Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

प्रहरीलाई गुन्डाको ७० लाख

\"money-750\"काठमाडौं, ४ असोज । गुन्डा र प्रहरीबीचको कनेक्सन कति बलियो हुँदो रहेछ भन्ने कुरा हालैको एउटा घटनाले देखाएको छ । गुन्डागर्दीकै भरमा ठेक्कापट्टा गर्दै आएका एक गुन्डाले एउटै ठेक्काबाट प्रहरीलाई ७० लाख रुपैयाँ बुझाएको दृष्टि साप्ताहिकमा खबर छ । डन दीपक मनाङ्गेको दाहिने हातका रुपमा चिनिने उमेश लामा यतिबेला महानगरीय प्रहरी परिसर काठमाडौंको खोरमा छन् । उनीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरी भवन निर्माणको ठेक्का मिलाएपछि उनले प्रहरीलाई मात्र ७० लाख रुपैयाँ बाँडेको खुलेको हो । लामाले ८ वटा प्रहरी कार्यालय भवन निर्माणको ठेक्का पाएका छन् । जसमध्ये एक चितवनको जुनियर प्रहरी एकेडेमी पनि हो । जुन सात करोड रुपैयाँको ठेक्का हो । मिलेमतोको आधारमा अधिकतम दररेटमा उनले ठेक्का हात पारेका थिए । जसवापत करिव एक करोड रुपैयाँ अन्य ठेकदारहरुलाई बाँडेका थिए भने १० प्रतिशत प्रहरीलाई छुट्याएका थिए । १० प्रतिशतमा सात प्रतिशत प्रहरी प्रधान कार्यालयको प्राविधिक निर्देशनालयलाई र प्रहरी एकेडेमीका डिआइजी रणबहादुर चन्दलाई तीन प्रतिशत रकम छुट्याएका थिए । प्राविधिक निर्देशनालयका एसपी लोकेशचन्द्र सिंहको सेटिङमा लामाले उक्त ठेक्का पाएका हुन् । त्यसकाराण् सिंहलाई करिब ५५ लाख रुपैयाँ कमिसन दिएको खुलेको छ । त्यस्तै एकेडेमीका प्रमुख डिआइजी चन्दलाई करिब १५ लाख चुटयइएको छ । उनै डिआईजी चन्दको आडमा पछिल्लो समय उनले गुन्डागर्दी गर्दै आएका थिए । त्यस्तै लामालाई डिएसपी रामकुमार चौधरीले समेत साथ दिँदै आएका छनु । चौधरी लामाको पार्टनरकै रुपमा काम गर्दै आएको स्रोत बताउँछ । उनै प्रहरीहरुको आडमा उनले पछिल्लो समय विभिन्न व्यक्तिलाई थर्काउँदै आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending