्यसकारण सही कुरा त के हो भने माक्र्सबादका सार्वभौमिक अवधारणालाई पक्रेर आफू वरिपरिको समाजको आमूल परिवर्तनको नेतृत्व गर्नु क्रान्तिकारिता हो । न कि यो ‘बादी’ र उ ‘बादी’ भनेर झगडा गर्नु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending