Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

यता नेता धम्क्याएर लोकमानसिहं कार्की क्यानडा किन गए ?

\"lokman-singh-karki\"काठमाडौं, ४ असोज । अदालतले आफ्नो नियुक्तिको फाइल मगाएपछि तत्कालै पत्रकार सम्मेलनमार्फत राजनीतिक दलका नेताहरुलाई धम्क्याएका अख्तियार प्रमुख लोकमानसिहं कार्की अचानक क्यानडा गएका छन् । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पूस्पकमल दाहाल प्रचण्ड लगायतका माओवादी नेताहरुलाई पूर्व जनमूक्ति सेनाको शिविर प्रकरण र अन्य पार्टीका नेताहरु पनि छन् भन्दै ५० हाराहारीमा नेताहरुलाई छानविनका लागी १ महिनाभित्र अख्तियारमा उपस्थित गराउने पत्र काट्न लागेको पत्रकार सम्मेलनमार्फत गत शुक्रबार राति जानकारी गराइएको थियो । सामान्यत गोप्य अनुसन्धान अघि बढाउने गरेको अख्तियारले अनुसन्धान नै नभइकन नेताहरुप्रति धम्कि सार्वजनिक गरेको अर्थमा अख्तियार प्रमुख कार्कीको कदमलाई लिइएको थियो । \"lokmanshinha\"तर कार्की अचानक सोमबार राति क्यानडाका लागी उडेका छन् । त्यसअघि कार्की झण्डै १० दिनदेखि अख्तियारमा गएका छैनन् । उनले क्यानडा भ्रमणबारे आफ्नो फेसबुक पेजमा भ्रष्टाचार नियन्त्रण गर्ने संस्था र निकायको आमन्त्रणमा भनेर लेखेपनि कसको निम्तो र के कार्यक्रम भन्ने खुलाएका छैनन् । उनले फेसबुक पेजमा लेखेका छन्, ‘क्यानाडा स्थित भ्रष्टाचार विरुद्ध कार्यरत निकाय लगायत सम्बन्धित संस्थाहरुको निमन्त्रणामा क्यानाडातर्फ प्रस्थान गर्दैछु । दुई साता लामो यस सद्‍भावना भ्रमणका क्रममा सम्बन्धित निकायका प्रमुखहरुसँग भेट हुनेछ । भ्रष्टाचार नियन्त्रण सम्बन्धमा एक अर्काका अनुभव आदान प्रदान गर्ने र अन्तरदेशीय भ्रष्टाचार नियन्त्रणका लागि समझदारी, सहकार्य र सहयोग प्रबर्द्दन गर्ने भ्रमणको उद्देश्य रहेको छ ।’ कार्कीले उनलाई निम्त्याउने संस्थाको नाम र कार्यक्रम उल्लेख नगुर्नले उनको भ्रमणलाई रहस्यमय बनाएको देखिन्छ । सर्वोच्व अदालतले कार्की नियुक्तिको फाइल सरकारसँग मागेपनि भूकम्पमा हराएको भन्दै सरकारले गैरजिम्मेवार जवाफ दिएपछि १ हप्ताभित्र कार्की नियुक्तिको फाइल नदिए प्रशासन एैन अन्तर्गत कारवाही गर्ने आदेश गर्दै कार्कीविरुद्ध नियुक्तिमा त्रुटि रहेको भन्दै परेको मुद्धाको पूनरावलोकन गर्न मिल्ने आदेश गत शुक्रबार गरेको थियो । कार्की नियुक्तिको फाइल सर्वोच्वले हेरेको खण्डमा करिबकरिब उनी पदमुक्त हुने निश्चित जस्तै छ । आउँदो शुक्रबारभित्र सरकारलाई सर्वोच्वले कार्की नियुक्तिको फाइल बुझाउन भनेको छ भने अर्को एकहप्ताभित्र कार्कीका बारेमा सर्वोच्वले फैसला गर्नेछ । अख्तियार प्रमुख हुनलाई कार्कीको निजामति सेवामा २० वर्षको अवधी पुग्दैन । यसलाई आधार मान्ने हो भने कार्की बर्खास्त हुने पक्का छ । अख्तियारका एक आयुक्तका अनुसार कार्की बर्खास्त हुने अवस्था सिर्जना भएकोले उनले मुलुक छोडेका हुनसक्छन् । उसो त कार्कीसँग क्यानडाको पिआर हुनसक्ने समेत बताइन्छ । कार्की रायमाmिभ आयोगले ठहर्याएका जनआन्दोलनका दोषी समेत हुन् । कार्कीको अचानक क्यानडा भ्रमण सर्वोच्वको फैसला प्रतिकुल आएमा कतै मुलुक छोडेर भाग्ने प्रपन्च त होइन भन्ने प्रश्न उठेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending